समाचार

    Showing 841-850 of 10,001 items.
  • वराहक्षेत्रमा चाडबाडलक्षित बजार अनुगमन ,  म्याद नाघेका बस्तुलाई नष्टसँगै व्यापारीलाई सचेतना 

    वराहक्षेत्र/ वराहक्षेत्रमा चाडबाड लक्षित गरेर नगर क्षेत्रका पसलमा नरपालिकाले अनुगमन सुरु गरिएको छ ।   खाद्यवस्तुको मूल्यमा एक रूपता नभएको , म्याद नाघेका सामाग्री बिक्री गर्न जनगुनासो बढेपछि वराहक्षेत्र नगरपालिकाले नगर क्षेत्रमा बजार अनुगमन गरेको हो । उपभोक्ताहरुको अधिकार सुनिश्चितताको लागि बजार अनुगमनलाई प्रभावकारी बनाउने योजना अनुसार बजार अनुगमन गरिएको नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए ।   बजारबाट उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु, मूल्यको एकरूपता, कानुनी प्रमाणहरू, ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलाको लगायतका विषयहरूमा बुधवार कोशी पुल , चतरा

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 776 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा दशैँ लक्षित बजार अनुगमन, ’फोटो सेसन’ बढी प्रभाव कम !

    धरान/ दशैंको चटारो सुरु भएसँगै धरान उपमहानगरपालिकाको बजार अनुगमन महाशाखाले बजारमा सक्रियता देखाएको छ । तर, यो सक्रियता औपचारिकता मात्रै भएको आरोप उपभोक्ताहरूबाट लाग्दै आएको छ ।धरान १ स्थित छाताचोक क्षेत्रका केही पसलमा गरिएको अनुगमनलाई धेरैले “मौसमी“ भन्दै आलोचना गरेका छन् । अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र सुनसरी उद्योग वाणिज्य संघका प्रतिनिधिहरू समेत सहभागी थिए । तर, अनुगमनको उद्देश्यभन्दा पनि फोटो सुट गरेर भाइरल बन्ने चाहना प्रष्ट देखिएको स्थानीयको आरोप छ । अनुगमनका क्रममा आधा दर्जन जति पसलहरूमा अत्यन्तै विषालु मानिने कोलेन खाद्य सामाग्रीसँगै राखिएको पा

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 627 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दन्तकालीमा भक्तजनको भीँड बढ्यो

    धरान/  नेपालका चार शक्तिपीठमध्ये एक मानिने धरान उपमहानगरपालिका वडा नं. १४ विजयपुरस्थित दन्तकाली शक्तिपीठमा यस वर्षको नवरात्रि पूजा विधिवत रूपमा सुरु भएको छ । घटस्थापनासँगै जमरा राखी दुर्गामाताको पूजाआजा आरम्भ भइसकेको हो । पौराणिक ग्रन्थका अनुसार शिवजीले सतिदेवीलाई बोकेर हिँड्दा दाँत पतन भएको स्थानका रूपमा दन्तकालीलाई मानिन्छ । यही कारण यो शक्तिपीठप्रति श्रद्धालु भक्तजनको आस्था बढ्दो छ । दशैंको अवसरमा नेपालका विभिन्न भाग र भारतसम्मका भक्तजन यहाँ पूजाआजा गर्न आउने गरेका छन् । यस वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले केही असर पारे पनि दन्तकालीमा भीडभाड बढ्न सुरु भइसकेको स्थानीय अग्र

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 407 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जेनजी आन्दोलन: काजक्रियामा बसेका सरदार परिवारको विजोग

    इटहरी/  जेनजी आन्दोलनका क्रममा इटहरीका मोहन सरदारको मृत्यु भएको दुई हप्ता हुँदा सम्म राज्यद्धारा सहयोग गरेको छैन । मृतक परिवारजले सरकारको कुनै पनि निकायले सहयोग नगरेको परिवारले गुनासो गरेका छन् । काजक्रियामा वसेका सरदार परिवारको विजोग भएको छ ।आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई काज किरिया सहितको राहत दिने सरकारले घोषणा गरेको थियो । तर हाल सम्म कुनै पनि सहयोग नपाएको मृतक मोहन सरदारका दाजु गवनलाल सरदारले जानकारी दिए । मृतकका दाजु सरदारले भने,‘सरकारले कुनै सहयोग दिएको छैन, कुनै सरकारी मान्छे भेट्न आएको छैन ।’उनका अनुसार सङ्घीय, प्रदेश वा स्थानीय सरकारका कुनै पनि व्यक्ति

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 350 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बजार अनुगमन : गरिस ? गरे !

    इलाम/  बजारमा हरेक उपभोक्ता हरेक बस्तुको खरिदका समयमा हरेक पटक हरेक ब्यापारीबाट ठगिने गरेको उपभोक्तालाई मात्र होइन, प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीदेखि अन्य सबैलाई प्रष्ट थाहा छ । न पसलमा राखिएका सबै सामानको मूल्यसूची नै देखिन्छ, न मूल्यसूची नराखेबापत कहिल्यै कसैले कारबाही भोग्नु परेको छ । यस्तो अवस्थामा गरिस् भन्दा गरेँ भने झै हुने बजार अनुगमनले उपभोक्तालाई कत्तिको राहत मिल्ला ? हरेक पसल र होटलमा त्यहाँ बिक्री गरिने सबै खाले सामानको मूल्यसूची अनिवार्य हुनुपर्दैन ? चाडबाडको मुखमा गरिने बजार अनुगमनमा सबैखाले ब्यवसाय पर्नुपर्दैन ? बर्षमा एकैपटक नै होस्, यसअघि ग

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 442 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–५ र ४ का स्थानीय वर्षौंदेखि जोखिम मोलेर खोला पार गर्न बाध्य

    सुनसरी/  धरान उपमहानगरपालिका–५ को देवी गाउँमा लेदुवा खोलामा निर्माण सुरु भएको पुल सात वर्ष बितिसक्दा पनि अझै अधुरो छ। सम्झौताअनुसार चार वर्षअघि नै सम्पन्न हुनुपर्ने पुल अझै ५० प्रतिशत मात्रै बनेको छ। विसं २०७७ साउन ४ गते कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र वर्ल्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीबीच रु एक करोड २१ लाख ८६ हजार ८१३ मा सम्झौता भएको थियो। सम्झौताअनुसार २०७८ साउन ७ भित्र पुल तयार हुनुपर्नेमा अहिलेसम्म दुवैतर्फका पिलर मात्र बनेका छन्। बाँकी संरचना भने झाडीले ढाकिएका छन्। धरान–५ का वडा अध्यक्ष मनप्रसाद लिम्बूका अनुसार पुल निर्माण नभएकै कारण स्थानीयवासीले वर

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 544 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

    सुनसरी/  नवरात्रको तेस्रो दिन बुधबार चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ। नवदुर्गाकी तेस्रो रूप चन्द्रघण्टाको पूजा अर्चना गर्न लागिएको हो। चन्द्रघण्टाको स्वरूप स्वर्णमय, शान्त र सौम्य भएको पुराणमा उल्लेख छ। शिरमा घण्टा आकारको चन्द्रमा भएकाले यिनको नाम चन्द्रघण्टा भनिएको हो। सिंहमाथि बसेकी यिनको १० हातमा खड्ग, तरवार, गदा, ढाल चक्र धनुषलगायत शस्त्र अस्त्र छन्। भयनाश, दुष्टप्रवृत्तिको नाश र आध्यात्मिक तथा आत्मिक शान्तिका लागि चन्द्रघण्टा देवीको आराधना गरिन्छ। विधिपूर्वक उनको आराधना गर्नाले सबै किसिमका बाधा व्यवधान हट्ने पनि विश्वास गरिन्छ। नवरात्रमा भगवती दुर्गाका नौ स्वरूपको पूज

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 481 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुतिरहेको बेलामा खुकुरी प्रहार गरी हत्या, दुई पक्राउ

    झापा/  झापाको बिर्तामोड नगरपालिका–७ खालबाडीमा सुतेकै अवस्थामा धारिलो हतियार प्रहारबाट ३५ वर्षीय फुर्वा तामाङको हत्या भएको छ। तामाङलाई स्थानीय २८ वर्षीय प्रेमकुमार राई र उनका दाजु ३३ वर्षीय रामकुमार राईले खुकुरी र बसिला प्रहार गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। हत्या गर्ने दुवै जनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएका छन्। घटनामा प्रयोग भएका धारिलाे हतियार समेत प्रहरीले बरामद गरेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 1,078 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जेन–जी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भए ओली

     काठमाडौं/  जेन–जी विद्रोहपछिको राजीनामापछि लामो समय नदेखिएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज भक्तपुर गुन्डुस्थित नयाँ निवासमा नेता–कार्यकर्तामाझ सार्वजनिक भए। भेटघाटमा पुगेकाहरू ओलीसँग फोटो खिचाएर फर्किए पनि उनले कुनै प्रतिक्रिया दिएका छैनन्। भदौ २३ र २४ गतेको विद्रोहपछि प्रधानमन्त्री पदबाट हटेका ओली यसअघि सार्वजनिक भएका थिएनन्। त्यसै घटनापछि उनको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको हो। नयाँ सरकारले २१ फागुनमा निर्वाचनको मिति तोकेको छ।

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 370 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बालक अपहरणपछि हत्या : ८ जना आफन्त प्रहरीकाे नियन्त्रणमा

    सिराहा/  सिराहाको गोलबजार नगरपालिका–१३ का १५ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या गरिएको घटनामा अपहरणकर्ताले ५ करोड रुपैयाँ फिरौती मागेको तथ्य खुलेको छ। अभिषेक आइतबार रातिदेखि बेपत्ता रहेका उनको शव मंगलबार बिहान घर नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी अनन्त राम शर्माले जानकारी दिए। प्रहरीका अनुसार परिवारलाई “छोरा अपहरणमा परेको” भन्दै मेसेज पठाई ५ करोड फिरौती मागिएको थियो। घटनामा संलग्न हुन सक्ने आशंकामा ७–८ जना आफन्तलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। ७ वर्षअघि बुबा सञ्जय सिंहको करेन्ट लागेर मृत्यु भएपछि अभिषेक परिवारको

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 399 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved