काठमाडौँ /समाजवादी पार्टीकी सांसद सरित गिरीद्वारा संघीय संसदमा पेश गरेको संशोधन प्रस्ताव सभामुख अग्नि प्रसाद सापकोटाले अस्वीकृत गरिदिएका छन् । संसदको शनिबारको बैठकमा संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु हुनासाथ सांसद गिरी उठेकी थिइन् ।तर सभामुख अग्नि प्रसाद सापकोटाले उनको संशोधनलाई आफूले अस्वीकृत गरेको जानकारी दिए । सभामुख सापकोटाल संघीय संसद नियमावली , २०७५ को नियम ११२ विपरीत रहेको देखिएको भन्दै संशोधन प्रस्ताव अस्वीकृत गरेको जानकारी दिएका हुन् । प्रतिनिधि सभाको नियमावलीमा सांसदहरूले कुनै पनि विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउँदा पालना गर्नुपर्ने शर्त राखिएका छन् । सांसद गिरीले पेश
धरान ८ भोटेपुलमा रहेको होटल गजुर प्यालेसको टिमले विवाहको संयोजन ९वेडिङ प्लान० गर्ने भएको छ । गजुर वेडिङ प्लानर्स एण्ड इभेन्ट म्यानेजमेन्ट भनी यस कार्यको थालनी गरिएको छ । करीब एक साता अघि यस विषयमा तालिम लिएर प्लानिङ समुह तयार गरीएको होटल गजुरकी सिओओ रञ्जना झाले बताइन । ुगजुर वेडिङ प्लानर्सले देशभर सेवा दिनेछ । एउटा विवाहका लागी आवश्यक पर्ने सबै सेवा जस्तै संगित, हल्दी कार्यक्रम, मेहेन्दी कार्यक्रम, स्थान, फोटोग्राफी र भिडियोग्राफी, क्याटरीङ, डेकोरेसन सबै उपलब्ध हुनेछ ।ु उनले भनिन, ुहामी १० जनाको टिमले हरेक व्यक्तिको महत्वपूर्ण अवसर विवाहलाई अविस्मरणिय बनाउनका लागी पूर्ण रूपले लागी पर्नेछौ ।ु
काठमाडौं । चौतर्फि सरकारको आलोचना हुन थाले पछि सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा र उपचारमा देशमा अहिलेसम्म भएको खर्च विवरण सार्वजनिक गरेको छ । कोरोना नियन्त्रण तथा रोकाथाम र उपचारमा हालसम्म ८ अर्ब ३९ करोड रुपैयाँ खर्च भएको जनाएको छ । सरकारले यस अघि १० अर्ब रुपैयाँ खर्च भएको बताएपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस लगायतका राजनीतिक दल तथा जनताले खर्च विवरण सार्वजनिक गर्न माग गर्दै सडक, सदनमा आबाज उठाएका थिए । खर्च विवरणप्रति सर्वत्र चासो हुन थालेपछि सरकारले त्यसलाई सार्वजनिक गरेको हो ।
काठमाडौं / आज थप ४ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४४८ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ४ हजार ७ सय ९ जना पुरुष र ३ सय ५३ जना महिला छन्। नेपालका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतको महाराष्ट्रबाट १२ दिन अघि आएका ५७ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी अर्घाखाँचीको क्वारेन्टाइनमा बसेका थिए ।प्रवक्ता डा जागेश्वर गौतमका अनुसार अर्घाखाँची मालरानी ४ का ती पुरुषको उपचारपछि फर्कने क्रममा बुधबार मृत्यु भएको हो । उनका अनुसार श्वासप्रश्वासमा समस्या आएपछि
नेपालको पूर्वी क्षेत्रको रिफरल केन्द्र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि आवश्यक सिटि स्क्यान मेसिन खरिद गर्ने प्रक्रिया सुरु भएको छ । प्रतिष्ठानमा रहेको सिटि स्क्यान मेसिन बर्षौं देखि बिग्रिएको अवस्थामा नयाँ उपकुलपति नियुक्ति सँगै आधुनिक सिटि स्क्यान मेसिन उपकरण खरिद प्रक्रिया शुरु भएको हो । आर्थिक बर्ष समाप्त हुनै लाग्दा प्रतिष्ठानको पहललाई सकारात्मक लिँदै स्वास्थ्य मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयद्वारा रकमान्तर गरिएको २० करोड बजेटसँगै प्रतिष्ठानले अत्याधुनिक उच्च क्षमताको २५६ स्लाइस सिटि स्क्यान मेसिन खरिद प्रक्रिया सुरु गरेको हो । अस्पतालमा सिटी स्क्यान मेसिन नहुँदा बि
धरान / धारन स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका १७ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै सप्तरी जिल्लामा संक्रमितको संख्या १ सय ३८ जना पुगेको छ । सप्तरीको हनुमान नगर नगरपालिकाकाको क्वारेनटाइनमा बसेका १५ जना, बोदेवर्साईन नगरपालिकाको क्वारेनटाइनमा बसेका १ जना र महादेवा गाउँपालिकाको क्वारेनटाइनमा बसेका १ जना गरि १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका १८ वर्ष देखि ३६ वर्षीका पुरुष भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
काठमाडौं । शनिवार लगायतका सार्वजिनक विदाको दिन पनि सबै वर्गका बंैक खोल्न राष्ट्र बैंकले निर्देशन दिएको छ । करदाताहरुको सुविधाको लागि आगामी असार ३२ सम्म सार्वजनिक बिदामा पनि बैंकहरूका सम्पूर्ण राजस्व सङ्कलन गर्ने शाखा र काउन्टर एवं बैङ्कका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरलगायत नेपाल क्लियरिङ हाउससमेत पूर्णकालीन रूपमा खोल्न निर्देशन दिइएको नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिए । सार्वजनिक विदाको दिनको पनि चारदेखि पाँच हजार चेक क्लियरिङ हुने गरेको दैनिक रुपमा यसको संख्या बैढ्दै गईरहेको राष्ट्र बैंकले जनाएको छ ।
सर्लाही । भारतयी एक समुहले सशस्त्र प्रहरी बलको पोष्टमा आक्रमण गरेको छ ।शुक्रबार बिहान नेपाल प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले रोकेपछि उनीहरुले पोष्टमै आक्रमण गरेका हुन् । भारतीय समुहबाट आक्रमण भएपछि त्यसलाई रोक्न शस्त्र प्रहरीले गोली सकेत चलाएको छ । प्रहरीको गोली लागेर भारतीय समूहतर्फका एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । सशस्त्र प्रहरीले भारतीय समुहलाई रोक्न खोज्दा भारतीय पक्षले आक्रमण गरेको र हतियार खोस्न आएपछि फायरिङ गर्न परेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी प्रवीण श्रेष्ठले जानकारी दिए ।
धरान । दलित तथा महिलाहरु माथि हुने विभेद अन्त्यका लागि उपेक्षित उत्थान सरोकार केन्द्र धरानले १ दिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । धरान उपमहानगरपालिका वडा नम्बर ८ को लक्षित वर्गको कार्यक्रम अन्र्तगत विहिबार केन्द्रले धरान वडा नम्बर ८ का दलित समुदायका ४५ जना महिला तथा पुरुषहरुलाई लैङिगक समानता, सामाजिक समावेशिकरण र छुवाछुत सम्बन्धी अभिमुखिकरण तालिम प्रदान गरेको हो । कार्यक्रमको समापनमा नेकपाका धरान नगर इञ्चार्ज चोत्लुङले सामाजिक वैचारिक महामारीले ग्रस्त पारेको समाज परिवर्तनका लागि अघि बढ्नु पर्ने आवश्यक्ता रहेको बताए । उनले संविधान, कानुनलाई कार्यान्यवन गर्न चुनौति रहे पछि त्यसलाई चिर्दै स
कालाबन्जर / भारतबाट सिधै घर आइपुगेका सुनसरीको वराहक्षेत्र ४ दुब्याही टोलका १ युवकलाई क्वारेन्टाइन पठाइएको छ । भारतको गुजरातमा मजदुरी गर्दै आएका उनी ५ दिन अगाडि सुनौली बोर्डर आइपुगेको बताउँछन् । उनले भने ‘कसैले खोजी खबर गरेन घरसम्म आउने आधार केही नभेटेपछि ७ जना मिलेर ६ हजारका दरले भाडा तिरेर आएका हौ ।’ उनीसँगै आएका मध्ये २ जना सप्तरीमा झरेका छन् भने अर्का १ जना सुनसरीको झुम्कामा र अरु ३ जना मोरङको सुन्दर हरैंचा गएका छन् । यसरी अव्यवस्थित रूपमा घरमै आइपुग्दा सुरक्षा व्यवस्था हेरेर आश्चर्यमा परेको सोही वडाका अध्यक्ष आशाराम चौधरीले बताउँछन् । उनले भने ‘मैले सिडियो साब लगायत मा