समाचार

    Showing 9,201-9,210 of 10,057 items.
  • सुरक्षित वराहक्षेत्रको नीति अवलम्बन

    वराहक्षेत्र / वराहक्षेत्र नगरपालिकाले बढ्दो कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै नगरक्षेत्रभित्र सावधानीका उपाय अपनाउने भएको छ । वराहक्षेत्र नगरपालिकाको कार्यालयमा नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा संयन्त्रका प्रमुखहरुको उपस्थितिमा भएको छलफलले ‘सुरक्षित वराहक्षेत्र’को नीति अख्तियार गर्ने निर्णय गरेको छ । नगरले साप्ताहिक हाटबजार पूर्ण रुपमा बन्द गर्ने, होटल व्यवसाय बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सुरक्षाका उपाय अपनाउँदै मात्र खोल्न पाउने, नगर बाहिरबाट आउने अटोरिक्सा, टेम्पोलगायतका सवारीलाई प्रवेशमा रोक लगाउने लगायतका नीति अवलम्बन गर्ने भएको छ । सम्पूर्ण ना

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 1,792 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा मृत्यु भएका संक्रमितको शव बोक्न शववाहनका चालक सहमत

    धरान । कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव बोक्न धरानका शव वाहन चालकहरु सहमत भएका छन् । धरान उपमहानगरपालिकामा शुक्रबार (आज) बसेको शवचालकहरु सँगैको बैठकमा उनीहरुले सहमती जनाएका छन् । धरान उपमहानगरपालिकामा उपचारको क्रममा मृत्यु भएका संक्रमित व्यक्तिको शव बोक्न एउटा पुर्ण रुपमा स्टेण्डबाइ शव वाहन राख्न शव वाहन चालकहरु सहमत भएका हुन् । धरान भित्रका संक्रमित व्यक्तिको शव लैजानु पर्दा सबै व्यवस्थापन उपहानगरपालिकाले गर्ने र बाहिरको शव लैजानु पर्ने अवश्थामा चालकको सम्पुर्ण व्यवस्थापन प्रदेश सरकारबाट हुने भए पछि उनीहरु कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव बोक्न तयार भएका छन् । शव वा

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 863 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अत्यावश्यक कामबाहेक नगर प्रवेशमा निषेध

    वराहक्षेत्र नगरपालिकाले अत्यावश्यक कामबाहेकका नागरिक सेवाग्राहीलाई नगर कार्यपालिकाको कार्यालय प्रवेशमा रोक लगाएको छ । कोभिड–१९ को प्रकोप देशव्यापी रुपमा वृद्धि भइरहेको र बाहिरी जिल्ला तथा देशविदेशबाट समेत मानिस आवतजावत गर्ने क्रम जारी रहेकाले कार्यालयमा अत्यावश्यक कामबाहेक नगर कार्यपालिकामा प्रवेश गर्न रोक लगाएको छ । प्रमुख प्रशासकीय अधिकृत राजेशप्रसाद पोख्रेलद्वारा हस्ताक्षरित सूचनामा सुनसरी जिल्लामा समेत कोभिड१९ को संक्रमण देखिएकाले काम दर्शाई, अनिवार्य मास्कको प्रयोग गरी, साबुनले हात धोई र थर्मल गनबाट चेक गराईमात्र कार्यालय प्रवेश गर्न सूचित गरिएको छ । सूचना हेर्नुहोस्ः  

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 1,676 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलामका पाँच जना सशस्त्रमा कोरोना संक्रमण पुष्टि

     इलाम /  इलाममा पाँच जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । साउन ११ गते श्वाव संकलन गरेका १५ जना मध्ये पाँच जनामा संक्रमण पोजेटिभ देखिएको हो । आज देखिएका सबै सदरमुकाम स्थित शसस्त्र प्रहरीको एक नम्बर गणमा कार्यरत शसस्त्र प्रहरी रहेका छन । उनिहरुलाई थप उपचारका लागी मोरङको गोठगाउँमा लाने तयारी भईरहेको शसस्त्र प्रहरीको एक नम्बर गणका सुदिर जँग थापाले बताए । पछिल्लो पटक लगातार इलामका सुरक्षा कर्मिमा संक्रमण पोजिटिभ देखिन थालेको छ । यस अघि पनि पाँच जनामा संक्रमण देखि सकिएको छ । आज देखिए सँगै सशस्त्र प्रहरीका १० जना पुगेका छन । सशस्त्र प्रहरीमा साउन ११ गते ५ जनामा कोरोना सं

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 1,006 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • विजयपुरमा ६६ जनाको रिपोर्ट नेगेटिभ, धरान १३ का युवा जाने फिटनेश क्लब बन्द

    धरान । केही दिन अघि बिराटनगर स्थित प्रदेश प्रहरी कार्यालयमा कार्यरत एक प्रहरीमा कोरोना संक्रमण देखिए पछि उनको क्लोज कन्ट्याक्टमा रहेका धरान १४ स्थित विजयपुरका सबैको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना संक्रमण देखिएका प्रहरी धरान १४ स्थित गणेश चौंकमा आएको खुलेको थियो । उनको क्लोज कन्टयाक्टमा रहेको ६६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । छोरीको जन्म दिवश मनाउन धरान आएका समयमा उनको सम्पर्कमा रहेको सबैको साउन १४ गते स्वाब संकलन गरिएको थियो । उनीका सबैको रिपोर्ट नेगेटिभ आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिएका छ । त्यसै गरि धरान १३ मा कोरोना संक्रमण देखिएका युवा फिट

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 1,091 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बस डिभाइडरमा ठोक्किदा चालकको मृत्यु, तीन जना यात्रु घाइते

    विराटनगर । मोरङको बुढी गंगा गाउँपालिकामा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बसमा सवार तीन जना यात्रु घाइते भएका छन् । विराटनगर ईटहरी सडक खण्डमा बिहीवार राति ८ः३० बजे भएको बस दुर्घटनामा परी बस चालकको मृत्यु भएको हो । ईटहरी तर्फ जाँदै गरेको को १ ख ६९५२ नम्बरको बस आफै अनियन्त्रित भई सडकको डिभाईडरमा ठोक्किन गएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । दुर्घटना हुँदा घाईते भएका ४ जनालाई उपचारको लागि टिचिङ अस्पताल गंगा चोक लगिएकोमा उपचारको क्रममा बसका चालक धनकुटाको साँगुरीगढी गाऊँपालिका वडा नमब्र ७ का २९ वर्षीय जोशन राईको मृत्यु भएको प्रहरीले जनाएको छ । बाँकी तीन जना घाइतेको सोही अस्पताल उपचार

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 928 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हवाई फायर खोलेर लागूऔषध कारोबारी समातिए

    विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा लागूऔषध कारोबारी पक्राउ गर्न पहरीले दुई राउन्ड हवाई फायर गरेको छ । बुढीगंगा–१ को स्टिल कारखाना आरती स्ट्रिप पछाडि खोरैया बस्तीमा विहीबार राति कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले फायर खोल्नु परेको हो । लागूऔषध कारोबारीले प्रहरीको हतियार खोस्न खोजेको र आक्रमणबाट बच्न तथा स्थिति नियन्त्रणमा लिन प्रहरीले फायर खोलेको बताइएको छ । सादा पोसकका प्रहरी जवान ज्ञानबहादुर बस्नेत, जीवन काफ्ले र श्रवण चौधरीलाई आक्रमण गरी कारोबारीले घाइते बनाई दिएका छन् । उनीहरुको विराट मेडिकल कलेजमा उपचार भईरहेको छ । प्रहरीमाथि कारोबारीले खुकरी, भालासहितका घरेलु हतियारले आक्रम

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 932 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पीसीआर मेसिन खरिद गर्न प्रदेश १ सरकारलाई कांग्रेसको सुझाव

    विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर समितिले कोरोना परीक्षणको दर बढाउन प्रदेश सरकार समक्ष माग गरेको छ । विराटनगर क्षेत्रमा समुदायस्तरमा कोरोना फैलिसकेको तथ्य बाहिर आउँदा समेत परीक्षणको दरलाई तिव्रता नदिएको भन्दै महानगरका का.वा.सभापति अरुण न्यौपानेले प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन ।प्रदेश सरकारले संघीय सरकारको मुख ताक्नुको साटो आफैं पीसीआर मेसिन गरिद गरेर परीक्षणको दायरा बढाउन माग गरेका छन् । उनले सर्वधारणलाई समेत सचेतना अपनाउदै स्थानी तथा प्रदेश सरकारले संक्रमण नियन्त्रणको लागि गरेका प्रयासमा साथ दिन अपिल गरेका छन् । न्यौपानेले भने,“लकडाउन र कोरोना संक्रमणकै बेला प्रदेशका

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 722 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सभामुख सहित सचिवालयको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ , नआत्तिन आग्रह

     धरान । प्रदेश १ का सभामुखको छोरामा कोरोना संक्रमण पुष्टि भए लगत्तै सभामुख सहित सचिवालय सदस्यहरुको गरिएको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । एकै परिवार भएको कारण सभामुख भण्डारीमा पनि संक्रमण भएको हुनसक्ने आशंका गरिएको थियो । छोराको रिपोर्ट पोजेटिभ आएपछि तत्काल सभामुख भण्डारीसहित निजी सचिवालय र सुरक्षाकर्मीसहित ८ जनाको बुधबारनै वीपी प्रतिष्ठानमा स्वाब संकलन भएको थियो । बिहिबार उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । सभामुख भण्डारीका निजी सचिवालयले सबैको रिपोर्ट नेगेटिभ आएको ले कोही पनि नआत्तिन र ढुक्क रहन आग्रह गरेको छ । सभामुख)कै रिपोर्ट नेगेटिभ आएपछि सभामुखसँग भेटघाट गर्ने हरु चिन्तित

    • प्रकाशित मितिः साउन १५, २०७७
    • 988 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जनताको वडा कार्यालयलाई सहयोगको ओइरो

    वराहक्षेत्र  / वराहक्षेत्र ३ नडाहा स्थित जनताको वडा कार्यालय निर्माणका लागि बिहीबार ३ लाख ६६ हजार १ सय ५५ रुपैयाँ संकलन भएको छ । जनस्तरबाट निर्माण भइरहेको वडा कार्यालयका लागि देशविदेशबाट रकम संकलन हुने क्रम जारी रहेको छ । यो अभियानमा नडाहावासीले स्वतःस्फूर्त रुपमा रकम प्रदान गरिरहेको भवन निर्माण समिति अध्यक्ष केशव पुरीले जानकारी दिए । स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार तिलक कार्कीले बिहीबार नगद १ लाख ११ हजार रुपैयाँ प्रदान गरेका छन् । दिवंगत मातापिता गोविन्द दाहाल र इन्द्रदेवी दाहालको स्मृतिमा छोराहरु दीपक दाहाल, रोशन दाहाल र रुद्रबहादुर दाहालबाट १ लाख ५१

    • प्रकाशित मितिः साउन १५, २०७७
    • 812 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved