विराटनगर । प्रदेश १ मा कोरोना रोग ठिक हुने दर उच्च देखिएको छ । प्रदेश १ मा संक्रमण देखिएकामध्ये ९० प्रतिशत हाराहारीले स्वास्थ्य लाभ गरी घर फर्किएका छन् ।प्रदेशमा भारत र तेस्रो देशबाट आएकाहरुमा नै अधिक मात्रामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमितको संख्या थपिने क्रममा समेत कमी आएको र रोग ठिक भई अस्पतालबाट डिस्चार्ज हुने दरसमेत बढेको मन्त्रालयको तथ्यांकले देखाएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले संक्रमणलाई समुदायमा फैलनबाट रोक्न सरकार सफल भएको बताएका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ४१ पुगेको छ । जबकी अस्पतालमा उपचारपछि ठिक भई घर फर्कनेको
विराटनगर/ प्रदेश १ सरकारले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता ८८ जना खेलाडीलाई आज सम्मानित गरेको छ । एकल तर्फ स्वर्ण पदक विजेता ६ जना, एकल तर्फ रजत पदक विजेता ४ जना र एकल तर्फ कास्य पदक विजेता १० जना खेलाडी, टीम तर्फ स्वर्ण पदक विजेता १५ जना, टीम तर्फ रजत पदक विजेता २२ जना र टीम तर्फ कास्य पदक विजेता ४१ ज्ना गरि ८८ खेलाडीलाई मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले सम्मानित गर्नुभयोे । खेलाडीलाई सम्मान गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले प्रदेश स
विराटनगर/ प्रदेश १ मा आज ५ जना कोरोना संक्रमित थपिएका छन् । ३ पुरुष र २ महिलामा संक्रमण देखिएको छ । आज संक्रमण देखिएकामा इलामका २, धनकुटा, मोरङ र ताप्लेजुङका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार इलाको सुर्योदय नगरपालिका २ महिला, धनकुटाको महालक्ष्मी, मोरङको सुनबर्षी र ताप्लेजुङको मेरिङ्देनका १–१ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ४१ पुगेको मन्त्रालयले जनाएको छ ।
आज थप ११६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ । बुधबार थप १को मृत्यु भएको छ मृत्यु हुनेमा रौतहटका पर्रोहा नगरपालिका वडा नं ७ का ३६ वर्षीय पुरुषको मृत्यु भएको छ । यो सँगै मृतकको संख्या ३९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६९७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या ११ हजार २५ जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धरान । बैदेशिक रोजगारी बाट फर्किएर धरानका विभिन्न क्वारेन्टाइन मा बसेका ७० जनाको रिपोर्ट नेगेटिभ आए पछि सबै जना घर फर्किएका छन । एक स्वास्थ्यकर्मी र २ जना सुरक्षकर्मी सहित धरानमा एन्फा एकेडेमी, होम र होटल क्वारेन्टाइनमा रहेका ७० जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । दुई दिनअघि एन्फा क्वारेन्टाइनमा उनिहरुको स्वाब संकलन गरिएको थियो । उनीहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । रिपोर्ट नेगेटिभ आएका ७० जना मध्ये ४० जना एन्फा क्वारेन्टाइनमा थिए भने १५ जना होटल र १२ जना होम
धरान । धरान उपमहानगरपालिकाको सातौं नगरसभाको बुधबार (आज) ११ बजे बस्ने भनेको बैठक १ बज्दा सम्म हुन सकेको छैन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटोरियम हलमा हुने नगरसभामा मेयर, उपमेयर सहित केही कार्यपालिका सदस्यहरु छलफलमा व्यस्त हुँदा तोकिएको समयमै बैठक शुरु हुन नसकेको हो । नगरसभामा खेलकुद समितिको बजेट र खानेपानी संस्थान तथा आयोजना मर्ज गर्न जिम्मा लिने बिषयमा आवश्यक सहमति जुटाउन मेयर सहित उपमेयर र केही कार्यसमिती सदस्यहरु छलफलमा रहेकाले सभामा ढिलाई भएको एक वडाअध्यक्षले बताए । असार १० गते उदघाटन भएको नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा साउन १ गतेदेखि खानेपानी संस्थान र खानेपान
सुनसरी । नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका पूर्वी कमाण्ड सैन्य इन्चार्ज नन्दबहादुर बोहोरालाई प्रहरीले पक्राउ गरेको छ । इन्चार्ज बोहोरालाई मोरङको उर्लाबारीबाट बुधबार पक्राउ गरेको हो । कालिकोट फेनेली घर भएका बोहोरा उर्लावारी नगरपालिका ३ मंगलबारेमा लुकीछिपी बस्दै आएका थिए । उनलाई प्रदेश १ प्रहरीको अनुसन्धान टोली र मोरङ प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो । बोहोराको साथबाट पेस्तोल, गोलीका साथै पूर्व लडाकु लेखिएको एक थान छाप, टेलिकमको ७ वटा सिमकार्ड, एनसेलका २ वटा सीमकार्ड, १ थान मोबाइल लगायतका सामाग्री बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका बोहरालाई आवश्यक अनुसन्धान र कारबाहीका लाग
धरान/ धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप १५ जना आज मंगलबार डिस्चार्ज भएका छन् । उनीहरु ९ वर्षको बालक देखि ५० बर्ष सम्मका व्यक्तिहरु झापाका १२जना ,सुनसरीका १,दित्तेल१ जना,महोत्तरीको १ जना गरी जम्मा १५ जना आज प्रतिष्ठानबाट डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । महिला ६ जना र पुरुष ९ जना डिस्चार्ज भएका छन् । उनका अनुसार उनिहरु असार १७ देखि २३ गते प्रतिष्ठानको आइसोलेशन वार्डमा उपचाररत थिए । प्रतिष्ठानमा हाल जम्मा १३ जना उपचाररत छन् भने २५४ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । हाल सम्म प्रतिष्ठानमा ११,६६६ पिसि आर परिक्षण गरि
धनकुटा / सरकारले धनकुटालाई कोरोना मुक्त जिल्ला घोषणा गरेको केही दिनमै धनकुटामा ३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । धनकुटाको छथर जोरपाटी गाउँपालिकाका २ जना र सहिदभूमि गाउँपालिकामा १ जना गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएकामा छथर जोरपाटीका ३८ र ३९ वर्षका पुरुष र सहिदभूमिका ८ वर्षका पुरुष रहेको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले बताए । संक्रमितहरु छथर जोरपाटीका बहराइन र साउदीबाट आएका हुन् भने सहिदभूमिका कतारबाट १४ दिन अगाडि आएका हुन् । उनीहरु सम्बन्धित गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बस्दै आएका थिए । विदेशबाट आएर सहिदभूमिको क्वा
आज थप ११६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ११६ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । संक्रमित मध्ये मृतकको संख्या ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १० हजार ३२८ जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।