इटहरी । जिल्ला प्रसाशनको कार्यालय सुनसरीले मंगलबारबाट निषेधाज्ञालाइ केहि मात्रामा खुकुलो बनाउने निर्णय गरेको छ ।
आइतबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को सामुहिक बैठकले बिकाश निर्माणमा कुनै बाधा नपुग्ने गरी मालबाहक ट्रिपर तथा कृषि उत्पादनहरु बोकेका सवारीहरूलाइ निर्वाध सञ्चालन गर्न दिइने गरी निर्णय भएको हो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशप्रशाद ढकालको संयोजकत्वमा बसेको बैठकले जिल्लामा अत्यन्तै कडाइका साथ पालना हुदै आएको निषेधाज्ञालाइ मंगलबारदेखि केहि मात्रामा सहज हुनेगरी खुकुलो बनाउने निर्णय गरेको हो ।
कृषि क्षेत्रमा कार्यरत मजदुर तथा बिकाश निर्माण क्षेत्रमा कार्यरत मजदुरहरूलाइ स्वास्थ्य मापदण्ड अपनाएर काम गर्न दिइने र निर्माण सामग्री बोकेका मालवाहक सवारीहरूलाइ निर्वाध रूपमा सञ्चालन हुन दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले बताए ।
त्यसैगरी अक्सिजन बितरणको बिषयमा पनि जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले नयाँ नियम बनाएको छ । बैठकले अब अक्सिजन रिफिल गरी वितरण गर्दा कोभिड उपचार केन्द्र तथा आइसोलेसनलाई मात्र वितरण गर्न दिइने निर्णय गरिएको छ ।