सक्रियता बढाउदै पूर्व राजा ज्ञानेन्द्र

  • पुस १२, २०७७
  • "तेजबहादुर बन"
alt

सुनसरी । राष्ट्रिय राजनीतिमा बिवाद उत्पन्न भइ जनतामाझ निरास छाइरहदा पूर्व राजा ज्ञानेन्द्रले आफ्नो सक्रियता बढाएका छन । उनी यहि मौकालाइ सदुपयोग गर्दै आइतबार पूर्व भ्रमणमा निस्कने भएका छन ।

राजनीतिक बिवादमा नेताहरू चुर्लुम्म भएको बेला पूर्व राजा ज्ञानेन्द्र प्रदेश एकको भ्रमणमा निस्कीनुले स्थानीय स्तर देखि केन्द्र सम्ममै निकै हलचल मच्चिएको छ । यस अघि पनि बेला वेला भ्रमणमा निस्किरहने पूर्व राजा ज्ञानेन्द्र यो पटक भने अलि बिशेष हुने अनुमान लगाइएको छ ।

जनताले चाहे राजसंस्था फर्कन सक्ने सार्वजनिक अभिब्यक्ति दिएका ज्ञानेन्द्रले यस अघि पनि देशको बर्तमान अवस्थाबारे दुख ब्यक्त गरेका थिए ।

आइतबारको पूर्व भ्रमणमा राष्ट्रिय राजनीतिबारे कुनै चासो नराख्ने बताएपनि यो भ्रमणले नेपालमा हिन्दु राष्ट्र कायम देखि राजसंस्था स्थापना गराउने सम्मको योजना रहेको राजा निकटहरुको भनाई छ । पूर्व राजाका प्रेस सचिव फणिराज पाठकले भने, ‘भ्रमणमा खास त्यस्तो केहि नरहने सधै जसो ब्यक्तिगत नातागोता भेटघाट मात्रै रहनेछ, ।’

तर ज्ञानेन्द्रको पूर्व भ्रमणलाइ राजावादीहरूले फलदायीको रूपमा हेरेका छन भने राजनीतिक दलहरूले गम्भिर रूपमा चासो ब्यक्त गरेका छन ।
हिन्दु धर्मावलम्बिका गुरूजनहरूले पूर्व राजालाइ भेट गरेर हिन्दु राष्ट्र सँगै देशमा राजसंस्था जगाउन पहल थाल्ने बताइएको छ भने राजावादीहरूले बिभिन्न नारावाजी सहित स्कर्टिङ गर्दै दमक ल्याउने भएका छन् ।

झापाको चन्द्रगढी विमानस्थलबाट सिधै दमक जाने भएको छ । भ्रमणमा पूर्वराजा ज्ञानेन्द्र साह सहित पूर्व रानी कोमल शाह र बुहारी हिमानी शाह पनि रहने भएका छन । स्कटिङमा झापाको दमकस्थित हिमालयन रिसोर्ट निवास सम्म पु¥याइने भएको छ । झापा बसाइको क्रममा पूर्व राजा ज्ञानेन्द्रले पछिल्लो राजनीतिक अवस्था बुझ्ने देखि राजावादीहरूसंग भेटघाटलाइ तिब्रता दिने श्रोतको भनाइ छ ।

धरानमा एसईई आइडल सिज ...

सुनसरी/धरानमा एसईई आइडल सिजन–५ को ग्रान्ड फिनाले ...

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

वराहक्षेत्रमा एकीकृत ...

चक्रघट्टि/ वराहक्षेत्र नगरपालिकामा आधारभूत तह (कक् ...

धरानमा प्रधानमन्त्री ...

धरान/ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत धरान उप ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved