बिकाश निर्माण र कृषि उत्पादन बोकेका सवारीलाई बाधा नगर्ने

  • जेठ १७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । जिल्ला प्रसाशनको कार्यालय सुनसरीले मंगलबारबाट निषेधाज्ञालाइ केहि मात्रामा खुकुलो बनाउने निर्णय गरेको छ ।

आइतबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को सामुहिक बैठकले बिकाश निर्माणमा कुनै बाधा नपुग्ने गरी मालबाहक ट्रिपर तथा कृषि उत्पादनहरु बोकेका सवारीहरूलाइ निर्वाध सञ्चालन गर्न दिइने गरी निर्णय भएको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशप्रशाद ढकालको संयोजकत्वमा बसेको बैठकले जिल्लामा अत्यन्तै कडाइका साथ पालना हुदै आएको निषेधाज्ञालाइ मंगलबारदेखि केहि मात्रामा सहज हुनेगरी खुकुलो बनाउने निर्णय गरेको हो ।

कृषि क्षेत्रमा कार्यरत मजदुर तथा बिकाश निर्माण क्षेत्रमा कार्यरत मजदुरहरूलाइ स्वास्थ्य मापदण्ड अपनाएर काम गर्न दिइने र निर्माण सामग्री बोकेका मालवाहक सवारीहरूलाइ निर्वाध रूपमा सञ्चालन हुन दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले बताए ।

त्यसैगरी अक्सिजन बितरणको बिषयमा पनि जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले नयाँ नियम बनाएको छ । बैठकले अब अक्सिजन रिफिल गरी वितरण गर्दा कोभिड उपचार केन्द्र तथा आइसोलेसनलाई मात्र वितरण गर्न दिइने निर्णय गरिएको छ ।

श्रम संस्कृति पार्टी ...

इटहरी/ श्रम संस्कृति पार्टी परित्याग गरेका रास्वपा ...

हिबिस्कस बाल क्लबका ...

धरान/ हिबिस्कस बाल क्लबका नव निर्वाचित समितिका पदाधिकार ...

श्रमदान नगरेको भन्दै ...

धरान/ धरान-५ स्थित देउराली खानेपानी उपभोक्ता तथा स ...

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved