सुनसरी । कोरोना संक्रमित शवहरुको व्यवस्थापनमा आज देखि नेपाल स्काउट प्रदेश नम्बर तदर्थ समिती खटिन थालेका छन् ।
केही दिन शव व्यवस्थापनको तालिम लिएका स्काउटरहरुले संस्थागत रुपमा शव व्यवस्थापन गर्न थालेका हुन् । नेपाल स्काउट प्रदेश तदर्थ समितीका संयोजक रवि खनालको नेतृत्वमा स्काउटरहरुको टिमले पहिलो पटक कोभिड १९ बाट संक्रमण भई निधन भएका बिराटनगरका ५४ वर्षिय पुरुषको शव ब्यवस्थापन गरेका हुन् ।
प्रदेश १ का विभिन्न जिल्लाका स्काउटहरुलाई नेपाली सेनाले शव व्यवस्थापन तालिम दिएको थियो । शव ब्यवस्थापनका लागि झापा, मोरङ र सुनसरी जिल्लाका ४२ स्काउटले तालिम लिएका थिए ।
स्काउट प्रदेश कार्यालयका प्रदेश अधिकृत नवराज घिमिरेका अनुसार बेलबारी, रङेली, धरान, दमक, बिर्तामोड र भद्रपुरमा पनि स्काउटले शव ब्यवस्थापन गर्ने तयारी गरेको जानकारी दिएका छन ।
शव ब्यवस्थापनका लागी खटिएका स्काउट स्वयंसेवकहरु लाई अलग्गै बस्ने ब्यवस्थापन गरीएको पनि घिमिरेले जानकारी गराए । कोभिड १९ महामारी लाई लक्षित गर्दै स्वास्थ्य परामर्श प्रदान गर्ने उदेश्यका साथ स्काउटले डाक्टर अन कल हेल्पलाईन सेवा पनि संचालनमा ल्याएको छ ।