समाचार

    Showing 8,471-8,480 of 10,052 items.
  • घरमै पुगेर ह्वील चेयर बितरण

    बेलबारी । मोरङको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले अपाङगता भएका ब्यक्तिहरुलाई घर घरमै पुगेर सहायक सामाग्री ह्वील चेयर बितरण गरेका छन । बिहिबार बेलबारी मेयर सुवेदीले बेलबारी ८ का पदम बिष्ट र बेलबारी ३ का पदम श्रेष्ठलाई घरमै पुगेर ह्वील चेयर बितरण गरेका हुन । बेलबारी–८ को रणपाल आधारभूत विद्यालयमा विष्ट शिक्षक हुन । उनी श्रीमती अस्मिता विष्टको सहारामा बिद्यालयमा जाँदा आउने जाने गर्छन । एउटा पुरानो भइसकेको ह्वील चेयर थियो, पदमकी श्रीमती अस्मिताले भनिन, ‘अहिले नगर प्रमुख आफैले खोज्दै आएर दिनु भएको छ यसले ठुलो राहत भएको महशुष गरेकी छु ।’ ह्वील चेयरमै बसेर विभिन्

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • 651 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जनशक्ति अभाव देखाउँदै वीपीले गर्यो डाइलासिस सेवामा कटौती

    धरान । हप्तामा दुई पटक डाइलासिस गर्नु पर्ने बिरामीलाई धरान स्थित वीपी कोइाराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले हप्तामा १ पटक मात्रै गरिदिने भए पछि स्वास्थ्य अधिकार कुण्ठित भएको गुनासो गरेका छन् । डाइलाइसिस युनिटमा खटिएका स्टाफ नर्सहरुलाई कोरोना संक्रमण भएकोले दक्ष जनशक्ति अभाव भएको भन्दै प्रतिष्ठानले एक विरामीलाई हप्तामा १ पटक मात्र डाइलाइसिस गर्न थालेको हो । विरामीहरु भने आफुहरुको बाँच्ने अधिकार कुण्ठित गरेको र तड्पेर मर्ने अवस्था आएको भन्दै विरोध गरेका छन् । मृगौला पीडित सरोकार समाजका अध्यक्ष मानबहादुर बजगाईका अनुसार सोमबार देखि प्रतिष्ठानको डाइलाइसिस युनिटले एक जना विरामीको हप्तामा १ पटक म

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • 633 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना नियन्त्रणमा उपमहानगर असफल, अनुगमनलाइ प्रभावकारी बनाउन व्यवसायीको सुझाव

    सुनसरी । कोरोना नियन्त्रणमा इटहरी उपमहानगर असफल देखिएको भन्दै सम्बन्धीत सरोकारवाला र स्थानीयहरूले सामाजिक सञ्जाल मार्फत जनप्रतिनिधिहरूको चर्को आलोचना गरेका छन । पहिलो चरणमा २ जनालाइ संक्रमण पुष्टि हुदा नियन्त्रणमा चासो देखाएको उपमहानगर अहिले संक्रमणकै कारण १२ जनाले ज्यान गुमाइ सक्दा पनि मौन देखिएको भन्दै जनप्रतिनिधिहरूको चर्को आलोचना भएको हो । कोभिड १९ कोरोना संक्रमण नियन्त्रण बाहिर गएपछि सुनसरीको १२ वटा स्थानीय तहहरू मध्ये खतराको सुचिमा परेको इटहरी उपमहानगरमा हाल १ हजार बढी संक्रमितहरू रहेका छन । कोरोना नियनत्रणमा स्थानीय सरकार लागि परेको बताए पनि प्रभावकारी काम हुन नसक्दा संक्रमण नियन्त्रण

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • 894 पटक पढिएको
    • "तेजबहादुर बन "
  • लिम्चुङबुङको ‘बस’: भ्रम र यथार्थता

    उदयपुर/ केही दिन अगाडी नेपाल सरकार पूर्व सचिव भीम उपाध्यायले सामाजिक सञ्जालमा लिम्चुङबुङ गाउँपालिकाको नाममा तस्विर सहित राखेको एउटा पोष्टले पालिकावासी देश तथा विदेशमा रहेको सामाजिक सञ्जाल प्रयोग कर्ताको ध्यान खिच्यो । ‘दुईबर्ष अघि उदयपुरको लिम्चुङ्बुङ गाउपालिकाका अध्यक्ष मेजर राईले आफुले चढने सवारी साधन खरिद नगरी सर्वसाधारण जनतालाई सेवा सुबिधाको लागी भन्दै खरिद गरेको दुईवटा मध्ये एक सार्वजनिक बस सदरमुकाम गाईघाटमा यस्तो अबस्थामा रहेको छ । अर्को कहा‘ छ ? भन्ने प्रश्न गर्दै शेयर गरेको तस्विर सामाजिक सञ्जालमा एकैदिनमा भाइरल बन्न पुग्यो । देशैभरीका सामाजिक सञ्जाल प्रयोगकर्ताबाट यसमा ग

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • 1,304 पटक पढिएको
    • "बिजय कार्की"
  • आज वडा दशैंको पहिलो दिनः घर घरमा जमरा राखिदै

    धरान । हिन्दुधर्मावलम्बीहरु महान चाड दशैं आज देखि सुरु भएको छ । बडादशैँको पहिलो दिन आज घटस्थापना गरिदैछ ।आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजारम्भ हुन्छ ।नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजीकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्पक राखेर त्यसमाथि यव(जौ)रोपिन्छ ।यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपण गर

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • 1,882 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ४६८ संक्रमित थपिए

    विराटनगर, ३० असोज । प्रदेश १ मा आज ४६८ कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २०७, सुनसरीमा २००, झापामा २९, ते¥हथुममा ७, उदयपुरमा ४, इलाममा ३, धनकुटा र संखुवासभामा २–२, भोजपुर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १३४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४९ महिला र ८५ पुरुष छन् । मोरंगको सुन्दरहरैचामा १३, उर्लाबारीमा १२, बेलबारीमा ११, पथरीशनिश्चरेमा ७, ग्रामथानमा ५, केराबारीमा ३, बुढीगंगा, लेटाङ, कानेपोखरी र धनपालथानमा २–२, कटहरी, रंगेली र रतुवामाईमा १–१ र स्थानीय तह नखुलेका ११ जनाक

    • प्रकाशित मितिः असोज ३०, २०७७
    • 668 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगर, धरान र इटहरी बने कोरोना ‘हटस्पट’

    विराटनगर । पछिल्लो २४ घण्टामा सुनसरीको धरान उपमहानगरमा होम आईसोलसनमा चारजनाको मृत्यु भयो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत समेत जोड्दा धरानमा मात्र मृत्यु हुनेको संख्या आठ पुग्यो । कोरोना संक्रमणको दर बढ्दै जाँदा प्रदेश १ का प्रमुख सहरमा संक्रमण केन्द्रीत भएको छ । प्रतिष्ठानमा अहिले दैनिक रुपमा लक्ष्यणसहितका कोरोना संक्रमित भर्ना हुने क्रम बढेको छ । होम आईसोलेसनमा बसेकाहरुमा श्वास प्रश्वासमा समस्या देखिन थालेपछि दैनिक टोलिफोन गरेर आईसियूबारे बुझ्न थालेको प्रतिष्ठानले जनाको छ । तर, बेड अभावमा सबैले उपचार पाउन भने सकेका छैनन । प्रतिष्ठानका कोरोना संयोजक डा. इन्द्र लिम्बूले ल

    • प्रकाशित मितिः असोज ३०, २०७७
    • 1,097 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीको मुख्य चोकमा प्रहरीकै अगाडी बाइक चोर्न खोजेपछि

    इटहरी । इटहरीको ब्यस्त बजार पश्चिम लाइन स्थित मामा मार्केट अगाडी पार्किङमा राखिएको बाइक चोर्ने प्रयत्न गरेको आरोपमा एक युवकलाइ प्रहरीले पक्राउ गरेको छ । को ३८ प १३६८ नंको अपाची मोटरसाइकल चोरी गर्न खोज्दा रंगेहात युवक समातिएका हुन । पार्किङमा राखिएको मोटरसाइकललाइ अर्कै चाबि हालेर जबरजस्ति घुमाउदै स्टार्ट गर्न खोजेको देखेपछि आसपासका स्थानीयले उनलाइ नियन्त्रणमा लिएर प्रहरीलाइ बुझाएका थिए । प्रहरी बिटकै छेउमा प्रहरीकै अगाडी ति युवकले मोटरसाइकल चोरी गर्न खोजेका थिए । घटनाको बिषयमा थप अनुसन्धान भइरहेकोले नियन्त्रणमा रहेका युवाको परिचय खुलाउन नमिल्ने इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज ३०, २०७७
    • 1,038 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बलात्कार गर्न खोज्दा भयो हत्या

    धरान । बलात्कार गर्न खोज्दा प्रतिकारमा उत्रिएकी महिलाको खुकुरी प्रहारबाट धनकुटाको महालक्ष्मी नगरपालिका–१ घुमाउँनेमा एक पुरुषको हत्या भएको छ । घुमाउँनेकी ३० वर्षीया कमला गुरुङले सोही ठाउँका लीलबहादुर गुरुङको हत्या गरेकी हुन् । लीलबहादुरले बलात्कार प्रयास गरेपछि महिलाले प्रतिकारमा खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए । महिलाले राति १० बजेतिर घरमा सुतिरहेको बेला ढोका फुटाएर बलात्कार प्रयास गरेपछि खुकुरी प्रहार गरेको बयान दिएकी प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि बलात्कारको प्रतिकारमा हत्या भएको देखिएको एसपी अधिक

    • प्रकाशित मितिः असोज २९, २०७७
    • 943 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मापदण्ड पालना नगर्ने ब्यवसायीको पसल नै शिल गरीयो

    इटहरी । चाडपर्व नजिकिएसंगै उपभोग्य बस्तुको मुल्यमा एकरूपता नभएको ब्यापक जनगुनासो पछि इटहरी उपमहानगरपालिकाले बजार अनुगमनलाइ तिब्रता दिइएको छ । पटक पटक सम्झाउदा पनि अटेर गर्दै म्याद गुज्रिएको सामान बिक्री गर्ने एक किराना पसललाइ शिल गरेको छ । केहि समय अघि अखाद्य बस्तु सहित म्याद गुज्रिएका सामग्रीहरू भेटिएपछि चेतावनी दिदै छोडिएको इटहरी १२ खनार स्थित बिक्रम किराना पसलमा शुक्रबार अनुगमन गर्दा पुनः पुरानै सामग्री भेटिएपछि पसल शिल गरिएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताईन । खनारका स्थानीय मंगल चौधरीले सञ्चालन गरेको उक्त पसलबाट म्याद गुज्रीएको घ्यु, बिस्कुट, तेल, बेसार लगायतका खाद्यान्

    • प्रकाशित मितिः असोज २९, २०७७
    • 986 पटक पढिएको
    • "तेजबहादुर बन "

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved