समाचार

    Showing ८४१-८५० of १०,४१५ items.
  • भेडेटारलाई पर्यटन हब बनाउने सरकारको तयारी

    धरान/ कोशी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री सदानन्द मण्डलले भेडेटारलाई पूर्वी नेपालको प्रमुख पर्यटन हबका रूपमा विकास गर्ने सरकारको तयारी रहेको बताएका छन्। भेडेटारजस्ता पर्यटकीय गन्तव्यको प्रभावकारी प्रचार–प्रसार गर्न सके पर्यटन प्रवर्द्धनसँगै राष्ट्रिय पूँजी निर्माणमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ। कोशी प्रदेशकै चर्चित पर्यटकीय गन्तव्य भेडेटारमा १३औँ संस्करणको भेडेटार फुड एण्ड फेस्टिवल सुरु भएसँगै भारतीय पर्यटकहरूको आगमन उल्लेख्य रूपमा बढेको छ। अंग्रेजी नयाँ वर्षको अवसर पारेर होटल एशोसिएसन भेडेटारले आयोजना गरेको महोत्सवले विशेषगरी भारतको बिहार र पश्चिम बंगाल क्षेत्र

    • प्रकाशित मितिः पुस १७, २०८२
    • ४९० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरी युथ ओपन क्र्यु को क्याम्प

    सुनसरी/ इटहरी युथ ओपन क्र्युको आयोजनामा मोरङ को केराबारि को पर्यटकीय स्थल जेफालेमा दुई दिने (पौष १४ र १५ गते) ‘एक राते क्याम्प’ तथा रोभर रेन्जरहरूको पदोन्नति कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। आवश्यक पाठ्यक्रम पूरा गरेका रोभर रेन्जरहरूलाई यस विशेष कार्यक्रमका बीच पदोन्नति गरिएको हो। जसअन्तर्गत योग्य सहभागीहरूलाई ‘पूर्ण रोभर रेन्जर’ र ‘स्क्वायर ब्याएज’ प्रदान गरियो। रोभरहरूलाई रोभर लिडर डिल्ली कुमार शर्मा र रेन्जरहरूलाई रेन्जर लिडर बन्दना दाहाल बस्नेतले दीक्षान्त तथा पदोन्नति गराउनुभएको थियो। पदोन्नति कार्यक्रमका साथै क्र्युले सामाजिक उत्तरदायित्व अन्तर

    • प्रकाशित मितिः पुस १६, २०८२
    • ३९८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विद्यालय जाँदै गरेकी नाबालिगमाथि यौन दुर्व्यवहार, एक जना पक्राउ

    झापा/ झापाको भद्रपुर नगरपालिका–१ मा विद्यालय जाने क्रममा एक नाबालिगमाथि यौन दुर्व्यवहार भएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार मिति २०८२ साल पुस १३ गते बिहान करिब १० बजे विद्यालयतर्फ जाँदै गरेकी १४ वर्षीया नाबालिगलाई बाटोमै रोकी जिस्क्याउने तथा अश्लील हर्कत गरी हैरानी दिएको उजुरी प्राप्त भएपछि अनुसन्धान सुरु गरिएको थियो। उक्त घटनामा संलग्न भएको आरोपमा भद्रपुर नगरपालिका–१ निवासी करिब ४० वर्षीय मंगल टुडुलाई मिति २०८२ साल पुस १४ गते इलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापा पठाएको हो। प्रह

    • प्रकाशित मितिः पुस १६, २०८२
    • ४४१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राष्ट्रिय परिवर्तन पार्टीको सुनसरी घोषणा सभा पौष १९ मा

    धरान/  जेनजी युवाशक्ति, सहिद परिवार, घाइते तथा सचेत नागरिकहरूको पहलमा स्थापना भएको राष्ट्रिय परिवर्तन पार्टीले सुनसरी जिल्लाको घोषणा सभा यही पौष १९ गते धरानको भानुचौकमा आयोजना गर्ने भएको छ। जिल्लाभरिका पार्टी नेता–कार्यकर्ता र शुभेच्छुकको बृहत् उपस्थितिमा हुने सभामा पार्टीको आगामी राजनीतिक दिशा, संगठन विस्तार तथा नीति–कार्यक्रमबारे स्पष्ट धारणा सार्वजनिक गरिने पार्टीले जनाएको छ। पार्टीका सुनसरी जिल्ला अध्यक्ष युमेन हाङ राईका अनुसार अन्य जिल्लामा घोषणा सभा सम्पन्न भइसकेको र सुनसरीको कार्यक्रम विशेष महत्वका साथ आयोजना गर्न लागिएको हो।घोषणा सभा पार्टीका केन्द्रीय अध्यक्ष र

    • प्रकाशित मितिः पुस १५, २०८२
    • ४६९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा भव्य रूपमा मनाइयो कुलुङ जातिको महान चाड ‘चाक्चाकूर’

    धरान/  किरात कुलुङ जातिको सांस्कृतिक तथा धार्मिक पहिचान बोकेको महान चाड मीनारी दाचाम चासुमलो निङदोङ् (चाक्चाकूर–२०८२)तथा यले दोङ्–५०८६ को अवसरमा धरान–५ देविगाउँस्थित कुलुङ संघको भवनमा विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको आयोजना किरात कुलुङ भाषा उत्थान संघ, सुनसरी ले गरेको थियो भने संघका अध्यक्ष आईत राम राजिती ले उपस्थित सबैलाई स्वागत गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र बिक्रम बेघा ले चाक्चाकूर केवल कुलुङ समुदायको मात्र नभई समग्र राष्ट्रकै गौरवमय सांस्कृतिक पर्व भएको उल्लेख गर्दै संस्कृतिक पहिचान नै समुदायको मेरुदण्ड भएक

    • प्रकाशित मितिः पुस १५, २०८२
    • ६४३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनाखरी एकेडेमीका प्रिन्सिपल राई सम्मानित

    धरान/ धरान खेलकुद महोत्सव–२०८२ को समापन समारोहका अवसरमा आयोजक धरान खेलकुद मञ्चले धरान–१२ स्थित सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलन कुमार राईलाई आईतवार सम्मान गरेको छ। धरानमा विशेषगरी फुटबल र कराते खेलको विकासमा सुनाखरी एकेडेमीले पुर्‍याएको योगदानको कदर गर्दै कार्यक्रमका प्रमुख अतिथि धरान–१६ का वडा अध्यक्ष मुरारी भट्टराई र धरान खेलकुद मञ्चका अध्यक्ष एवं एन्फाका केन्द्रीय मानार्थ उपाध्यक्ष किशोर राईले नगद, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन्।  सुनाखरी एकेडेमीले कराते विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विद्यार्थीहरू सहभागी गराउँदै उल्लेखनीय सफलत

    • प्रकाशित मितिः पुस १४, २०८२
    • ३९४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान स्कुल डान्सिङ स्टारको कल्चर राउन्ड सम्पन्न

    धरान/फङ्क फ्युजन डान्स एकेडेमीको आयोजनामा भइरहेको धरान स्कुल डान्सिङ स्टार सिजन–३ अन्तर्गत दोस्रो चरणको कल्चर राउन्ड अडिसन सम्पन्न भएको छ। अडिसनबाट ४१ जना प्रतियोगीहरू आगामी चरणका लागि छनोट भएका छन्। विद्यार्थीहरूको नृत्य प्रतिभा उजागर गर्ने उद्देश्यले सुरु गरिएको प्रतियोगिताको कल्चर राउन्डमा सहभागीहरूले नेपाली मौलिक संस्कृति, परम्परा र पहिचान झल्कने नृत्य प्रस्तुत गरेका थिए। यस चरणको निर्णायकको भूमिकामा सुरेश राई रहेका थिए। फङ्क फ्युजन डान्स एकेडेमीका सञ्चालक सागर राईका अनुसार प्रतियोगिता चार चरणमा सञ्चालन हुने छ । जसअन्तर्गत अडिसन राउन्ड र कल्चर राउन्ड सम्पन्न भइसकेका छन् भने अब मोड

    • प्रकाशित मितिः पुस १४, २०८२
    • ४३२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तीर्थनगरीको नवौ बार्षिक साधारण सभा सम्पन्न

    बराहक्षेत्र/ बराहक्षेत्र-१ चतरामा रहेको तीर्थनगरी बचत तथा सहकारी संस्थाले आफ्नो नवौ वार्षिक साधारण सभा तथा स्थापना दिवस मनाएको छ । सोमबार संस्थाले नवौ वार्षिक साधारण सभा तथा स्थापना दिवस मनाएको हो । सभामा संस्थाका अध्यक्ष महेस कुमार ब्रजाचार्यले प्रगति प्रतिवेदन र भाबि योजना , व्यवस्थापक दिपक कार्कीले भावी नीति तथा कार्यक्रम र बजेट प्रस्तुुत र लेखा सुपरिवेक्षण समितिका तर्फबाट संयोजक मुनु थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारी संस्थाले ९१ लाख ४४ हजार ७ सय रुपैयाँ सेयर पुँजी बनाउन सफल भएको, आर्थिक वर्ष २०८१/८२ सालको प्रगति विवरण प्रस्तुत गर्दै सहकारी संस्थाले कुल ६ करोड ५७

    • प्रकाशित मितिः पुस १४, २०८२
    • ४५६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एम्बुलेन्समा गाँजा तस्करी, ५२१ केजीसहित दुई पक्राउ

    सुनसरी/  मोरङको केराबारी गाउँपालिकामा एम्बुलेन्स प्रयोग गरेर लागूऔषध गाँजा तस्करी भइरहेको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ। प्रहरीले एम्बुलेन्सभित्र लुकाइछिपाई ल्याइँदै गरेको ५ सय २१ केजी गाँजा सहित दुई जनालाई पक्राउ गरेको हो। आइतबार राति करिब ११ बजे केराबारी–५ लाफा टोल क्षेत्रमा गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारी र केराबारीको संयुक्त टोलीले एम्बुलेन्स चेकजाँच गरेको थियो। प्रहरी निरीक्षक राजीव गिरीको नेतृत्वमा खटिएको टोलीले प्र–१–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्स रोकेपछि चालक र सवार व्यक्ति फरार हुन खोजेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरी स

    • प्रकाशित मितिः पुस १४, २०८२
    • ५१० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ‘फियोन मेकअप स्टुडियो एण्ड एकेडेमी’ भव्य रूपमा उद्घाटन

    सुनसरी/  धरान उपमहानगरपालिकाका उप–प्रमुख अइन्द्र बिक्रम बेघाले युवाहरूको सक्रियतामा सञ्चालनमा आएको ‘फियोन मेकअप स्टुडियो एण्ड एकेडेमी’ को सोमबार भव्य उद्घाटन गरेका छन्। धरान–गौतमपथ (नयाँ सब्जी मण्डी नजिक) अवस्थित स्टुडियोको उद्घाटन गर्दै उप–मेयर बेघाले युवाहरू गलत बाटोतर्फ नलागी उद्यमशीलतामा लाग्नु सकारात्मक र प्रशंसनीय भएको बताए।उद्घाटन समारोहलाई सम्बोधन गर्दै उप–मेयर बेघाले भने, “म जहाँ पुग्छु—जन्मदिन होस् वा पसल उद्घाटन, म युवाहरूलाई प्रोत्साहन गर्न जान्छु। राम्रो कामको सुरुवात गर्दा सरकार सधैं युवाको साथमा हुनुपर्छ।” उनले नग

    • प्रकाशित मितिः पुस १४, २०८२
    • ८१२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved