बराहक्षेत्र । सुनसरीको भित्रि गाउँ हुँदै शहरमा लागुऔषधको कारोबार गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय चक्रघट्टीले पक्राउ गरेको छ । जिल्लाको भित्री गाउँको बाटो हुँदै बजार सम्म लागुऔषधको कारोबार गर्ने बराहक्षेत्र नगरपालिकाको आन्द्रमोढका ३९ वर्षिय पिन्टु भन्ने अभिराज चौधरी पक्राउ परेका हुन् । उनको साथबाट डाइजेपाम ३१, फेनार्गन ३१, लुपीजेसिक ३१ एम्पुल बरामद गरेको छ । आइतबार को २४ प ४४४२ नम्बरको स्कुटीको डिकीमा लागुऔषध राखेर ल्याउने गर्दाको अवश्थामा उनी पक्राउ परेका हुन् । प्रहरीले विशेष सुराकीको आधारमा स्कुटीको सिट मुनि लुकाएर ल्याउँदै गरेको अवश्थामा चेकजाँचका क्रममा बराहक्षेत्र ४ स्थित सुनसरी ख
विराटनगर । विराटनगर बजारमा मास्क नलगाई व्यापार गर्न बसेका व्यापारी र सडकमा भेटिएका सर्वसाधारणलाई मास्क वितरण गर्न शुरु गरिएको छ । विराटन व्यापार संघ महिला उपसमितिको पहलमा बजारका व्यापारी तथा मास्क नलगाईं हिंडिरहेका सर्वसाधारणलाई मास्क वितरण गर्न शुरु गरिएको हो । सोमबार महिला उपसमितिका सदस्यहरुले बजारमा कोभिड १९ को विषयमा सचेतना दिलाउँदै मास्क वितरण गरेका छन् । विश्वव्यापी रुपमा फैलिरहेको र विराटनगरमा संक्रमितको संख्या समेत बढ्न शुरु भएपछि बजार क्षेत्रमा सावधानी अपनाउन अनि मास्क अनिवार्य रुपमा लगाउन महानगरले समेत अपिल गरेको छ । विराटनगरको पुरानो गुद्रीबजारमा हात धुने व्यवस्थाका लागि पानीटंकी
विराटनगर । प्रदेश १ मा सोमबार २३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९, झापामा २, पाँचथर र धनकुटामा एक एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५ महिला, २ पुरुष, रतुवामाईमा १२ पुरुष, झापाको बाह्रदशीमा २ पुरुष, पाँचथरको याङवरक र धनकुटाको महालक्ष्मीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमणको संख्या ९ सय ४५ पुगेको छ । प्रदेश १ बाट ७ सय ४७ जना डिस्चार्ज भईसकेका छन् । प्रदेश १ मा आज ५ सय १८ जनाको पीसीआर परीक्षण गरिएको छ । प्रदेश १ मा आज सम्म ४० हजार १८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले
इलाम / सवारी नियम मिच्ने साधनलाई कारबाहिबाट संकलन हुने राजश्व आर्थिक ०७५/७६ को तुलनामा ०७६/७७ मा कम भएको छ । कोरोना र लकडाउनका कारण ०७६।७७मा राजश्व संकलनमा कमी भएको हो । आर्थिक वर्ष ०७६।०७७ मा ८ हजार ७ सय १५ वटा सवारी साधनबाट कारबाहि स्वरुप ४९ लाख ९९ हजार राजश्व संकलन भएको छ । जुन गत वर्षको भन्दा कमी हो । अघिल्लो वर्ष सवारी साधनबाट ८० लाख १४ हजार ५ सय संकलन भएको थियो । लकडाउनको कारण चैत्र देखि सवारीसाधन बन्द भएका कारण अघिल्लो वर्षको तुलनामा ३० लाख १५ हजार ५ सय रुपैयाँ कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्याल इलामले जनाएको छ । कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष ०७६/७७मा १ सय ८६ वटा बसब
सुनसरी । ६ वर्ष अघि उदयपुर जिल्ला अदालतले ज्यान मार्ने मुद्धामा कैद सजाय फैसला गरेको फरार २ अभियुक्तलाई उदयपुर जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी अदालतमा पठाएको छ । गत साउन ११ गते इलाका प्रहरी कार्यालय बेल्टारको टोलिले फरार अभियुक्तहरुलाई पक्राउ गरेको हो । २०७१ साल कात्तिक ९ गते जिल्ला अदालतले उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नम्बर १ को भालुखोपका वर्ष २८ का धन बहादुर राई र वर्ष २५ का अमर राईलाई ज्यान मार्ने उद्योग मुद्धामा ५/५ वर्ष कैद सजाय सुनाएको थियो । सोही समय देखि दुवै अभियुक्त फरार रहेका थिए । घरमै लुकिछिपी बसिरहेको अवश्थामा विशेष सुचनाको आधारमा प्रहरीले घर बाटै पक्राउ गरि कैद भुक्
काठमाडौ / आज थप १३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १८ हजार ७ सय ५२ जना पुगेको छ । थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साका ६५ वर्षीय वृद्ध, धनुषाका ३६ वर्षीय पुरुष र बाराका ६० वर्षीय पुरुष रहेका छन् । नेपालमा हालसम्म ४८ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप ६२६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १३ हजार ७ सय ५४ जना रहेका छन् । भोजपुर
विराटनगर । विराटनगरको विराट नर्सिङ होम (विराटनगर अस्पताल) का संक्रमित चिकित्सकको सम्पर्कमा रहेका चार जना नर्सलाई पनि कोरोना देखिएको छ । संचालक चिकित्सकलाई कोरोना भएपछि अस्पतालमा कार्यरत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीको स्वाब संकलन गरी परीक्षणमा पठाइएको थियो । कोशी अस्पतालको ल्याबमा गरिएको परीक्षण गर्दा थप चार जनामा संक्रमण पुष्टि भएको हो । विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले भने,“अस्पताल सञ्चालक तथा चिकित्सक डा.ज्ञानेन्द्रमान सिंह कार्कीलाई संक्रमण देखिएपछि उहाँको सम्पर्कमा रहेका २ सय २७ जनाको स्वाब संकलन गरेर परीक्षणमा पठाएका थियौं । ” महानगरले अस्प
काठमाडौं / सुनको मुल्य आज सोमबार वृद्धि हुदाँ अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको छ । तोलामा एकैदिन १२ सय रुपैयाँले वृद्धि हुदाँ अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको छ । हिजो आइतबार सुनको मुल्य तोलाको ९६ हजार तीन सय रुपैयाँ कायम भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासघंका अनुसार सोमबार छापावाल सुुनको भाउ प्रतितोला १२ सयले बढेपछि तोलाको ९७ हजार ५ सय रुपैयाँ कायम भएको हो । त्यस्तै , चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च तोलाको १२ सय १० रुपैयाँ पुगेको छ ।
विराटनगर । गत साताको मंगलबार संक्रमण पुष्टि भएका बिराटनगरको एक अस्पतालका चिकित्सकको सम्पर्कमा आएका ४ जनामा कोरोना पोजिटिभ देखिएको छ । संक्रमित डाक्टरको सम्पर्कमा आएका ५८ जनाको स्वाब शुक्रबार संकलन गरिएको थियो । संक्रमण देखिएका चारै जना अस्पतालकै कर्मचारी रहेका छन् । पोजेटिभ देखिएका चारजना स्वास्थ्यकर्मी एवं स्टाफ नर्स हुन् । अरु ५४ जनाको पीसीआर रिर्पोट भने नेगेटिभ आएको छ । अस्पतालका कर्मचारीहरुले प्रदेश सरकार, स्थानीय सरकारलाई संक्रमण देखिएको स्थानमा कार्यरत सबै कर्मचारीको पीसीआर परीक्षण गर्नुपर्नेमा जोड दिएका छन् । अस्पतालमा करिब तीन सयको संख्यामा कर्मचारी कार्यरत रहेको रहेका छन् । पहिलोचर
इलाम/ इलामको फाकफोकथुम गाउँपालिकाबाट सदरमुकामसम्मको बीस किलोमिटर सडक पार गर्न बीसै घण्टा लाग्ने गरेको छ । हिउँदमा चार घण्टामा आइपुगिने बाटो बर्षायाममा दिन बित्छ । सदरमुकामबाट पाँचथरको राँकेसम्मको कच्ची सडक छिचोल्न अढाइ घण्टा लाग्ने गरेपनि अहिले त्यति नै सडकमै सवारी कुद्न लामो समय लाग्छ । सडक समस्या हुनुको कारण भने हिलाम्मे सडक र सडक स्तरोन्नतिका नाममा सोलिङ भत्काए हुन थालेका हुन् । लामो समय लकडाउनका कारण यातायात सञ्चालन नभएर आवतजावतमा समस्या भोगिरहेका फाकफोकथुमका सर्वसाधारण लकडाउन खुलेसँगै यातायात सञ्चालन हुनेमा आशाबादी थिए । लकडाउनका कारण घरमै रहेका फाकफोकथुमबासी अहिले लकडाउन खुल्दा त्