लिम्चुङबुङको ‘बस’: भ्रम र यथार्थता

  • कार्तिक १, २०७७
  • बिजय कार्की
alt

उदयपुर/ केही दिन अगाडी नेपाल सरकार पूर्व सचिव भीम उपाध्यायले सामाजिक सञ्जालमा लिम्चुङबुङ गाउँपालिकाको नाममा तस्विर सहित राखेको एउटा पोष्टले पालिकावासी देश तथा विदेशमा रहेको सामाजिक सञ्जाल प्रयोग कर्ताको ध्यान खिच्यो ।

‘दुईबर्ष अघि उदयपुरको लिम्चुङ्बुङ गाउपालिकाका अध्यक्ष मेजर राईले आफुले चढने सवारी साधन खरिद नगरी सर्वसाधारण जनतालाई सेवा सुबिधाको लागी भन्दै खरिद गरेको दुईवटा मध्ये एक सार्वजनिक बस सदरमुकाम गाईघाटमा यस्तो अबस्थामा रहेको छ । अर्को कहा‘ छ ? भन्ने प्रश्न गर्दै शेयर गरेको तस्विर सामाजिक सञ्जालमा एकैदिनमा भाइरल बन्न पुग्यो ।

देशैभरीका सामाजिक सञ्जाल प्रयोगकर्ताबाट यसमा गाउँपालिका अध्यक्ष तथा पालिकाको लापरबाहीे भन्दै विरोध गरे । गाउँपालिले भनेको समयमा बस ल्याउन नसके पनि यसको वास्तविकता भने पुर्व सचीव उपाध्यायले लगाएको आरोप जस्तो छैन ।

गाउँपालिकाले डेढ बर्ष अगाडी पालिका अध्यक्षका लागी गाडी खरिद गर्नका छुट्याईको बजेटबाट गाउँपालिका अध्यक्षले सर्वसाधरण चढ्ने बस किन्ने निर्णय गरेका थिए । बस खरिदको लागी ०७६ बैशाख १६ गते बोलपत्र आह्वान गरेको थियो ।

“क्याटलग- ब्रोसर सपिङ्ग” विधीबाट बोलपत्र आह्वान गर्दा (टाटा)ले टेन्डर पारेर ०७६ मा २ वटा बस खरिद गरेर जिल्ला सदरमुकाम गाईघाट सम्म ल्याएको र उक्त बस लिम्चुङबुङ जस्तो विकट ठाँउका उपयुक्त नहुने भएपछि (टेन्डर) गाउँपालिकाले रद्द गरेको थियो । र (टाटा)ले बस फिर्ता लग्दिएको थियो ।

बस किन्नका लागी छुट्याएको कुल बजेट ७० लाखबाट बाकी रकम अन्य योजनामा रकमान्तर गरेर ४३ लाख बसको लागी छुट्याउने निर्णय गाउँपालिकाले गरेको पालिकाका सुचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए ।

‘हाम्रो भुगोल अनुसार नमिल्ले खाल्लका २ वटा बस खरिद भयो, र त्यो फिर्ता गर्न लगार्यौ, पालिका अध्यक्ष मेजर राईले भने’, “पछि अन्य योजनामा रकमको अभाव भयो र रकामान्त्तर गरेर ४३ लाखका बस खरिद गर्ने निर्णयमा पुग्यो ।”
(टाटा)को प्राविधीक त्रुटिका कारण गाउँपालिकाले खरिद गरेको २ वटा बस फिर्ता गर्नु परेको गाउँपालिका का प्रवक्ता ५ नम्बर वडाका वडाध्यक्ष केशर कुमार खड्काले बताए ।

पालिकाले दोस्रो पटक बोलपत्र आह्वान गरेर “क्याटलग÷ब्रोसर सपिङ्ग” विधीबाट २८ लाखमा (चेसीस) खरिको प्रक्रिया अगाडी बढाएको थियो । प्रक्रिया अगी बढेसँगै प्राकृतिक विपत्तीको कारणले ०७६ असार अन्तिममा बाढी पहिरोले क्षतिग्रस्त बनेको गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेर पालिकाको पुरै ध्यान संकट व्यवस्थापन तिर लागेकोले बस खरिद प्रक्रिया ढिलाई भएको गाउँपालिका अध्यक्ष मेजर राईले बताए ।

अध्यक्ष राईका अनुसार, “गाउँपालिकामा खाद्यान्न अभावसँगै क्षतविक्षत सडकले जनजीवन अस्तव्यस्त भएपछि दैनिक उपभोग्य बस्तु समेत हेलिकप्टरबाट ढुवानी गरेको र क्षतविक्षत सडक निर्माण गर्दा केही ढिलाई भएको बताए । ”
यस्तो छ, वास्तविकता स:

बस खरिद गर्दा तयारी अवस्थाको नभई चक्का तथा इन्जिन सहितको रुपरेखा (चेसीस) मात्र आउने गर्दछ । (चेसीस) खरिद गरेर पालिकाले बोलपत्र मार्फत लक्ष्मि ईन्टरप्राईजेज गाईघाटलाई निमार्णको लागि ०७६ फागुण दिएको थियो ।
कोरोना भाईरसको कारण सरकारले गरेको लकडाउनले गर्दा बसलाई आवश्यक पर्ने सामाग्री गरिद गर्न नसकिएको लक्ष्मि ईन्टरप्राईजेज संचालक लक्ष्मि नारायण श्रेष्ठले बताए । श्रेष्ठले भने “बसलाई चाहीँने सामाग्री बुटवल तथा भैरहवामा मात्रा पाईने गरेको र ७ महिना सम्म लकडाउन भयो, उक्त समयमा सरकारले घर बाहिर समेत निस्किन दिएन, अनि कसरी सामान लयाए र बस बनाउँने ।”

काम गर्ने मजदुरहरु समेत भारतीय भएकाले लकडाउनको समयमा उनीहरु सबै घर गएका र पालिकाले बारम्बार छिटो काम गर्न आग्रह गर्दा समेत आफुले समयमै काम सम्पन्न गर्न नसकेको साथै यसमा पालिकाको कुनै दोस नरहेको संचालक श्रेष्ठले बताए । उनका अनुसार, ‘नियमित काम गर्दा एक महिनामै बस ‘फुलबडी’ तयार गर्न सकिन्छ ।’
सामाजिक सञ्जाल धेरैले नबुझि र कतिपयले बुझेरै भ्रम फैल्याएको श्रेष्ठले भने, ‘अब १५ दिन भित्र बस तयार हुने बताए ।’

सामाजिक सञ्जालले छरेको भ्रम :
वास्तविकता के हो ? भन्ने कुरा समेत नबुझि हचुवाका भरमा गलत सुचनालाई आधार मानेर पूर्व सचिव जस्तो व्यक्तिले भ्रम फैल्याएको पालिकाले जनाएको छ । सामाजिक सञ्जालमा उपाध्यायको भ्रमपुर्ण सुचनालाई आधार मानेर केही व्यक्तिहरु समेत भ्रमित भएका छन । एक महिना अगाडी निर्माण गर्दाको फोटो सामाजिक संञ्जालमा हालेको र भ्रम फैल्याएको र त्यो वास्ताविक नभएको लक्ष्मि ईन्टरप्राईजेज संचालक लक्ष्मि नारायण श्रेष्ठले बताए ।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved