अध्ययन गरेर मात्रै मुद्दा चलाउनुपर्ने धारणा व्यक्त

  • माघ २९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इलाम / महान्यायाधिवक्ता अग्नि खरेलले राम्ररी अध्ययन–अनुसन्धान गरेर मात्रै मुद्दा अघि चलाउनुपर्ने बताएका छन् । यहाँस्थित उच्च सरकारी वकिल कार्यालयकोे नवनिर्मित भवनको भर्चुअल प्रविधिबाट उद्घाटन गर्दै उनले राम्ररी अध्ययन गरेरमात्र मुद्दा चलाउनुपर्ने धारणा व्यक्त गरेका हुन् ।

अपराध गर्ने मान्छेले पनि सतर्कताका साथ अपराध गर्ने बताउँदै खरेलले प्रमाणहरू जुटाउन सरकारी वकिलहरूको गम्भीर दायित्व रहेको जनाए । आफू सुविधा सम्पन्न भवनमा बसेर मात्र नहुने भन्दै उनले काममा पनि सुविधा दिनुपर्ने बताए ।

उच्च सरकारी कार्यालयले भ्याटबाहेक ३ करोड २२ लाख ५ हजार ३०० रूपैयाँ लागतमा भवन निर्माण सम्पन्न गरेको हो । नवनिर्मित पाँचतले भवनमा १८ वटा कोठा छन् ।

लिफटसहित अपाङ्गमैत्री भवनमा पुस्तकालय, अभिलेखालय र सभाकक्षको सुविधा रहेको इलामका सहन्यायाधिवक्त लक्ष्मण उपाध्याय घिमिरेले जनाए ।

२०७८ जेठ २३ गतेसम्म भवन निर्माण सम्पन्न गर्ने गरी इलामको जोशी नायग्रा शंकर जेभीले गत वर्ष जेठ २४ गते ठेक्का लिएको थियो । कम्पनीले निर्धारित मितिभन्दा अगाडि नै जिम्मा लगाएको छ । कार्यालयमा लामो समययता उत्कृष्ट काम गरेको भन्दै पाँचजना कर्मचारीलाई सो अवसरमा सम्मान गरिएको छ ।

kharel agni

तरहरा इटहरी लायन्सको ...

इटहरी । तरहरा इटहरी लायन्स क्लबको अध्यक्षमा पवन अधिकारी ...

चटयाङले श्रीमान आइस ...

धरान । भोजपुर आमचौकमा एकै परिवारका तीन जनालाई चटयाङ लाग ...

प्रधानमन्त्रीलाई दवा ...

धरान/ नेपाल सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान ...

राष्ट्रिय नृत्य रिया ...

धरान/ धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved