अबैध रुपमा धनुकटातर्फ लादैगरेको दुई गाडी सामान प्रहरीद्वारा बरामद

  • कार्तिक २३, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा÷गाडीमा राखेर धनकुटातर्फ ल्याउँदै गरेको दुई गाडी अबैध सामान प्रहरीले बरामद गरेको छ ।
राजश्व छलेर विराटनगरबाट मारुती भ्यानमा धनकुटा ल्याउँदै गरिएको सुर्तीजन्य पदार्थ र धरानबाट बिलबिजक बिना पिकअपमा राखेर ल्याईदै गरेको बिस्कुट प्रहरीले बरामद गरेको हो ।

धनकुटाको जिरोप्वाइन्टमा चेकजाँच गर्ने क्रममा बा. ३३ च ४२९६ नम्बरको मारुती भ्यानमा राखेर ल्याईदै गरेको अवस्थामा बिभिन्न नामका तयारी खैनीका प्याकेट र गुट्का फेला परेको हो ।

धनकुटा बजारसहित हिले, बसन्तपुर लगायतका स्थानमा बिक्रीका लागि ल्याउँदै गरेको करिब २ लाख ५० हजार मुल्य बराबरको सुर्तिजन्य पदार्थसहित भ्यान चालक बिराटनगर–४ जामुनगाछीका ३० वर्षीय सतिशकुमार शर्मालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोबिन्द अधिकारीले बताए ।

प्रहरीले बरामद गरेको सुर्तीजन्य पदार्थसहित भ्यान र चालकलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय विराटनगर पठाएको प्रहरीले बताएको छ । त्यस्तै जिरोप्वाइन्टमा चेकजाँच गर्ने क्रममा को. १ च ५६३९ नम्बरको बुलेरो पिकअपमा राखेर ल्याईएको बिलबिजक बिनाको एक गाडी बिस्कुट पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

धरानबाट हिले, सिधवा बजार लगायतका स्थानमा विक्रीका लागि लैजादै गरेको बिलबिजक विनाको अवैध विस्कुट सहित आवश्यक कारवाहीको लागि करदाता सेवा कार्यालय धनकुटालाई जिम्मा लगाईएको एसपी अधिकारीले बताए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved