सभामुख सहित सचिवालयको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ , नआत्तिन आग्रह

  • साउन १५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 धरान । प्रदेश १ का सभामुखको छोरामा कोरोना संक्रमण पुष्टि भए लगत्तै सभामुख सहित सचिवालय सदस्यहरुको गरिएको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । एकै परिवार भएको कारण सभामुख भण्डारीमा पनि संक्रमण भएको हुनसक्ने आशंका गरिएको थियो । छोराको रिपोर्ट पोजेटिभ आएपछि तत्काल सभामुख भण्डारीसहित निजी सचिवालय र सुरक्षाकर्मीसहित ८ जनाको बुधबारनै वीपी प्रतिष्ठानमा स्वाब संकलन भएको थियो ।

बिहिबार उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । सभामुख भण्डारीका निजी सचिवालयले सबैको रिपोर्ट नेगेटिभ आएको ले कोही पनि नआत्तिन र ढुक्क रहन आग्रह गरेको छ । सभामुख)कै रिपोर्ट नेगेटिभ आएपछि सभामुखसँग भेटघाट गर्ने हरु चिन्तित नहुन आग्रह गरेका छन् ।

सभामुख भण्डारी का छोरा धरानको तीनकुनेस्थित औद्योगिक क्षेत्रको एक उद्योगमा कार्यरत थिए । त्यहाँ विराटनगर र जनकपुरबाट कामदार आएको र एकजनालाई ज्वारो पनि आएको थियो । तिनै व्यक्तिबाट सभामुखका छोरामा भाइरस सरेको हुनसक्ने अनुमान गरिएको छ ।

हलुका ज्वारो आएपछि सभामुखका छोरा आफै होम क्वारेन्टाइनमा बसेका थिए भने भोलीपल्ट(मंगलबार) स्वाब संकलन गरिएको थियो । उनको हिजो(बुधबार) रिपोर्ट पोजेटिभ आएपछि वीपीको आइसोलेसनमा लगिएको छ ।

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved