झुटो विवरण पेश गरेकी महिलालाई धरानबाट नागरिकता दिन सिफारीस गर्ने धरान ९ का वडा अध्यक्षविरुद्ध पक्राउ पुर्जी

  • पुस २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । स्याङ्जाको वालिङ ३ स्थायी घर भएकी मञ्जु क्षेत्रीले गत २०७५ माघ ८ गते झुटो विवरण पेश गरि धरानबाट नागरिकता लिएको खुलेको छ ।

उनले धरान ९ की बासिन्दा बनि झुटि विवरण पेश गरि धरानबाट नागरकिता लिएको खुलेको हो ।

क्षेत्रीलाई नागरिकता दिन सिफारीस गर्ने वडा नम्बर ९का अध्यक्ष रत्न कटवाल विरुद्ध पक्राउ पुर्जि जारी भएको छ भने झुटो विवरण पेश गरि नागरिकता लिने महिला यस अघिनै पक्राउ परिसकेकी छिन् ।

ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका वडा अध्यक्ष कटवालविरुद्ध जिल्ला अदालत सुनसरीबाट हिजो पक्राउ पुर्जी जारी भएको हो । पक्राउ पुर्जी जारी भएका वडाअध्यक्ष कटवाल भने फरार छन् ।

उनलाई अर्घाखाँचीका गोपाल सेजुवालले बुबा बनेर नागरिकता दिलाएका थिए । उनलाई नागरिकता दिलाउन बुबा बनेर सहयोग गर्ने सेजुवाल हाल जापानमा रहेको खुलेको छ ।

डिएसपी बस्नेतका अनुसार जापानमा रहेका सेजुवालसँग फेसबुकमा चिनजान भएको र छोरी बनेर जापान जाने भनेर धरानबाट नागरिकता निकालेको हालसम्मको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

स्याङ्जा प्रहरीमै दर्ता भएको मुद्धामा अनुसन्धानको क्रममा नागरिकता धरानबाट झिकेको खुलेपछि स्याङ्जा प्रहरीले पक्राउ परेकी महिलासहित मुद्दा धरान पठाइदिएको हो । धरान प्रहरीले पनि अनुसन्धानको क्रममा ती महिलालाई झुटो विवरण पेश गरेर नागरिकता दिलाएको खुलेको जनाएको छ ।

 

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

नास्ट कलेज धरानद्वार ...

धरान/ नास्ट कलेज, धरानले कक्षा ११ मा भर्ना भएका नव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved