हवाई फायर खोलेर लागूऔषध कारोबारी समातिए

  • साउन १६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा लागूऔषध कारोबारी पक्राउ गर्न पहरीले दुई राउन्ड हवाई फायर गरेको छ ।

बुढीगंगा–१ को स्टिल कारखाना आरती स्ट्रिप पछाडि खोरैया बस्तीमा विहीबार राति कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले फायर खोल्नु परेको हो । लागूऔषध कारोबारीले प्रहरीको हतियार खोस्न खोजेको र आक्रमणबाट बच्न तथा स्थिति नियन्त्रणमा लिन प्रहरीले फायर खोलेको बताइएको छ ।

सादा पोसकका प्रहरी जवान ज्ञानबहादुर बस्नेत, जीवन काफ्ले र श्रवण चौधरीलाई आक्रमण गरी कारोबारीले घाइते बनाई दिएका छन् । उनीहरुको विराट मेडिकल कलेजमा उपचार भईरहेको छ । प्रहरीमाथि कारोबारीले खुकरी, भालासहितका घरेलु हतियारले आक्रमण गरेको बताइएको छ ।

प्रहरी निरीक्षक मिलन थापाको नेतृत्वको प्रहरी टोलीमाथि आक्रमण भएको थियो । त्यहाँ कोरेक्स र गाँजा जम्मा गरेर बिक्री भईरहेको सूचना पाएपछि प्रहरी टोली पुगेको मोरङ प्रहरीले जनाएको छ ।

घटनापछि थप प्रहरी बल गई संलग्न ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २१ वर्षीय वीरेन्द्र ऋषिदेव, २५ वर्षीय महादेव ऋषिदेव,बलराम ऋषिदेव, २८ वर्षीय देव ऋषिदेव, नन्दनीकुमारी ऋषिदेव र एलिसा ऋषिदेव रहेका छन् ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved