पिसाब फेर्न निस्किएका बेला नियन्त्रणमा लिई बलात्कार

  • माघ २८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । मोरङको जहदामा रातको समयमा घरबाहिर पिसा फेर्न निस्एिकी एकजना किसोरी बलात्कारको सिकार भएकी छन ।

जहदा गाँउपालिका वडा नम्बर १ कि १४ वर्षीया बालिकाको सोमबार राति ९ बजे पिसाब गर्न घर नजिकैको बाटोमा निस्किएका बेला दुई जनाले नियन्त्रणमा लिई बलात्कार गरेको पीडितले बताएकी छन ।

राति नै मोटरसाईकलमा आएका दुई जनाले आफूलाई जर्बजस्ती घरबाट दक्षिणतर्फ लगेर पालैपालो बलात्कार गरेको ती बालिकाको भनाई छ ।

राति बालिका घर नफर्किएपछि अभिभावकले खोजी नभेटिएको र तीन घण्टापछि मात्र उनी परिवार अनि गाउँलेको सम्पर्कमा आएकी थिइन । गाउँमा हल्ला भएपछि गाउँलेहरु राति ११ बजे बालिकाको खोजीमा निस्किएका थिए र १ बजे प्रहरीले जानकारी पाएको थियो ।

घटनामा प्रयोग भएको को २२ प १८१६ नम्बरको मोटरसाइकल फेला परेको इलाका प्रहरी कार्यालय रानी, विराटनगरका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिएका छन् । घटनामा संलग्नहरुको पहिचान भइसकेको र खोजी कार्य सुरु गरेको प्रहरीको भनाई छ ।

घटनास्थल नेपालभारत सीमा क्षेत्रबाट करिब दुई किलोमिटर नेपालतर्फ पर्छ । हल्ला भएपछि उनीहरु राति नै भारततर्फ भागेको प्रहरीको आशंका छ ।

बालिकाको तर्फबाट इलाका प्रहरी कार्यालय रानीमा मंगलबार जाहेरी दर्ता भएको छ । बालिकाको स्वास्थ्य परीक्षणका लागि माइती नेपालको सेफहाउसमा राखिएको छ ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved