सफाइ दिने न्यायधिस बिरूद्ध उजुरी

  • मंसिर २९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । सिद्धबाबाको नामले प्रख्यात कृष्ण बहादुर गिरीलाइ बलात्कार मुद्धामा सफाइ दिने जिल्ला अदालत सुनसरीको न्यायधीस अर्जुन कोइराला बिवादित संगै छानबिनको घेरामा तानीएका छन । न्यायधीस कोइराला बिरूद्ध शुक्रबार पिडित महिलाले न्याय परिषदमा उजुरी दायर गरेकी छिन ।

एकलौटी बहस गरेर पिडित पक्षलाइ थप पिडा दिएको भन्दै शिद्धबाबालाइ सफाइ दिने न्यायधीस कोइराला बिरूद्ध कार्वाहिको माग सहित परिषदमा उजुरी दिएकी हुन । पिडित महिलाले दिएको उजुरी शुक्रबार नै दर्ता भइसकेको न्याय परिषदको कार्यालयले जनाएको छ । सिद्धबाबालाइ अदालतबाटै सफाइ मिलेपछि आफु अन्यायमा परेको बताउदै गत साता नै काठमाण्डौस्थित सर्वाेच्च अदालत पुगेकि पिडित महिलाले प्रधानन्याधीस संग पनि भेटेकी थिईन ।

पिडित महिलाले उजुरी दिए लगत्तै सुनसरी अदालतका न्यायधीश कोइराला छानबिनमा परेका छन । उनले गरेको फैसलाको सक्कली कागजात न्याय परिषदको कार्यालयले झिकाएको छ । न्यायधीस कोइरालाले गरेको फैसला सहि या गलत हो मगाइएको कागजात हेरे पछि मात्र थाहा हुने न्याय परिषदको कार्यालयले जनाएको छ ।

बलात्कार मुद्धामा अदालतबाट सफाइ पाएपछि गिरिको चौतर्फि आलोचना भइरहेको छ भने अदालतका न्यायधीस अर्जुन कोइरालालाइ पैसा लिएर न्याय किनबेच गरेको आरोप लागेको छ ।

कहाँ छन सिद्धबाबा ?

महिला अनुयायी बलात्कार मुद्धामा जिल्ला अदालत सुनसरीबाट सफाइ पाएका सिद्धबाबा उर्फ कृष्ण बहादुर गिरी अहिले चतराधामको आश्रममा बसेका छन् । अदालतले सफाइ दिएको भोलि पल्टै उनलाइ त्यहाका अनुयायी तथा समर्थकहरूले फुलमाला लगाएर आश्रम भित्र्याइएका थिए । आश्रममा बसे पनि तत्काल कसै सँग पनि भेटघाट गरेका छैनन् ।

नियमित कार्य योग साधना र पुजा पाठमा ब्यस्त रहेको कारण अन्य भेटघाट कार्यक्रमहरू तत्काललाइ बन्द गरिएको आश्रम श्रोतले बताएको छ । अनुयायी महिला बलात्कार अभियोगमा २०७६ मंसिर १६ गते बिराटनगरको उक अस्पतालबाट पक्राउ परेका कृष्णदाश बिरूद्ध २०७६ पुस १० गते जिल्ला अदालत सुनसरीमा बलात्कार सम्बन्धी मुद्धा दर्ता भएको थियो ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved