दुई घण्टामा तरकारी बेच्न सास्ती "होमडेलिभरीको समय थप गर्न खुद्रा व्यापारीको माग"

  • जेठ १७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । लकडाउनकै समयमा पनि धरान स्थित कृषि बजारबाट बिहान ४ बजे देखि ६ बजे सम्म कृषिजन्य उत्पादनहरु बिक्रि वितरण हुने गरेको छ । बजार खुले पनि खुद्रा व्यापारीहरुले सास्ती भोग्नुपरेको गुनासो गरिरहेका छन् । उनीहरुले घरघरमै पुगेर कृषिजन्य उत्पादनहरु बिक्रि गर्ने समय थप गर्नुपर्ने बताएका छन् ।

बिहानै ३ बजे खुद्रा व्यापारीहरु डोको, साइकल वा टेम्पो लिएर पुग्ने गरेका छन् । तर प्रहरीले खाली डोको, साइकल तथा टेम्पोलाई रोक्ने गरेको छ । ‘बजार पुगेकै हुँदैन्, कसरी भरेको देखाउनु’ एक खुद्रा व्यापारीले दुखेसो पोखे । अनावश्यक हिड्डुल नगर्न प्रशासनले उर्दी जारी गरे पछि खुद्रा व्यापारीले प्रहरीबाट सास्ती भोग्नुपरेको उनी बताउँछन् ।

खुद्रा व्यापारीहरुलाई प्रहरीबाट मात्रै होइन्, बिक्रि गर्ने समय पनि अनुकुल नभएको उनीहरुको भनाई छ । कृषि उपज बजारमा थोकमा खरिद गरिएको उपभोग्य वस्तुहरु खुद्रा व्यापारीहरुले घर घरमै पुर्याएर बेच्न प्रशासनले बिहान ६ बजे देखि ८ बजे सम्मको समय दिएको छ ।

बिहान ४ बजे देखि ६ बजे सम्म कृषि बजारबाट खरिद गरिएका सामान ८ बजे सम्म बिक्रि गर्नुपर्ने बाध्यतामा छन्, उनीहरु । प्रशासनले दिएको दुई घण्टामा तरकारी बिक्रि नभए घरमै थन्काउनु पर्ने अवश्था रहेको खुद्रा व्यापारी रामेश्वर चौधरी बताउँछन् । उनी भन्छन्, ‘बजारबाट थोकमा खरिद गरिएको सामान खुद्रामा बिक्रि गर्न बजार घुम्नुपर्छ, बजार घुम्दा प्रहरीको डर छ, अर्को सामान पुरै बिक्रि नहुँदा सामान कुहिने डर छ ।’ खुद्रा व्यापारीहरुले घर घरमै सामान पुर्याउन सहज बनाउनु पर्ने उनको भनाई छ ।

होम डेलिभरीका लागि खुल्ला भएको समय कम भएको गुनासो खुद्रा व्यवसायीहरुले कृषि उपज बजारका व्यवस्थापक समक्ष पनि गुनासो गरेका छन् । ८ बजे भित्र समय कम भएको गुनासो आएको बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए ।

बिक्रि गर्ने समय नै नभए पछि कसरी खरिद गरेर बजार घुमाउनु भन्ने गुनासो पनि भएको उनको भनाई छ । खाली डोको देखे पछि चै प्रहरीले रोक्ने गरेको उनले बताए । बजारमा कुनै समस्या नरहेको उनी बताउँछन् । उनले भने, बिक्रि गर्ने समय भएन्, अनि प्रहरीले पनि समन्वय नगरेको गुनासो चै आइरहेको छ ।’

यता प्रहरीले खुद्रा व्यापारीलाई बिक्रि वितरण गर्न कुनै रोक नलगाएको जनाएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक हेमराज वलीले प्रशासनले तोकेको समय भित्र बिक्रि वितरण गर्न कुनै समस्या नभएको उनी बताउँछन् । उनले भने, ‘निश्चित समय भन्दा पछिचै हामीले रोक्ने गरेका छौं, तर कसै सँग पनि दुव्र्यवहार गरिएको छैन् ।’

लकडाउनको समयमा प्रशासनले होम डेलिभरीका लागि छुट दिएको समय केही थप गर्दै व्यवस्थापन गर्न सके नागरिकलाई पनि सहज हुने व्यापारीहरुको दाबी छ । स्वास्थ्य मापदण्ड अपनाएर व्यापार गर्न पाउने व्यवस्था गर्न उनीहरुको माग रहेको छ ।

 

सामाजिक सुरक्षा कार् ...

धनगढी । सार्वजनिक यातायात क्षेत्रको संरचना परिवर्तनले ल ...

विषालु च्याउ खाँदा इ ...

इलाम/  इलामको माङसेबुङ गाउँपालिका–५ मा ...

धरानमा समता दिवस मना ...

धरान/  राष्ट्रिय समता दिवसको अवसरमा नेपाली कांग्रे ...

धरान भित्रको दुर्गम ...

धरान/ साविकको पाँचकन्या गाविस तथा धरान उपमहानगपालि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved