धरानमा अन्तर्राष्ट्रिय साहित्यिक महोत्सव हुने

  • फागुन १२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरानलाई साहित्यिक बहुसांस्कृतिक पर्यटनको केन्द्रको रूपमा स्थापित गर्न धरानमा दुईदिने अन्तर्राष्ट्रिय साहित्यिक तथा सांस्कृतिक पर्यटन महोत्सव हुने भएको छ ।

धरान–१३ को कला साहित्य प्रतिष्ठानको आयोजनामा यही फागुन २८ र २९ गते अमरहाटमा महोत्सव आयोजना हुने भएको हो । महोत्सव सम्पन्न गर्न साहित्यकार बम देवानको संयोजकत्वमा १७ सदस्यीय महोत्सव मूल आयोजक समिति गठन गरिएको वडाअध्यक्ष नेत्र काफ्लेले जानकारी दिए ।

नेपाल र भारतका साहित्यकारहरूलाई भेला गरी साहित्यिक पर्यटन महोत्सवमा गजल, कविता गोष्ठीको आयोजना गरिएको समितिका अध्यक्ष देवानले बताए । देवानका अनुसार महोत्सवमा चित्रकला प्रदर्शनी, नृत्य प्रदर्शनीलगायतका मनोरञ्जनात्मक कार्यक्रम पनि गरिनेछन् ।

महोत्सवमा विभिन्न जातीय संस्कृति झल्कने नृत्य प्रदर्शन गरी पाहुनाहरूलाई मनोरञ्जन प्रदान गरिने जनाएको छ । समितिका अनुसार भारतबाट ५० तथा नेपालका एक हजार साहित्यकारहरूलाई महोत्सवमा निमन्त्रणा गरिएको उनले बताए । आगन्तुक साहित्यकारहरूलाई धरानका पर्यटकीय क्षेत्रहरूको अवलोकन गराएर साहित्यको माध्यमबाट धरानको प्रचार–प्रसारलाई थप प्रभावकारी बनाइने उनको भनाइ छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति साहित्यकार गङ्गा उप्रेतीको प्रमुख आतिथ्यमा आयोजना हुने साहित्यिक महोत्सवमा भारतका साहित्यकार र नेपालका वरिष्ठ साहित्यकार सहभागी रहने साहित्यकार डा भीम खतिवडाले जानकारी दिए । महोत्सव भव्य रूपमा सम्पन्न गर्न आयोजकले आर्थिक सङ्कलन तथा सहभागीलाई बस्न र खानका लागि उचित व्यवस्थापनको तयारी थालिएको उनले बताए ।

तरहरा इटहरी लायन्सको ...

इटहरी । तरहरा इटहरी लायन्स क्लबको अध्यक्षमा पवन अधिकारी ...

चटयाङले श्रीमान आइस ...

धरान । भोजपुर आमचौकमा एकै परिवारका तीन जनालाई चटयाङ लाग ...

प्रधानमन्त्रीलाई दवा ...

धरान/ नेपाल सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान ...

राष्ट्रिय नृत्य रिया ...

धरान/ धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved