संस्थान र बोर्डको द्वन्द्वले खानेपानीको समस्या झन् चुलियो

  • फागुन १२, २०७७
  • "गोविन्द बस्नेत"
alt

धरान/ सुख्खायाम सुरु भएसँगै धरानमा बर्सेनी खानेपानीको चरम अभाव हुने गरेको छ । यसको दीर्घकालीन समाधानमा सम्बन्धित पक्ष गम्भीर नबन्दा खानेपानी समस्या झन् चुलिएको छ । खानेपानी आपूर्तिका लागि नेपाल खानेपानी संस्थान र धरान खानेपानी बोर्डले दीर्घकालीन समाधानमा ध्यान नदिई आपसमा द्वन्द्व सिर्जना गर्दा अन्योल थपिएको छ ।

सुख्खा मौसम आएसँगै धरानेहरूले खानेपानीको जोहोमै दिनरात बिताउने गर्छन् । धरान–१६ का सुवास शंकर आप्mनो धारामा पाँच दिनयता खानेपानी नआउँदा धरान–२० र १३ को संगम स्थल वीपी पार्कमा टेम्पो लिएर खानेपानी लिन पुगेका थिए । धारामा पानी नआउँदा जसोतसो खानेपानी जोहो गरे पनि नुहाउने र लुगा धुने पानीको समस्या भएको उनी बताउँछन् । ‘पाँच दिन भयो, धारामा तुरुक्क पानी आउँछ, गइहाल्छ’, उनले भने, ‘खानेपानी जसोतसो जोहो ग-यो ।’ तर राम्ररी नुहाएको भने पाँच दिन पुगेको उनी बताउँछन् । ‘पानी नआएकै कारण टेम्पो लिएर सर्दू जलाधार क्षेत्र आएको छु, नुहाएर लुगा पनि धुन्छु, खानेपानी पनि लान्छु ।’ उनले थपे ।

यस्तै समस्या सुनाउँछन् धरान–१५ का हर्क लिम्बू । धारामा पानी नआएपछि उनले पनि धरान–८ को विश्वकर्मा मन्दिर छेउमा रहेको धाराबाट सिटी सफारीमा पानी ल्याउने गरेका छन् । ‘अरू सबै कुराको व्यस्थापन गर्न सकिँदो रहेछ’, उनी भन्छन्, ‘तर पानी भएन भने त मुस्किल हुने रहेछ ।’

यी दुई त प्रतिनिधि पात्रमात्र हुन् । सुख्खा मौसम आएपछि अहिले धरानका अधिकांश सर्वसाधारणको नियति यस्तै छ । धारामा पानी नआउँदा उनीहरू कष्टकर जीवन बिताउन बाध्य छन् । धरानमा सर्वसाधारणलाई खानेपानी आपूर्ति गर्ने दुईवटा संस्थान छन् तर उनीहरूले सर्वसाधारणको खानेपानीको समस्या समाधान गर्नुको सट्टा आपसमा दोषारोपण गर्ने गरेका छन् ।

पछिल्लो समय पनि संस्थान र बोर्डबीच दोहोरी चलेको छ । आइतबार संस्थानका धरान शाखा प्रमुख रामकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै बोर्डले जानकारी नदिई इन्टरकनेक्सन गरेकोले खानेपानी व्यवस्थित हुन नसक्ने आशयको विज्ञप्ति प्रकाशित गरेपछि संस्थान र बोर्डबीचको द्वन्द्व झन् चर्किएको छ । संस्थानको विज्ञप्तिपछि बोर्डले पनि आकस्मिक बैठक बसेर संस्थानमाथि दोषारोपण गरेर विज्ञप्ति प्रकाशित गरेको थियो ।

संस्थानलाई बोर्डमा गाभ्ने काम पनि अधुरै छ । यसका लागि विज्ञ टोली गठन गरेर प्रतिवेदन बुझाउँदासमेत निकास निस्केको छैन । संस्थानलाई बोर्डमा गाभ्न संस्थानको सम्पत्ति, दायित्व र कर्मचारी समायोजन चुनौती एकातिर छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २२ वर्षदेखि संस्थानमार्पmत् पानी वितरण गरिरहेको भए पनि संरचनाहरू जीर्ण भएका कारण संस्थानले मर्मत–सम्भार गरेर बोर्ड र प्रतिष्ठानबीच सम्झौता गर्न बाकी रहेको बोर्डले जनाएको छ ।

आयोजनाले सम्झौताअनुसार भूमिगत पानी उत्पादन गर्न सकेको छैन । २०६९ चैत २१ गते धरान उपमहानगरपालिका कार्यालय एकीकृत शहरी विकास आयोजना कार्यान्वयन इकाइका नाममा तत्कालीन कार्यकारी अधिकृत भोजराज खतिवडाले पत्रकार सम्मेलन आयोजना गरे । उनले एशियाली विकास बैङ्क (एडीबी) बाट दुई अर्ब १६ करोड ४ लाख रूपैयाँ, नेपाल सरकारको अनुदान ५१ करोड ८५ लाख रूपैयाँ र धरान उमनपाको ३२ करोड ४० लाख रूपैयाँको सहभागितासमेत गरी ३ अर्ब २९ लाख रूपैयाँमा खानेपानी आयोजना सञ्चालन हुन लागेको र यो अल्पकालीन आयोजनाले सन् २०३१ सम्म धरानमा २४ सै घण्टा पानी उपलब्ध गराउने बताएका थिए ।

आईयुडीपीले भूमिगत स्रोतबाट १ करोड ५२ लाख २० हजार लिटर पानी उत्पादन गर्ने भने पनि उसले २४ घण्टामा २० लाख लिटर पानी मात्र उत्पादन गरेको छ । बोर्डले सम्झौताअनुरूप पानी उत्पादन गर्न नसक्नु र खानेपानी संस्थान पनि बोर्डमा जान नचाहनुले समस्या झन् विकराल देखिएको हो ।

धरान सहित २१ स्थान ब ...

इटहरी/  नेपाल सरकारको गृह मन्त्रालयले तयार पा ...

ग्याबियन जाली विवाद ...

धरान/ धरान उपमहानगरपालिकामा ग्याबियन जाली राख्ने क ...

धरानबाट इटहरी लादैगर ...

इटहरी/धरानबाट इटहरीतर्फ ल्याउँदै गरिएको ठूलो मात्रामा ग ...

धरानमा देबऋषि आचार्य ...

धरान/सुनसरीको धरानमा स्थापना भएको देबऋषि आचार्य समाजको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved