कोरोना नियन्त्रणमा उपमहानगर असफल, अनुगमनलाइ प्रभावकारी बनाउन व्यवसायीको सुझाव

  • कार्तिक १, २०७७
  • तेजबहादुर बन
alt

सुनसरी । कोरोना नियन्त्रणमा इटहरी उपमहानगर असफल देखिएको भन्दै सम्बन्धीत सरोकारवाला र स्थानीयहरूले सामाजिक सञ्जाल मार्फत जनप्रतिनिधिहरूको चर्को आलोचना गरेका छन ।

पहिलो चरणमा २ जनालाइ संक्रमण पुष्टि हुदा नियन्त्रणमा चासो देखाएको उपमहानगर अहिले संक्रमणकै कारण १२ जनाले ज्यान गुमाइ सक्दा पनि मौन देखिएको भन्दै जनप्रतिनिधिहरूको चर्को आलोचना भएको हो ।

कोभिड १९ कोरोना संक्रमण नियन्त्रण बाहिर गएपछि सुनसरीको १२ वटा स्थानीय तहहरू मध्ये खतराको सुचिमा परेको इटहरी उपमहानगरमा हाल १ हजार बढी संक्रमितहरू रहेका छन । कोरोना नियनत्रणमा स्थानीय सरकार लागि परेको बताए पनि प्रभावकारी काम हुन नसक्दा संक्रमण नियन्त्रण बाहिर पुगेको इटहरीका व्यवसायी र स्थानीयवासीहरू बताउँछन ।

बजारमा बढेको भिड नियन्त्रणमा सरोकारवाला लाग्नु पर्ने र इटहरीलाइ केहि समय तोकेर लकडाउन गरिनुपर्ने धेरैजसो ब्यवसायीहरूको भनाइ छ भने केहिले लकडाउनको बिकल्प खोज्दै सुरक्षा सतर्कता र स्थानीय सरकार लगायत प्रशासनले बनाएको मापदण्डलाइ कडाइका साथ कार्यान्वयन गरिनुपर्ने धारणा राखेका छन । उपमहानगरले कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी गरेको अनुगमनलाइ अझ प्रभावकारी ढगले अघि बढाइनुपर्ने व्यवसायीहरूको भनाइ छ ।

अनुगमनलाइ देखावटीको रूपमा नभएर प्रभावकारी ढंगबाट लागु गर्नुपर्ने र प्रशासनले बनाएको मापदण्ड बिपरित सञ्चालनमा आएका ब्यवसायहरूलाइ कारवाहीको दायरामा ल्याइनुपर्ने स्थानीय व्यवसायी गोपाल बुढाथोकी बताउँछन् । त्यस्तै कोरोना नियन्त्रणमा स्थानीय सरकार असफल भइसकेको र अनुगमनले मात्रै संक्रमण नियन्त्रणमा नआउने उनको भनाई छ । केहि समय तोकेर इटहरीलाइ शिल गरिनुपर्ने र संक्रमित रहेका स्थानहरूमा सेनिटाइज गरि निषेधाज्ञा जारी गरिनुपर्ने व्यवसायी तुलसी पौडेलले बताए ।

यता स्थानीय नगरवासिहरूले भने कोरोना नियन्त्रणका लािग उपमहानगरले गरेको काम राम्रो भएपनि प्रभावकारी नभएको बताएका छन । इटहरी ६ का स्थानीय युवा सतिस कोइरालाले संक्रमणको दर दुइ गुणाले बढिरहदा बजारमा स्थानीयहरूको लापर्वाहि बढेको र त्यस्लाइ तत्काल नियन्त्रणका लागि उपमहानगरले ठोस कदम चाल्नुपृने साथै बन्द भएको पीसीआर परिक्षणलाइ पनि सुचारू गरिनुपर्ने सुझाव दिएका छन ।

इटहरी ४ का स्थानीय टंक बहादुर खुलाल कोरोना नियन्त्रणका लागि स्थानीय आफैमा सजक बनिनुपर्ने र जनप्रतिनिधि तथा सरोकारवालाहरूको मात्र भर परेर नहुने बताए । उपमहानगरले आफ्नो ठाउबाट गरेको काम हेर्दा राम्रो भएपनि थप प्रभावकारी नभएको उनले बताए ।

यता इटहरी उपमहानगरापालिकाले कोरोना नियन्त्रणमा सक्दो काम गरिरहेको दाबी गरेको छ । संक्रमणको अवस्था नियन्त्रण बाहिर गएको कुरा स्विकार्दै अपनाइनुपर्ने सावधानीमा उपमहानगर सदैव तत्पर रहेको बताएको छ । कोरोना नियन्त्रणका लागि स्थानीय नगरवासीहरूमा सजकता अपनाउने देखि मापदण्ड बनाएर ब्यवसाय सञ्चालन गराउने सम्मको भुमिकामा उपमहानगर अगाडी रहेको बताइएको छ ।

संक्रमण थप फैलन नदिन इटहरी उपमहानगरले बजार अनुगमनलाइ तिब्रता दिएको बताएको छ । उपमहानगर अन्तरगत उपमेयर लक्ष्मी गौतमको संयोजकत्वमा अनुगमनलाइ तिब्रता दिइएको हो ।

नजिकिएको चाडपर्वलाइ मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले कोरोना महामारी बिच ब्यवसाय सञ्चालन गर्दा बनाएको मापदण्ड पालना गराउन उपमहानगरले ब्यवसायीहरूलाइ आग्रह गर्दै आएको र अनुगमनलाइ दुइ भागमा बिभाजन गरेर काम गरिरहेको उपमेयर लक्ष्मी गौतमले बताईन । चाडपर्वको मुखमा हुने कालोबजारी अन्त्य गर्न इटहरी उपमहानगर उपभोक्ता हित संरक्षण समिति र कोबिड १९ रोकथाम तथा नियन्त्रणका लागि बेग्लै समिति बनाएर अनुगमन गर्ने गरेको उपमेयर गौतमको भनाइ छ ।

अनुगमनकै क्रममा धेरै ब्यवसायीहरूले मापदण्डको पालना नगरेको पाइए पछि कार्वाहि समेत गरिएको र मास्क नलगाइ बजारमा निस्किएका सय भन्दा बढी स्थानीयलाइ नियन्त्रणमा लिएर १ सय रुपैया जरिवाना समेत तिराइएको उपमेयर गौतमले बताईन । दुवै अनुगमनका कामलाइ बिशेष प्राथमिकतामा राखेर त्यसलाइ थप प्रभावकारी बनाउने तर्फ उपमहानगर कटिबद्ध रहेको उपमेयर गौतमको भनाइ छ ।

इलामको जिम्मा सुहाङक ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब इल ...

इलाम २ उप निर्वाचन १ ...

इलाम/ नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङको संसद ...

एमालेको विजय सभालाई ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछ ...

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved