समाचार

    Showing 7,551-7,560 of 10,045 items.
  • कोशी गाऊपालिकाबाट लागूऔषध सहित १ जना पक्राउ

    सुनसरी । सुनसरी कोशी गाऊपालिका ३ नहर चोकबाट प्रहरीले लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको अररिया बेला बासमतिया बिहार का २८ बर्षीय मजरुल हक रहेका छन् । सोमबार बेलुका साढे ३ बजे लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले डाईलक्स डिसि थान ५ सय २ नाईट्रोसन २ सय ट्याब्लेट, स्पास्मोप्रोक्सिभन प्लस २सय ८८ ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 824 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • यस वर्षको एसइई परीक्षा नहुने

    धरान / यस वर्षको एसइई परीक्षा पनि नहुने भएको छ । सरकारले कोरोना महामारीका कराण यस वर्षको परीक्षा नलिने निर्णय गर्दै आन्तिरक मुल्याकंनबाटै नतिजा प्रकाशन गर्नै निर्णय गरेको हो । सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 822 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिकाश निर्माण र कृषि उत्पादन बोकेका सवारीलाई बाधा नगर्ने

    इटहरी । जिल्ला प्रसाशनको कार्यालय सुनसरीले मंगलबारबाट निषेधाज्ञालाइ केहि मात्रामा खुकुलो बनाउने निर्णय गरेको छ । आइतबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को सामुहिक बैठकले बिकाश निर्माणमा कुनै बाधा नपुग्ने गरी मालबाहक ट्रिपर तथा कृषि उत्पादनहरु बोकेका सवारीहरूलाइ निर्वाध सञ्चालन गर्न दिइने गरी निर्णय भएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशप्रशाद ढकालको संयोजकत्वमा बसेको बैठकले जिल्लामा अत्यन्तै कडाइका साथ पालना हुदै आएको निषेधाज्ञालाइ मंगलबारदेखि केहि मात्रामा सहज हुनेगरी खुकुलो बनाउने निर्णय गरेको हो । कृषि क्षेत्रमा कार्यरत मजदुर तथा बिकाश निर्माण क्षेत्रमा का

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 2,560 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्काउटद्वारा शव व्यवस्थापन शुरु

    सुनसरी । कोरोना संक्रमित शवहरुको व्यवस्थापनमा आज देखि नेपाल स्काउट प्रदेश नम्बर तदर्थ समिती खटिन थालेका छन् । केही दिन शव व्यवस्थापनको तालिम लिएका स्काउटरहरुले संस्थागत रुपमा शव व्यवस्थापन गर्न थालेका हुन् । नेपाल स्काउट प्रदेश तदर्थ समितीका संयोजक रवि खनालको नेतृत्वमा स्काउटरहरुको टिमले पहिलो पटक कोभिड १९ बाट संक्रमण भई निधन भएका बिराटनगरका ५४ वर्षिय पुरुषको शव ब्यवस्थापन गरेका हुन् । प्रदेश १ का विभिन्न जिल्लाका स्काउटहरुलाई नेपाली सेनाले शव व्यवस्थापन तालिम दिएको थियो । शव ब्यवस्थापनका लागि झापा, मोरङ र सुनसरी जिल्लाका ४२ स्काउटले तालिम लिएका थिए । स्काउट प्रदेश कार्यालयका प्रदेश अधिकृत

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 1,140 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुकुम्बासी बस्तीमा समाजद्वारा निशुल्क एम्बुलेन्स सेवा

    धरान । कोरोनाबाट संक्रमित बनेका धरानका सुकुम्बासी परिवारलाई नेपाल बसोबास बस्ती संरक्षण समाजले निशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । समाजका केन्द्रिय अध्यक्ष कुमार कार्कीले धरान भित्रका सबै सुकुम्बासी परिवारलाई कोरोना संक्रमण पुष्टि भई तथा स्वास्थ्यमा समस्या आए वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा पुर्याउनका लागि एम्बुलेन्सको व्यवस्था गरिदिएका हुन् । उनका अनुसार सुकुम्बासी बस्तीमा बसोबास गर्ने परिवारमा कसैलाई संक्रमण पुष्टि भइ अस्पताल पुर्याउनु परे समाजले एम्बुलेन्स भाडा तिरिदिने भएको छ । उनले भने, ‘अहिले धरान भित्रका सुकुम्बासी परिवारलाई धरानकै अस्पतालहरुमा पुर्य

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 920 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • साहसिक खेल पर्यटनको बजेटले खेलकुद क्षेत्र उत्साहित

    सुनसरी । खेल पर्यटनको विकाशमा सरकारले विनियोजन गरेको बजेटले खेलकुद क्षेत्रलाई उत्साहित बनाएको माउन्टेन स्पोर्टस फेडेरेसनले बताएको छ । गत शनिबार नेपाल सरकारले बजेट वक्तव्य मार्फत फेडेरेसनको एक दशकको लबिङ तथा नेपाल खेलकुद महासंघको नितिगत समर्थनले खेल पर्यटनको विश्वव्यापी केन्द्र बनाउने घोषणा स्वागत योग्य रहेको बताएको छ । फेडेरेसनका अध्यक्ष गोविन्द भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्ती जारी गर्दै भनेको छ, ‘पहिलो पटक नेपाल र नेपालीको भावना समेटने बजेट आएको हामीले अनुभूति गरेका छौं, खासगरी खेलकुद क्षेत्रमा, बजेटको आकार भन्दा त्यसले सम्बोधन गरेको र स्वीकार गरेको वास्तविकताले हामीलाई पनिउ त्साह

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 1,079 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीको यातायात कार्यालय अन्यत्रै सारिदै , घरबेटिले कुरा फेरेपछि बिवाद

    इटहरी । निर्माणधिन ६ लेन राजमार्गको कारण ठाउ साघुरिएको र अन्य बिविध कारण बनाइ निष्कर्ष सहित सुनसरीको इटहरी आपगाछिस्थित यातायात ब्यवस्था कार्यालय सवारी लाइसेन्सको कार्यालय अन्यत्रै फराकिलो ठाउमा सारिने भएको छ । उक्त कार्यालयले हालै सुचना जारी गर्दै आगामि १५ दिन भित्र घर खालि गरी अन्यत्रै सारिने जानकारी गराएको हो । कार्यालयले घर भाडामा लिने सम्बन्धि सुचना जारी गरेर फराकिलो ठाउ खोजि गरेपछि हाल रहदै आएको घरका मालिक दिनेश भट्टराइले बिवाद झिक्ने प्रयत्न गरेका छन । यस अघि उनैले आफ्नो जग्गाबाट भौतिक संरचना हटाइ घर खालि गराइदिन यातायात कार्यालयलाय निवेदन दिएका थिए । यातायात कार्यालय अन्यत्रै सारिने भ

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 2,192 पटक पढिएको
    • "तेजबहादुर बन "
  • दुई घण्टामा तरकारी बेच्न सास्ती

    धरान । लकडाउनकै समयमा पनि धरान स्थित कृषि बजारबाट बिहान ४ बजे देखि ६ बजे सम्म कृषिजन्य उत्पादनहरु बिक्रि वितरण हुने गरेको छ । बजार खुले पनि खुद्रा व्यापारीहरुले सास्ती भोग्नुपरेको गुनासो गरिरहेका छन् । उनीहरुले घरघरमै पुगेर कृषिजन्य उत्पादनहरु बिक्रि गर्ने समय थप गर्नुपर्ने बताएका छन् । बिहानै ३ बजे खुद्रा व्यापारीहरु डोको, साइकल वा टेम्पो लिएर पुग्ने गरेका छन् । तर प्रहरीले खाली डोको, साइकल तथा टेम्पोलाई रोक्ने गरेको छ । ‘बजार पुगेकै हुँदैन्, कसरी भरेको देखाउनु’ एक खुद्रा व्यापारीले दुखेसो पोखे । अनावश्यक हिड्डुल नगर्न प्रशासनले उर्दी जारी गरे पछि खुद्रा व्यापारीले प्रहरीबाट सास्

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 973 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संक्रमितहरुको घर घर पुगेर मनोबल बढाउदै नगर प्रमुख चौधरी

    इटहरी । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी स्वास्थ्यकर्मीको टोली सहित कोरोना संक्रमित भएर होम आइसोलेसनमा वसेकाहरुको घर घरमा पुगेर उनहिरुको सवास्थ्य अवस्था बारे बुझेका छन । इटहरी वडा नम्वर १३,१६ र १७ का छ वटा घरमा इटहरी अस्पतालकी स्टाप नर्स विनिता खतिवडा र होम आइसोलेसन सर्पोट टिमका विसाल दाहाल सहित संक्रमितहरुलाई भेटन पुगेका हुन । संक्रमितहरुको स्वास्थ्य अवस्थाको वारेमा प्रमुख चौधरीले जानकारी लिदै उपमहानगर जनताको साथमा रहेका बताए । नगर प्रमुख चौधरी संगै पुगेका स्वास्थ्यकर्मीहरुको टोलिले संक्रमितहरुलाई स्वास्थ्य परामर्श दिएका थिए । होम आइसोलेसनमा वस्दा पुरयाउनुपर्ने सावधानीको वारेम

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 1,022 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एम्बुलेन्स दुर्घटनामा १ जनाको मृत्यु

    पाँचथर । जिल्ला पाँचथर फिदिम नगरपालिका ३ सुङनिमाचौकमा एम्बुलेन्स दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । सोमबार बिहान पौने ३ बजे झापाबाट ताप्लेजुङ जादै गरेको प्रदेश नम्वर १-०१-००१ च ७७०६ नम्वरको एम्बुलेन्स अनियन्त्रित भई रोडबाट अन्दाजी १५ मिटर तल झरी दुर्घटना भएको थियो । सो दुर्घटनामा जिल्ला पाँचथर याङवरक गाऊपालिका २ बस्ने ५० बर्षीया ममता राई, सोही स्थानका १९ बर्षीय हेमन सुब्बा र ताप्लेजुङ सिदिङवा ३ का ५५ बर्षीय डोड कुमार राई घाईते भई उपचारको लागी जिल्ला अस्पताल पाँचथर लगिएको थियो । घाईते मध्ये ममता राईको सोही अस्पतालमा उपचारको क्रममा बिहान पौने ४ बजे मृत्यु भए

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 854 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved