राजवंशी परिवारलाई हटाउने षड्यन्त्र

  • फागुन १३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर/ वर्षौंदेखि बसेको ठाउँबाट हटाउन लागेपछि विराटनगर महानगरपालिका–३ को सुकुम्बासी परिवारले सहयोगको याचना गरेको छ ।

विराटनगर–३ को गोग्राहा चोक (कन्या मार्ग) मा बसोवास गर्ने कालीचरण राजवंशीले सँधियार विनयराज राजवंशीले महानगरका केही जनप्रतिनिधिसँग मिलेर हटाउने प्रयास थालेको बताए ।

पत्रकार महासङ्घ मोरङको सभाहलमा बुधबार परिवारका सदस्यसहित पत्रकार सम्मेलनमा उपस्थित कालीचरणले गत माघ ७ गते विनयले घर हटाउन भन्दै फिराद हालेपछि महानगरको न्यायिक समितिले समेत हट्न दवाब दिन थालेको सुनाए ।

७२ वर्षीय बुबा, श्रीमती, बुहारी र ४ वर्षीया नातिनी सो घरमा बस्ने गरेको र गरिखाने मेलोसमेत राम्रो नभएकोले घर छाड्न परे कन्तबिजोग हुने उनले बताए । ‘जनबनी गरेर परिवार चल्ने गरेको छ’, उनले भने, ‘एक छोरा अङ्कितसमेत नाबालक रहेकोले हामीलाई हटाउनुभयो भने त कठिन हुन्छ ।’

उनको परिवार ऐलानी जग्गामा सानो टहरो बनाएर बसेको छ । कालीचरणले अहिले सरकारले नै भूमिहीन सुकुम्बासीको व्यवस्थापन गर्ने घोषणा गरेको बेला आपूmहरूलाई भने अन्याय गरिएको बताए ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved