धरान । दक्षिण एशियाकै उत्कृष्ठ १० मध्येको एकमा पर्ने धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान विगत दश वर्ष देखि भ्रष्टाचारमा डुबेको छ । प्रतिष्ठानको लक्ष्य अनुसारको सेवा सुविधा बिरामीहरुले पाउन सकेका छैनन् । दैनिक जसो बिरामीहरु रिफर हुने गरेका छन् । यसै बिच प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढेको छ । प्रतिष्ठानका प्रमुख पदाधिकारीहरु बिच बेमेल बढ्दै गएको अवश्थामा विश्वविद्यालयमा रुपान्तरण गर्ने प्रक्रिया हतारमा गर्न खोजेको चिकित्सकहरु बताउँछन् । लामो समय देखि प्रतिष्ठानमा देखिएको बेथिती निराकरण गर्न नसकेको अवश्थामै विश्वविद्यालयको प्रक्रिया हतारमा भएको चिकित्सकहरुको
सुनसरी । कोरोनाको जोखिमको समयमा पनि निरन्तर फ्रन्टलाईनमा बसेर समाचार संप्रेषण गर्दै आएका संचारकर्मीहरुले कोरोना बिमा वापतको रकम पाएका छन् । संचारकर्मीहरुले कोरोनाको संक्रमणको परवाह नगरि निरन्तर संचारकर्ममा लागेका छन् । संचारकर्म गरिरहेकै अवश्थामा कोरोना संक्रमण देखिएका पत्रकारहरुलाई कोरोना बिमा वापतको रकम प्रदान गरिएको छ । कोरोना संक्रमण भई निको भएका पत्रकारहरुलाई बिमा वापत १ लाख रुपैया दरले रकम प्रदान गरिएको हो । नेपाल प्रेस युनियन सुनसरीले गत जेठमा आइ एम इ जनरल इन्स्योरेन्स लिमिटेड काठमाडौं मार्फत गरिएको कोरोना बिमा अन्तर्गत आइतवार दोश्रो चरणको रकम ६ जना पत्रकारलाई बितरण गरेको हो । बीमा कम
बिराटनगर/ १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र बिराटनगरको ५५ औं वार्षिकोत्सव बिविध कार्यक्रम सहित आन्तरीक रुपमा सम्पन्न भएको छ । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीको प्रमुख आतिथ्यतामा प्रदेश प्रहरी तालीम केन्द्र बिराटनगरको खेलमैदानमा आज बिहान आयोजित एक बिशेष कार्यक्रमका बिच ५५ औ बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षक कार्कीले व्यवासायिक प्रहरी उत्पादनको उदगमस्थल प्रहरी तालीम केन्द्रले ५५ औं वर्ष पुरा गरेको अवसरमा केन्द्रका सम्पुर्ण परिवारलाई शुभकामना दिएका छन् । कार्यक्रममा बोल्दै उनले नेपाल प्रहरी सेवामा प्रव
धरान । यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता धरान ८ स्थित बिजयपुर ट्रेडर्सले शनिबार रे जेठ आर १२५ एफआई स्कुटरको मायलेज च्यालेञ्ज कार्यक्रम सम्पन्न गरेको छ । ट्रेर्डसले शोरुम बाट शुरु गरेको च्यालेञ्ज कार्यक्रम लक्ष्मी चोक, पुरानो बजार, भानुचौक हुदै तरहरा पुगी पुनः शोरुममा आएर सम्पन्न भएको थियो । ट्रेर्डसका सञ्चालक प्रभाव खतिवडाका अनुसार सडकमा बढ्दो दुर्घटनालाई न्युनिकरण गर्न सवारी चलाउने तरिका र कम्पनी अनुसारको सुविधाको बारेमा जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरिएको हो । च्यालेञ्जमा सहभागीहरुलाई ७८ किमी प्रति घण्टाको दरले उत्कृष्ट भएकाहरुलाई पुरस्कृत समेत गरिएको थियो । २ लाख ४४ हजार ९ स
इलाम/ प्रदेश नं. १ का मूख्यमन्त्री शेरधन राईले हत्या, हिंसा, आतंकले विकास अघि नबढ्ने बताएका छन । इलामको माङसेबुङ गाउँपालिकाको माङमालुङमा महाप्रभु ज्योतिनन्द माङपाहाङ राईगुरुको शालिकको अनावरण कार्यक्रमको संवोधन गर्दे राईले हत्या हिंसा, आतंकले देश विकास नहुने बताएका हुन । विश्वका कुनै पनि देशमा यूद्घको कुरा छैन, हिँसाको कुरा छैन, जुनसुकै मुलुकमा रहेका सबै नागरीकहरु शान्ति, एकता सहिश्रुणता, सदभाव र संमानको पक्षमा हिनिराखेको भन्दै राईले आव हत्या, हिंसा आतंक बाट हैन समृद्घिको बाटोबाट अघि बढ्नु पर्ने बताए । उनले भने ‘शक्ति राष्ट्रहरु विज्ञान र प्रविधिको माध्यमबाट आफूलाई बलियो र संक्तिशाल
इलाम / गुणस्तरीय चिया उत्पादनको लागि १२ जिल्लामा दक्ष जनशक्ति उत्पादन गर्न तीनकरोड रुपैयाँको सिप विकास तालिम सञ्चालन हुनेभएको छ । चिया उत्पादन हुने इलाम, झापा, पाँचथर, ताप्लेजुङ्ग, मोरङ्ग, धनकुटा, तेह्रथुम, उदयपुर, भोजपुर, संखुवासभा, रामेछाप, ललितपुरमा दक्ष जनशक्ति उत्पादन गरीसीप सिकाउने केन्द्रिय चिया सहकारी संघका महासचिव रविन राईले बताए । सिप विकास तालिममा इलाममा पाँच स्थान, पाँचथर दुई÷दुई स्थान र झापा, धनकुटा, तेह्रथुम, ललितपुर, संखुवासभामा एक÷एक वटा तालिम हुने बताईएको छ । तालिममा नयाँ चियाखेती विस्तार हुदै गरेको क्षेत्रका चिया किसान, सहकारी सदस्य, चिया कामदार, चिया
धरान । वाइवाइ नेपाल स्टारको टप टेनमा पुग्न सफल भएका धरानका सन्देश बम्जन लामालाई भोटिङका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । गायक लामा सुनसरी कै एक मात्र प्रतिष्पर्धी हुन् । धरानका विभिन्न संघसंस्था, पेशाकर्मी, उद्योगी, व्यवसायी, खेलकर्मी तथा संगीतप्रेमीहरुवाट लामालाई वाइवाइ नेपाल स्टारमा प्रथम बनाउन आर्थिक सहयोगका लागि अभियान नै संचालन गरिएको छ । यसै वीच नेपाल तामाङ घेदुङले लामालाई पहिलो चरणमा १२ हजार ९ सय रुपैया एक कार्यक्रमका वीच सहयोग प्रदान गरेको छ । यस अघि धरान २ स्थित निकेतन उच्च माध्यमिक विद्यालयमा गरिएको एक कार्यक्रममा ४५ हजार रुपैया भोटिङका लागि आर्थिक संकलन भएको थियो । घे
धरान / ‘सातौं मानवअधिकार पत्रकारिता वर्ष पुरस्कार २०७७’ बाट ताप्लेजुङका पत्रकार आनन्द गौतम पुरस्कृत भएका छन् । मानव अधिकार मञ्च नेपाल इलामले हरेक वर्ष विश्व मानव अधिकार दिवसको अवसरमा प्रदान गर्दै आएको पुरस्कार यस वर्ष गौतमलाई प्रदान गरिएको हो । गौत्तमलाई नगद १० हजार रुपैयाँ सहित सम्मानपत्र प्रदान गरिएको छ ।
धरान । प्रदेश सरकारले तयार गरेको डिपिआर अनुसार लागत स्टीमेट ठुलो बजेटको भए पछि धरानको स्मार्ट बसपार्कको डिपिआर संशोधन गरिएको छ । प्रदेश सरकारको ससर्त अनुदानबाट निर्माण गरिने भनिएको धरान ८ स्थित तिनकुने सुन्दर बस्ती विकाश आयोजना अन्र्तगतको स्मार्ट बसपार्कका लागि डिपिआर अनुसार निर्माण हुने बसपार्कका लागि धरान उपमहानगरपालिकाले बजेट धान्न नसक्ने भए पछि संशोधन गरिएको हो । प्रदेश सरकारले परामर्शदाता मार्फत तयार गरेको डिपिआरको लागत स्टिमेट करिब ४३ करोडको थियो । परामर्शदाताको डिपिआरमा थुप्रै कुरा छुटेकोले उपमहानगरको प्राविधिकले रिचेक गर्दा लागत झण्डै ६४ करोड पुगेको थियो । उपमहानगरसँग सिमित स्रोत मात
इटहरी । कोरोना संक्रमणका कारण सिल गरिएका भारतीय नाकाहरू पछिल्लो समय केहि खुकुलो हुन थाले पछि सुनसरीको बजारहरूमा प्रतिबन्धीत अवैध लागुऔषध भित्रिन थालेका छन । सुनसरीसंग जोडिएका खुल्ला सिमाना र बिराटनगरको जोग्वनीबाट प्रतिवन्धीत लागु औषधहरू मोरङ हुदै सुनसरीका बजार भित्रिन थालेका हुन । सरकारले गत साउन ६ गते आंशिक लकडाउन अन्त्य भएको घोषणा पछि भदौ दोश्रो साताबाट भारतीय नाकाहरू खुकुलो बनाइएको थियो । नाकाहरू खोलीए संगै सुनसरीको बजारहरूमा अवैध लागुऔषधको कारोबार बढ्दै गएको तथ्यांकले देखाएको छ । गएको १ महिना यता सुनसरीको बिभिन्न स्थानहरूबाट २४ जना लागुऔषध कारोबारी समातिएका छन । जिल्ला प्रहरी कार्यालय सु