आज थप २५५ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप २५५ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको जानकारी दिए । कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप २५३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या ७७५२ जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।
विराटनगर । अहिले रोपाइँका बेला किसानले मलखाध र सिंचाईंको समस्या झेल्नु परेकोले त्यसको उचित प्रबन्ध गर्न प्रदेश सरकारको ध्यानाकर्षण गरिएको छ । प्रदेश १ को प्रदेशसभाको आजको बैठकमा बोल्ने सांसदले किसानलाई राहत पुग्ने गरीका कार्यक्रम संचालन गर्न सांसदले माग गरेका हुन । नेपाली कांग्रेसकी सांसद कल्पना कुमारी सरदारले कृषि प्रधान देश भएपनि अहिले रोपाईंको बेला किसानले मलजल नपाउँदा कठिन भएको बताउँदै भनिन्,“सरकारले मल र सिंचाईंको व्यवस्था गर्नुपर्छ । सहकारीबाट ऋण लिनुपर्ने अवस्थाले किसानलाई समस्या छ ।” नेपाल कृषिप्रधान मुलुक भनिएपनि उनीहरुलाई सरकारले सहयोग नगर्दा संकट उत्पन्न हुने गरेको सरदा
चतरा । कोरोनाको जोखिमका कारण वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई राख्दै आएको सुनसरीको बराहक्षेत्रमा रहेको रामानन्दाचार्य सेवा पिठ होल्डिङ केन्द्रमा मंगलबार सम्ममा १ हजार १ सय ५० जना बसिसकेका छन् । बराहक्षेत्रको वडा नम्बर १ मा रहेको होल्डिङ केन्द्रमा नेपाली सेनाले सुरक्षा दिएको छ । विदेसवाट फर्किएका हरुलाई होल्डिङ केन्द्रमा राखी उनीहरुलाई आ–आफ्नो नगरमा पठाइने गरिएको छ । नगरले व्यवस्थापन गरेको क्वारेन्टाईनमा राखि स्वाब परिक्षण पश्चात मात्रै घर जान दिइने व्यवस्था गरिएको छ । होल्डीङ केन्द्रमा राखिएकाहरुलाई प्रदेश सरकारको तर्फबाट नेपाली सेनाले नै व्यवस्था गरिदिने गरेको छ । उनीहरुलाई खाना, वस्
धरान । केन्द्रिय प्रविधि क्याम्पस हात्तिसारले पहिलो पटक गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्तिका लागि निवेदन आव्हान गरेको छ । क्याम्पसले असार २२ गते सुचना जारी गर्दै साउन ९ गते सम्म अनलाइन आवेदनका लागि आव्हान गरेको छ । स्नातक तथा स्नातकोत्तर तह अन्र्तगत कार्यक्रमको प्रत्येक वर्षमा अध्ययनरत १ जना जम्मा १८ जना विद्यार्थीहरुलाई १० हजारका दरले छात्रवृत्ति प्रदान गरिने जनाएको छ । विद्यार्थीहरुले आवश्यक कागजपत्र सहित अनलाईन आवेदन दिन सक्ने जनाएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको पहलमा छात्रवृत्ति वितरण गरिएको हो । युनियनले अघिल्लो वर्ष देखिनै गरिब तथा जेहेन्दार विद्यार्थीह
धनकुटा/ सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत धनकुटाको साँगुरीगढी गाउँपालिकामा आवास निर्माणको लागि आवश्यक सामग्री वितरण गर्न शुरु गरिएको छ । संघीय सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत साँगुरीगढी गाउँपालिकाको दुई वटा वडामा जस्तापाता लगायतका सामग्रीहरु वितरण गर्न शुरु गरिएको हो । संघीय सांसद राजेन्द्र राईको पहलमा सो गाउँपालिकाको वडा नं. ७ र ८ का विपन्न ५० घरधुरीलाई सुरक्षित आवास निर्माणको लागि आवश्यक सामग्रीहरु खरिद गरेर वितरण गर्न शुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष विन्द्रा राईले बताईन् । गाउँपालिकाको फुसको छाना रहित अभियानसँग जोडेर सुरक्षित नागरिक आवास कार्यक्रमलाई अगाडी बढाएको गाउ
इटहरी । सुनसरीको इटहरीस्थित साना सहरी खानेपानी आयोजना संस्था देशकै नमुना संस्थाको रूपमा चिनिएको छ ।कोरोना भाइरसको कारण सिंगो मुलुक लकडाउन भइरकेको अवस्थामा खानेपानी आयोजनाले भने उपभोक्ताहरूलाइ २४ सै घण्टा पानी प्रदान गरेर सेवा दिएको थीयो । लकडाउनकै अवधीलाइ मध्यनजर गर्दै खानेपानीले चैत्र महिनाको अतिरिक्त शुल्क सबै मिनाहा गरेको थीयो । १८ हजार भन्दा बढी नगरवासीहरूलाइ शुद्ध र गुणस्तरीय खानेपानी बितरण गर्दै आएको यस आयोजनाले असार मसान्त सम्ममा ५० लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा लकडाउनको कारण सो परिमाणको राजस्व संकलन हुन नसकेको जनाएको छ । उपभोक्ताहरूको समस्यालाइ मध्यनजर गर्दै खानेपानीको
विराटनगर । विराटनगरमा मोटरसाइकलमा लुकाई ल्याउँदै गरेको अवस्थामा लागूऔषधसहित एक पुरुष पक्राउ परेका छन् । विराटनगर महानगरपालिका वडा नम्बर १६ दरैया नजिकै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिईएको प्रहरी टोलीले प्र.१–०२–०४० प ५०२७ नम्बरको मोटरसाइकलबाट लागूऔषध बरामद गरेको हो । चेकजाँच गर्दा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नम्बर ३ बस्ने वर्ष ३५ को राजु श्रेष्ठले तारको झोलामा लुकाई छिपाई ल्याएको लागूऔषधसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट डाइलेक्स डि.सी. १० बोतल, एसपी ७२ चक्की र नाईट्रोभेट १५ चक्की बरामद भएको छ । बन्दाबन्दीको बेला भारतीय क्षेत्रबाट उनले कसरी लागू
काठमाडौँ / नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा क्षेत्रीलाई आज मंगलबार एआईजी थापालाई प्रहरी महानिरीक्षक ९आइजीपी० मा सोमबार बसेको बैठकले थापालाई बढुवा गरेको हो ।बढुवासँगै थापा नेपाल प्रहरीको २८ औं महानिरीक्षक बनेका छन् । आईजीपीको प्रतिष्पर्धामा अर्का प्रतिष्प्रधि एआइजी हरी पाल पनि थिए । पाल र थापा दुवै जना २०४९ सालमा प्रहरी निरीक्षक ९इन्स्पेक्टर० बाट प्रवेश गरेका हुन् । अब उनले २०७९ साल वैशाख १९ गतेसम्म संगठनको नेतृत्व सम्हाल्ने छन्।थापाले महानगरीय प्रहरी कार्यालय रानीपोखरी, झापा,कास्की र प्रहरी प्रवक्ता लगायतका महत्वपुर्ण कमान्ड सम्हालेका थिए । थापा काठमाडौँको भक्तपुरमा जन्मिएका हुन ।
विराटनगर । प्रदेश प्रहरीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश १ को संसदमा प्रस्तुत गरिएको छ । संविधानमा प्रदेश सरकारको एकल अधिकार सूचीमा प्रदेश प्रहरीको व्यवस्था छ । सदनमा विधेयक प्रस्तुत गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले कतिपय व्यवस्थालाई समेत ‘संघले व्यवस्था गरेअनुरुप हुनेछ’ भन्ने जस्ता विषयले कानुन ल्याउन ढिलो भएको बताएका छन् । प्रदेश प्रहरी प्रमुख संघीय सरकारले नै खटाउने, हातहतियार, वरिष्ठ प्रहरी उपरीक्षक, प्रहरी उपरीक्षक सरुवा बढुवा संघले नै हेर्ने व्यवस्था भएकोले त्यसबाहेकका व्यवस्था भने प्रस्तावित विधेयकले गर्ने मन्त्री कार्कीले सदन समक्ष जानका
धरानर धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ११ जना डिस्चार्ज भएका छन् । उनीहरु ७ वर्ष देखि ५४ वर्ष सम्मका झापा ७ जना र सुनसरीका ४ जना आज डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । महिला ७ जना र पुरुष ४ जना डिस्चार्ज भएका छन् । उनका अनुसार उनिहरु जेठ ३१ गते प्रतिष्ठानको आइसोलेशन वार्डमा उपचाररत थिए । प्रतिष्ठानमा हाल ४२पुराना र ५ जना नयाँ उपचाररत छन् भने २११ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । विगत २४ घण्टामा ५ जना भर्ति भएका छन् । हाल सम्म प्रतिष्ठानमा १०,५६७ पिसि आर परिक्षण गरिएको छ ।