समाचार

    Showing 7,411-7,420 of 10,045 items.
  • अझै तीन दिन देशका अधिकांश भागमा भारी वर्षा हुने

    काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन देशका अधिकांश भागमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । धेरै वर्षा हुने भएकाले महाशाखाले केही स्थानमा बाढी र पहिरोको खतरा औँल्याएको छ । महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार मनसुनी वायु सक्रिय भएकाले अहिले देशभर पानी परिरहेको छ । यो वायुको प्रभावले आगामी शनिवारसम्म नै देशका अधिकांश भागमा भारी वर्षा हुने सम्भावना देखिएको छ । ‘मनसुनी वायुको प्रभावले अहिले देशका अधिकांश भागमा अहिले वर्षा भइरहेको छ’, बासीले भनिन्, ‘यो वायुको प्रभावले आगामी शनिवारसम्म नै देशका अधिकांश भेगमा भारी वर्षा हुने सम्भावना छ । त्यसपछि भने यो क्रम

    • प्रकाशित मितिः असार २, २०७८
    • 1,063 पटक पढिएको
    • "रासस"
  • अभिव्यक्ति स्वतन्त्रता माथि अंकुश लगाउन खोजेको भन्दै वीपीका चिकित्सक तथा विद्यार्थीले निकाले विरोध र्याली

    धरान । अभिव्यक्ति स्वतन्त्रता माथि अंकुश लगाउन खोजेको भन्दै मंगलबार देखि आन्दोलनमा रहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक तथा विद्यार्थीहरुले विरोध र्याली प्रदर्शन गरेका छन् । प्रतिष्ठानका उपकुलपति डा। ज्ञानेन्द्र गिरीले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हकलाई अंकुश लगाउँदै फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा। विष्णु पोखरेललाई स्पष्टिकरण सोधे पछि चिकित्सक तथा विद्यार्थीहरु आन्दोलित भएका हुन् । उनीहरुले २४ घण्टा भित्र स्पष्टिकरण फिर्ता लिदै माफि माग्नुपर्ने माग गरेका छन् । डा. पोखरेलले केही दिन अघि प्रतिष्ठानमा भएको अनियमितता र भ्रष्टाचारबारे अख्तियारको ध्यानाकर्षण

    • प्रकाशित मितिः असार २, २०७८
    • 759 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सप्तकोशीमा पानीको बहाव बढ्यो, चौध ढोका खोलिए

    धरान । केही दिन देखि वर्षा शुरु भए सँगै सप्तकोशी नदीको बहाव बढेको छ । लगातारको वर्षाले सप्तकोशीमा पानीको वहाव बढेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । सप्तकोशीमा पानीको बहाव बढे पछि अहिले कोशी ब्यारेजका १४ ढोका खुला गरिएको छ । सप्तकोशीमा मिसिने इन्द्रावती नदीमा २५ वर्षयताकै ठूलो बाढी आएपछि कोशी ब्यारेजमा थप सजकता अपनाइएको जनाएको छ । नदीमा पानीको बहाव ६१ हजार १ सय ४५ क्युसेक रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जनाएका छन् । कोशीमा पानीको वहाव बढ्ने क्रम शुरु भए पनि ब्यारेजमा कुनै खतरा नरहेको सुरक्षा निकायले बताएको छ ।

    • प्रकाशित मितिः असार २, २०७८
    • 1,723 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हरियाली आईशोलेसन सेन्टरमा पाँच थान पोर्टेवल भेन्टिलेटर सहयोग

    धरान ।गोर्खा सेमेट्री ट्रस्ट हङकङले धरान उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ सुनसरीको सहकार्यमा सञ्चालनमा रहेको आईशोलेसन सेन्टरलाई पाँच थान पोर्टेवल भेन्टिलेटर उपलब्ध गराएका छन् । हरियाली आईशोलेसन सेन्टर परिषरमा आज एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय खेलकुद परिषद्का निर्देशक समेत रहेका नेपालस्थित गोर्खा सेमेट्री ट्रस्टका अध्यक्ष महेन्द्र राईले धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेका हुन् । धरान १९ स्थित हरियाली सामुदायिक भवनको आवास गृहमा उपमहानगरपालिकाले २५ शैयाको आईशोलेसन सेन्टर सञ्चालन गरेको छ । जसमा नेपाल पत्रकार महासंघ सुनसरीको समेत समन्वय

    • प्रकाशित मितिः असार २, २०७८
    • 1,016 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘डा. पोखरेललाई काटिएको स्पष्टिकरण पत्र बुझ्नु अगावै कसले लिक गर्यो?’

    धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख पदाधिकारीहरुको आन्तरिक विवादले स्वास्थ्य सेवा त प्रभावित बनेकै छ, संस्थाको गोपनियता पनि भंग गर्न थालेका छन् । प्रतिष्ठानको गोपनियता कायम गर्नु पदाधिकारीहरुको दायित्व हो, तर तिनैबाट गोपनियता भङ्ग हुन थालेको स्पष्ट भएको छ । प्रतिष्ठानका मुख्य पदाधिकारीले आफ्नै गुटका पत्रकारहरु परिचालन गरेका छन् । एकले अर्कालाई दोषि देखाउन संस्थाको गोप्य सुचनाहरु पनि बाहिर आउन थालेको छ । गत जेठ ३० गते एक चिकित्सकलाई काटिएको स्पष्टिकरण पत्र उनले बुझ्नु अगावै संचारमाध्यममा पुगिसकेको थियो । पदाधिकारीबाटै पत्र बाहिरिएको हुन सक्ने चिकित्सकहरु बताउँछन् । प्रति

    • प्रकाशित मितिः असार १, २०७८
    • 1,877 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ सरकारले पेश गर्यो रु ३२ अर्बको वार्षिक बजेट, धेरै पुरानै कार्यक्रमलाई निरन्तरता

    विराटनगर । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८÷०७९ को लागि आगामी आर्थिक वर्षको रु. ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट पेश गरेको छ । चालू आर्थिक वर्षको लागि सरकारले रु. ४० अर्ब ८९ करोड ९९ लाख बजेट विनियोजन गरेको थियो । आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङले मंगलबार आय र खर्चको अनुमान समेटिएको बजेट प्रदेशसभामा पेश गरेका हुन । कूल विनियोजन मध्ये चालूतर्फ रु. १४ अर्ब १६ करोड अर्थात ४३ दशमबल ५ प्रतिशत रर पूँजीगततर्फ १५ अर्ब ३ अर्ब २२ अर्थात ४६ दशमबल ३ प्रतिशत अर्च खर्च हुने अनुमान गरिउको छ । स्थानीय तहतर्फको वित्तीय हस्तान्तरणका लागि रु. ३ अर्ब २२ करोड ४२ लाख अर्थात १० प्रतिशत विनियोजन गरिए

    • प्रकाशित मितिः असार १, २०७८
    • 1,360 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ सरकारको आव ७८।७९ को बजेट प्रस्तुत : शिक्षामा १ अर्ब १९ करोड

    धरान/ प्रदेश सरकारले आगामि अर्थिक वर्ष ७८।७९ का लागि बजेट प्रदेशसभामा पेश गरेको छ । मंगलबार प्रदेश सभामा अर्थिक मामिला तथा आन्तरिक मामिला मन्त्री टंक आङबुहाङले आगामी अर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन् । उनले बजेट वक्तव्यका क्रममा समग्र शिक्षा क्षेत्रको लागि रु १ अर्व १९ करोड बजेट बिनियोजन गरेको बताए । साथै उनले आगामी आर्थिक वर्षमा सबै विद्यालयहरुमा स्काउट गठन गरिने तथा प्रत्येक विद्यालयमा पुस्तकालय स्थापना गरिने र क्रमशः विद्युतीय पुस्तकालयको रुपमा रुपान्तरण गरिने बताए । मुख्यमन्त्री विद्यालय सुधार योजना अन्तर्गत विद्यालयको सधार गर्न रु २३ करोड छुट्याइएको जानकारी गराए । त्यस्तै, स्व

    • प्रकाशित मितिः असार १, २०७८
    • 1,786 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘वीपीलाई विश्वविद्यालय बनाउन भिसि किन हतारिए ?’

    धरान । कोरोनाको महामारीकै बिचमा धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिमा नियुक्ति भएको ३ महिना नबित्दै डा. ज्ञानेन्द्र गिरीले प्रतिष्ठानलाई पुर्ण विश्वविद्यालय बनाउने निर्णय गराए । कोरोना महामारीमा संक्रमित भएका बिरामीहरुलाई प्रतिष्ठानबाट दिइने स्वास्थ्य उपचारको सेवालाई प्रभावकारी बनाउनुको साटो उनी प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन हतारिए । दैनिक जसो कोरोना संक्रमितहरु बढ्दै गएको अवश्थामा कोभिड अस्पताल शुरु गरेर उनी प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने निर्णय गराउन काठमाण्डौं धाइरहे । गत साउन ३० गते बसेको सञ्चालक परिषद् (सिनेट) बैठकले प्रतिष्ठानलाई विश्वविश्वविद्यालय बन

    • प्रकाशित मितिः असार १, २०७८
    • 947 पटक पढिएको
    • "दिनेश गजमेर"
  • चिकित्सकलाई स्पष्टिकरण सोधिए पछि फिर्ता लिन माग गर्दै उपकुलपतिलाई २४ घण्टे अल्टिमेटम

    धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको अनियमितता तथा भ्रष्टाचारका विरुद्ध अख्तियारलाई एसएमएस गरेका एक चिकित्सकलाई उपकुलपतीले स्पष्टिकरण सोधे पछि २४ घण्टा भित्र माफि माग्न चिकित्सक तथा विद्यार्थीहरुले माग गरेका छन् । प्रतिष्ठान स्थित चिकित्सा तथा दन्त चिकित्सक वेलफेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेललाई उपकुलपती डा. ज्ञानेन्द्र गिरीले प्रतिष्ठानको नियमावली विपरित कार्य गरेको भन्दै सोमबार ३ दिन भित्र स्पष्टिकरण दिन पत्राचार गरेका थिए । अनियमितताबारे आवाज उठाउदा स्पष्टीकरण सोधिएकोमा वेल्फेयर सोसाइटीले घोर आपत्ति प्रकट गरेको छ । विरोध स्वरुप आज बिहान उपकुलपति कार्यालय अघि

    • प्रकाशित मितिः असार १, २०७८
    • 1,251 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विद्यालयको नयाँ शैक्षिक सत्र आज देखि शुरु हुँदै

    सुनसरी । कोरोना संक्रमणका कारण भौतिक उपस्थितीमा पठनपाठन हुन नसके पनि विद्यार्थीहरुको नयाँ शैक्षिक सत्र आज बाट शुरु हुदै छ । सरकारको परिपत्र अनुसार विद्यालय तहको कक्षा १० सम्म अध्ययन गर्ने देशभरका विद्यार्थीको नयाँ शैक्षिक सत्र आजबाट सुरु गरिने भएको हो । विद्यालयहरुले विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर असार १ देखि नयाँ शैक्षिकसत्रको भर्ना अभियान सुरु गर्दै छन् । असार १ देखि विद्यालयले विद्यार्थीको नयाँ कक्षामा अभिलेखीकरण कार्य सुरु गर्नुपर्ने, अनलाइन, टेलिफोन या अन्य कुनै माध्यमबाट विद्यार्थीको कक्षामा अभिलेखीकरण कार्य विद्यालयले गर्नेछन् । असार १५ सम्म विद्या

    • प्रकाशित मितिः असार १, २०७८
    • 1,678 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved