माघ ३० गते सार्वजनिक बिदा

  • माघ २८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ सरकारले सोनाम ल्होछारको अवसरमा माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले त्यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

तामाङ, ह्योल्मोलगायतका हिमाली क्षेत्रमा बसोवास गर्ने समुदायले सोनाम ल्होछारलाई नयाँ वर्षको रूपमा मनाउने गर्छन् । यसअघि सरकारले ल्होछार, माघे सङ्क्रान्तिलगायतका चाडपर्वको बिदा कटौती गरेको थियो तर सरकारले यी चाडपर्वहरूमा फेरि सार्वजनिक बिदा दिन लागेको छ ।

यसअघि माघे सङ्क्रान्तिको दिन पनि सार्वजनिक बिदा दिइएको थियो तर गत पुस १५ मा मनाइएको तमू ल्होसारको दिन भने सरकारले सम्बन्धित जातिलाई मात्रै बिदा दिएको थियो ।

सरकारले २०५१ सालदेखि सोनाम ल्होछारको दिन बिदा दिन थालेको हो तर ओली नेतृत्वको सरकारले २०७४ सालदेखि त्यस दिनको बिदा कटौती गरेको थियो । त्यस वर्ष पूरै बिदा दिने गरिएका १० वटालाई आंशिक बनाइएको थियो भने १२ वटा बिदा पूर्णरूपमा कटौती गरिएको थियो । ती बिदाहरू फेरि दिन थालिएको छ ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved