समाचार

    Showing 7,931-7,940 of 8,710 items.
  • स्थानीयको लापरवाहीले कोरोनाको जोखिम बढ्दै

    इटहरी /  गत साउन ६ गते देखि सरकारले लकडाउनको अन्त्य भएको घोषणा गरे पछि स्थानीयको लापरवाहीले कोरोनाको संक्रमणको जोखिम थप बढाएको छ । करिब १ सय २० दिन लामो लकडाउनका कारण बन्द रहेको व्यापार व्यवसाय खुल्ला भए पछि स्थानीयहरु असुरक्षित तवरले बजारमा चहलपहल गर्न थालेका छन् । प्रदेश एकको मुख्य जिल्लाहरूमा स्थानीयहरूको चरम लापरवाहि सुरू भएको छ जसको कारण कोरोना भाइरस संक्रमणको जोखिम बढाएको छ । चार महिना देखि बन्द भएका व्यापारीक भवनहरू खुल्न थालेका छन भने साना र ठुला सवारीसाधनहरू पनि राजमार्गहरूमा गुडन थालेका छन । राजमार्गमा देखिएका सवारी साधनका चालक तथा मजदुरहरूले मास्कको प्रयोग नगरी सवारी चला

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 979 पटक पढिएको
    • "तेजबहादुर बन "
  • हराएको मोबाइल सेट फेला पारी मोबाइल धनीलाई जिम्मा

    धनकुटा / जिल्ला प्रहरी कार्यालय धनकुटाले विभिन्न मितिमा हराएको महँगा मुल्यका १६ थान मोबाइल सेट फेला पारी मोबाइल धनीलाई जिम्मा लगाएको छ । २०७४ सालदेखि २०७७ सालको असार १० गतेसम्म विभिन्न मितिमा हराएको जिल्लावासीको मोबाइल फेला पारी सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गरिएको हो । पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार २०७४ माघ २२ गते आफ्नै घरबाट हराएको धनकुटा नगरपालिका–९ मुलघाटकी निरुता गिरीको जी ६०० सामसुङ्ग गोल्ड मोबाइल २०७७ असार २५ गते फेला परेको थियो । गिरीलाई जिल्ला प्रहरी कार्यालयमा आयोजना गरिएकोे पत्रकार सम्मेलनमा बोलाएर एसपी गोविन्द अधिकारीले मोबाइल हस्तान्तरण गरेका छन् । त्यस्

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 970 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • प्रदेश १ मा ३३ संक्रमित थपिए

    विराटनगर /  प्रदेश १ मा आज ३३ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २५, सुनसरीमा ६, मोरंग र धनकुटामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको काकडभिट्टामा १७ पुरुष, १ महिला, पुरुबा¥हदशी र झापा गाउँपालिकामा ३–३ पुरुष र विर्तामोडमा १ पुरुष, सुनसरीको रामधुनीमा ३ , इटहरीमा २ र धरानमा १ जना पुरुष, मोरंगको विराटनगरमा १ पुरुष र धनकुटाको महालक्ष्मीमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताउनुभयो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ सय ८१ पुगेको छ । प्रदेश १ मा आज १२ जना डिस्चार्ज भएका छन् । पूर्वाञ

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 849 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ सरकारलाई स्वीस सरकारद्धारा पीसीआर मेसिन हस्तान्तरण

    विराटनगर/  प्रदेश १ सरकारलाई स्वीस सरकारले दुईवटा अत्याधुनिक पीसीआर मेसिन हस्तान्तरण गरेको छ । प्रदेश १ का मुख्यमन्त्रस शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई करिव ९० लाख बराबरको आरटी पीसीआर मेसिन स्वीस सरकारका कार्यक्रम विशेषज्ञ अमन जोन्छेले हस्तान्तरण गर्नुभयो । पीसीआर मेसिन ग्रहण गर्दै मुख्यमन्त्री राईले दुईवटा मेसिन तत्काल जडान गर्ने बताउनुभयो । उहाँले एउटा मेची अस्पताल र एउटा प्रदेश प्रयोगशाला विराटनगरमा जडान गरिने उहाँले बताउनुभयो । पीसीआर मेसिन थपिएसँगै समुदाय स्तरमा कोरोना परीक्षण गर्न सहज हुने मुख्यमन्त्री राईले बताउनुभयो । उहाँल

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 745 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलामको माईखोलामा एक पुरुष मृत अवस्थामा फेला

    इलाम / इलाम स्थित माई खोला किनारमा एक पुरुष मृत अवस्थमा फेला परेका छन । इलाम नगर पालिका .८ स्थित नामसालिङ जाने माईखोलाको पक्की पुल नजिक खोला किनारामा एक पुरुष मृत अवस्थमा फेला परेका हुन । फेला परेको उक्त लासको हाल सम्म नाम थरवतन केही नखुलेको र टाउको तथा निधारमा निल डाम चोट लागेको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । अन्दाजि ३०–३२ वर्षको उक्त लासमा हातको दाहिने नाडिमा रातो पहेलो डोरा बाँधेको र गलामा रातो डोरीमा पहेलो जन्तर(बुटी) लगाएको अन्दाजि ५ फिट ७ ईन्च उचाई भएको, रातो बर्णको, तालुमा पातलो केश भएको लास रहेको प्रहरीको भनाई छ । घटनास्थल लाशजाँच मुचुल्का लगायतका सम्पुर्ण प्रारम्भिक

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 926 पटक पढिएको
    • "भगिरथ भण्डारी "
  • शुक्रबार थप १३३ जनामा कोरोना संक्रमण पुष्टि, १०७ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ / आज थप १३३  जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १८ हजार ३ सय ७४ जना  पुगेको छ । शुक्रबार थप १को मृत्यु भएको छ मृत्यु हुनेमा वीरगञ्ज- ११, श्रीपुर रसीघाटकी ८५ वर्षीय महिलाको शुक्रबार मृत्यु  भएको छ ।  यो सँगै मृतकको संख्या ४४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १०७  जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या१२ हजार ९ सय ४७ जना रहेका छन् । नेपालमा हालसम्म सबै

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 1,024 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सर्वोच्चको आदेशप्रति प्रदेश सांसदमा आलोचना, पूर्वडिआइजीलाई कडा कार्वाही गर्न माग

    विराटनगर /  सर्वोच्च अदालतले श्रीमती हत्यामा सजाय पाई जेलमा रहेका पूर्वडिआइजीलाई रिहा गरेको विषयमा प्रदेश १ को संसदमा गम्भीर प्रश्न उठाइएको छ । संसदको आजको बैठकमा सहभागी सांसदले श्रीमती हत्या गरेकालाई सर्वस्वसहित जन्मकैद गर्नु भन्ने तल्लो अदालतले गरेको निर्णयलाई उल्ट्याएर अपराधीलाई छुट्कारा दिलाउने सर्वोच्चको निर्णयले जनमानसमा अदालत प्रतिको विश्वसनीयतामाथि नै प्रश्न उठेको बताए । नेकपाकी सांसद अम्बिका थापाले भनिन्, “न्यायको तराजु समाएर बस्ने न्यायमूर्तिहरु दिनदहाडै मारिने महिलाको लागि न्याय खोज्न अब कहाँ जाने ।” उनले पूर्व डिआइजील रञ्जन प्रसाद कोइरालाले आफ्नी श्रीमती मारे

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 883 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ सरकारले उद्योगका प्रकृति हेरेर जनशक्ति उत्पादन गर्ने

    विराटनगर–प्रदेश १ सरकारले उद्योगका प्रकृति अनुशारको जनशक्ति उत्पादन गर्ने भएको छ । रोजगारीका नाममा दिने गरिएका तालिम, प्रशिक्षण प्रभावकारी नभएपछि प्रदेश १ सरकारले रोजगारदातासँग छलफल गर्दै उनीहरुका लागि आवस्यक जनशक्ति तयार गर्ने तयारी शुरु गरेको हो । सामाजिक विकास मन्त्रालयको रोजगारी प्रर्वद्धन, सीप विकास कार्यक्रम अन्र्तगत सुनसरी–मोरंग औद्योगिक करिडोरका ठुला उद्योगहरुसँग छलफल शुरु गरेको छ । उद्योगहरुको माग अनुसारको जनशक्ति तयार गर्नेगरि छलफल अघि बढाएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । बेरोजगारीलाई जागिर खोज्ने कामका लागि अहिले सम्म सरकारी स्तरबाट भएका तालिम खासै उपलब्धीप

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 700 पटक पढिएको
    • " नेत्र पी अधिकारी"
  • मुख्यमन्त्री ड्यासबोर्ड (सिएम ड्यासबोर्ड) सञ्चालनमा

    विराटनगर / प्रदेश नं १ मा मुख्यमन्त्री ड्यासबोर्ड (सिएम ड्यासबोर्ड) सञ्चालनमा आएको छ । आज एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईले ड्यासबोर्डको उद्घाटन गर्नुभएको छ । मुख्यमन्त्रीको टेबलमा रहने ड्यासबोर्डबाट योजना, विकास निर्माण लगायत गतिविधि प्रत्यक्ष हेर्न मिल्ने र तत्कालै समस्या समाधान गर्ने गरी ड्यासबोर्डको निर्माण गरिएको हो । ड्यासबोर्ड उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकार डिजिटल प्रदेशको अवधारणामा अगाडि बढेको बताउनुभयो । डिजिटल प्रविधिमा आधारित भएर चुस्त दुरुस्त काम गर्नका लागि ड्यासबोर्ड प्रभावकारी हुने मुख्यमन्त्री राईको विश्वास छ । ड्यासबोर्डबाट प्रदेशमा सञ्चालित योजना, कार

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 937 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मातृभाषा शिक्षाका लागि १३ लाख

    इलाम / इलामकोे माङसेबुङ गाउँपालिकाले मातृभाषा शिक्षाका लागि १३ लाख १४ हजार ६ सय ३० रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७७।०७८ का लागि गाउँपालिकाको ४ वटा सामुदायिक विद्यालयमा मातृभाषा शिक्षा पठनपाठन गराउन मातृभाषा पठन पाठन प्रोत्साहन कार्यक्रम अन्र्तरगत सो रकम विनियोजन गरेको हो । मातृभाषामा पठनपाठन गराउने सामुदायिक, धार्मिक वा वैकल्पिक विद्यालयहरुलाई मापदण्डका आधारमा कार्यक्रम अनुदान तथा मातृभाषा शिक्षक दरबन्दी अनुदानका लागि गाउँपालिकाले रकम विनियोजन गरेको हो । कार्यक्रम अन्तरगत माङसेबुङ ५ को किराँत साम्जिक मुन्धुम आधारभूत विद्यालयका लागि २ लाख ८८ हजार २ सय १० रुपैयाँ र सरस्वती माध्यमिक

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 664 पटक पढिएको
    • "भगिरथ भण्डारी"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved