अबैध रुपमा धनुकटातर्फ लादैगरेको दुई गाडी सामान प्रहरीद्वारा बरामद

  • कार्तिक २३, २०७७
  • सन्तोष रुचाल
alt

धनकुटा÷गाडीमा राखेर धनकुटातर्फ ल्याउँदै गरेको दुई गाडी अबैध सामान प्रहरीले बरामद गरेको छ ।
राजश्व छलेर विराटनगरबाट मारुती भ्यानमा धनकुटा ल्याउँदै गरिएको सुर्तीजन्य पदार्थ र धरानबाट बिलबिजक बिना पिकअपमा राखेर ल्याईदै गरेको बिस्कुट प्रहरीले बरामद गरेको हो ।

धनकुटाको जिरोप्वाइन्टमा चेकजाँच गर्ने क्रममा बा. ३३ च ४२९६ नम्बरको मारुती भ्यानमा राखेर ल्याईदै गरेको अवस्थामा बिभिन्न नामका तयारी खैनीका प्याकेट र गुट्का फेला परेको हो ।

धनकुटा बजारसहित हिले, बसन्तपुर लगायतका स्थानमा बिक्रीका लागि ल्याउँदै गरेको करिब २ लाख ५० हजार मुल्य बराबरको सुर्तिजन्य पदार्थसहित भ्यान चालक बिराटनगर–४ जामुनगाछीका ३० वर्षीय सतिशकुमार शर्मालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोबिन्द अधिकारीले बताए ।

प्रहरीले बरामद गरेको सुर्तीजन्य पदार्थसहित भ्यान र चालकलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय विराटनगर पठाएको प्रहरीले बताएको छ । त्यस्तै जिरोप्वाइन्टमा चेकजाँच गर्ने क्रममा को. १ च ५६३९ नम्बरको बुलेरो पिकअपमा राखेर ल्याईएको बिलबिजक बिनाको एक गाडी बिस्कुट पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

धरानबाट हिले, सिधवा बजार लगायतका स्थानमा विक्रीका लागि लैजादै गरेको बिलबिजक विनाको अवैध विस्कुट सहित आवश्यक कारवाहीको लागि करदाता सेवा कार्यालय धनकुटालाई जिम्मा लगाईएको एसपी अधिकारीले बताए ।

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

मे दिवसका लागि टि शर ...

काठमाण्डौं / १९ गते मनाउन लागिरहेको १३५ औं अन्तराष ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved