विराटनगर, धरान र इटहरी बने कोरोना ‘हटस्पट’

  • असोज ३०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt - -सङ्गीता राई

विराटनगर । पछिल्लो २४ घण्टामा सुनसरीको धरान उपमहानगरमा होम आईसोलसनमा चारजनाको मृत्यु भयो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत समेत जोड्दा धरानमा मात्र मृत्यु हुनेको संख्या आठ पुग्यो । कोरोना संक्रमणको दर बढ्दै जाँदा प्रदेश १ का प्रमुख सहरमा संक्रमण केन्द्रीत भएको छ ।

प्रतिष्ठानमा अहिले दैनिक रुपमा लक्ष्यणसहितका कोरोना संक्रमित भर्ना हुने क्रम बढेको छ । होम आईसोलेसनमा बसेकाहरुमा श्वास प्रश्वासमा समस्या देखिन थालेपछि दैनिक टोलिफोन गरेर आईसियूबारे बुझ्न थालेको प्रतिष्ठानले जनाको छ । तर, बेड अभावमा सबैले उपचार पाउन भने सकेका छैनन । प्रतिष्ठानका कोरोना संयोजक डा. इन्द्र लिम्बूले लक्ष्यणसहितका बिरामीको चाप बढ्न थालेपछि उपचारमा समस्या हुन थालेको बताएका छन । प्रतिष्ठानले बिरामीको चाप बढेसंगै पहिल्यै जानकारी लिएर मात्रै प्रतिष्ठानमा भर्ना हुन आउन सूचना जारी गरेको छ ।

विराटनगरमा पछिल्लो २४ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । महानगरमा संक्रमणको दरसमेत दैनिक बढ्दो क्रममा छ । महानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार हालसम्म संक्रमणबाट महानगर क्षेत्रभित्र २८ जनाले ज्यान गुमाई सकेका छन । संक्रमित हुनेको संख्या चार हजार पुगेको छ । महानगरका स्वास्थ्य महाशाखाका प्रमुख भन्छन्,“दैनिक संक्रमितको संख्या बढ्दो छ । संक्रमण दर समेत बढ्दै जानु चिन्ताको विषय भएको छ ।” कार्कीले विराटनगरमा दैनिक औसत डेढ सय जनामा संक्रमण देखिन थालेको छ । संक्रमित बढेसंगै महानगर क्षेत्रमा आईसोलेसन र अस्पताल भरिएका छन । महानगरमा १३ हजार ३ सय ७० जनाको पीसीआर परीक्षण भएको छ । विराटनगर महानगरका मेयर भीम पराजुली भन्छन्,“संक्रमित थपिंदै जाँदा अलि दीर्घरोगी र अक्सिजन दिनुपर्नेहरुको व्यवस्थापनमा भने चुनौती थपिएको छ । हामीले संघीय र प्रदेश सरकारको पनि ध्यानाकर्षण गरिरहेका छौं ।”

इटहरी उपमहानगरपालिकाले अर्को सूचना नआउन्जेलसम्मको लागि पीसीआर परीक्षण गर्न स्वाब संकलनको कार्य बन्द गरेको छ । प्रदेश प्रयोगशाला विराटनगर र धरानस्थित बीपी प्रतिष्ठानले रिएजन्टको अभाव भएको जनाउ दिएपछि इटहरीले सार्वजनिक सूचना जारी गरी स्वाब संकलन बन्द गरेको हो । उपमहानगरमा हालसम्म १००५ जनामा संक्रमण देखिएको छ । कोरोना संक्रमणबाट हालसम्म इटहरीमा ११ जनाले ज्यान गुमाईसकेको स्वास्थ्य शाखा प्रमुख रामशरण चौधरीका जानकारी दिएका छन । भने,“संक्रमितको संख्या बढेसंगै मृतक पनि थपिन थालेका छन ।”

प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार जिल्लागत रुपमा हेर्दा मोरङमा ५२ जनाको मृत्यु भएको छ । यसैगरी सुनसरीमा ४२ र झापामा १० जनाले ज्यान गुमाएका छन । संक्रमित हुनेमध्ये पनि अधिक यिनै तीन जिल्लाका प्रमुख सहरहरुमा छन । प्रदेशमा १२ हजार २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशभरका संक्रमितमध्ये आधाभन्दा धेरै तीन जिल्ला झापा, मोरङ र सुनसरीका छन ।

सुच्चा राईको कुल पूज ...

धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि ...

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved