विराटनगर, २१ भदौ । प्रदेश १ मा १ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७८, मोरङमा २९, झापामा २८, संखुवासभामा ६, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ७१ जनामा संक्रमण देखिएको छ । १ महिला र ७० पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । इटहरीमा ५ महिला र २ पुरुष, मोरङको विराटनगरमा ९ महिला १६ पुरुष, सुनबर्षीमा २ पुरुष, जहदा र बुढीगंगामा १–१ महिला, झापाको विर्तामोडमा ८ महिला २ पुरुष, कमल गाउँपालिकामा ३ महिला ७ पुरुष, मेचीनगरमा २ महिला ४ पुरुष, अर्जुनधारा र स्थानीय तह नखुलेका १–१ महिलामा कोरोना संक्रमण देखि
धरान । विगत सात महिना देखि देशले भाग्दै आएको महामारीको विपद सँग लड्न नागरिकहरुको महत्वपुर्ण भुमिका रहने बताउँदै प्रदेश नम्बर १ का सभामुख प्रदिप कुमार भण्डारीले सामुहिक कार्यको आवश्यक्ता रहेको बताएका छन् । नेपाल रेडक्रस सोसाईटी सुनसरीको प्राविधिक तथा प्रकाशन सहयोगमा प्रकाशित विपद पुर्व तयारी तथा प्रतिकार्य योजना अनुसार स्थानीय तहमा हुने विपद व्यवस्थापनमा सबैको भुमिका महत्वपुर्ण रहेको उनको भनाई छ । भयावह बन्दै गएको कोरोना संक्रमणलाई पराजित गर्न सामुहिक रुपमा एकताबद्ध भएर लड्नु पर्ने आवश्यक्ता रहेकोमा जोड दिदै देशको समृद्धि र विकाशको लक्ष्यलाई अघि बढाउन विपद न्युनिकरण र विकाशलाई सँगसगै अघि बढाउन
धरान । विपदको जोखिमको हिसाबले सुनसरी संवेदनशिल क्षेत्र रहेको एक तथ्यांकले देखाएको छ । बाढी, पहिरो र सवारी दुर्घटना सहितको विपदको जोखिममा सुनसरी संवेदनशिल रहेको विपद पुर्वतयारी तथा प्रतिकार्य योजना सुनसरी २०७७ मा उल्लेख गरिएको छ । जिल्ला विपद व्यवस्थापन समिती सुनसरीले सार्वजनिक गरेको योजना पुस्तकमा जिल्लामा १० भन्दा बढी प्रकारका प्रकोपहरु हुने गरेको देखिएको छ । पुस्तकको आइतबार एक कार्यक्रमको आयोजना गरि प्रदेश नम्बर १ का सभामुख प्रदिप कुमार भण्डारी र समितीका संयोजक सुनसरी जिल्ला प्रशासन कार्यालयका प्रमुख फणिन्द्रमणी पोखरेलले लोकार्पण गरेका छन् । नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा
धरान । कोरोना संक्रमण पुष्टि भएको झापाकी एक महिलाको मृत्यु भए सँगै धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको सँख्या २३ पुगेको छ । प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार गराई रहेकी झापाको कन्काई ३ की ४५ वर्षिया एक महिलामा कोरोना पुष्टि भएको थियो । उनको आइतबार बिहान करिब पौने ११ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । मृत्तकलाई विगत ७ दिनदेखि कमजोरी, कब्जियत र २ दिनदेखि निमोनिया, ज्वरो, श्वासप्रश्वासमा कठिनाइ भएपछि उनी झापाको मेची अस्पताल पुगेकी थिइन् । त्यहाँबाट भदौ १८ गते उनलाई वीपीमा रिफर गरिएको थियो । उनको शव व्यवस्थापन
धरान । सुनसरी देवानगंज मा चटयाङ लागेर एक स्थानीयको मृत्यु भएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार देवानगंज गाउँपालिका वडा नम्बर २ बस्ने ३० वर्षीय सन्त कुमार मेहेताको चट्याङले लागेर मृत्यु भएको हो । शनिबार अपरान्ह ४ बजे घर नजिकै खेतमा सनपाट पानीमा डुबाउने क्रममा मेहेतालाई चट्याङले लागेको थियो । चट्याङले लागेर बेहोस भएका उनलाई उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
धरान । सुरक्षाकर्मीहरुलाई कोरोना पुष्टि भए सँगै थुनामा रहेका थुनुवाहरुलाई कोरोना संक्रमण देखिन थालेको छ । इलाका प्रहरी कार्यालय धरानमा प्रहरी नियन्त्रणमा रहेका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सँगै धरानमा २ सय ७५ जनामा कोरोना पुष्टि भएको छ । कारोना पुष्टि भएका थुनुवा मध्ये ४ जना धरानका हुन् भने एक जना इटहरी र अर्को खोटाङको रहेको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए । उनका अनुसार थुनामा रहेका धरान १३ का २० वर्षिय, धरान १५ का २९, १९ र २३ वर्षका युवाहरु रहेका छन् भने इटहरीका ३० वर्षिय खोटाङका २६ वर्षिय युवा छन् ।
धरान विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण अस्पतालहरु उच्च जोखिममा छन् । यस्तो अबस्थामा धेरै अस्पतालहरु सामान्य विरामीको उपचारमात्र गरिरहेका छन् भने केही अस्पतालहरुले आफ्ना पुराना विरामी तथा नयाँ विरामीका लागि सेवा दिन नयाँ उपाय अपनाउन थालेका छन् । यसैक्रममा धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि टेलिमेडिसन सेवा निरन्तर सञ्चालन गरिरहेको छ भने प्रतिष्ठानका विभिन्न विभागहरुले पनि विषेशज्ञ सेवालाई अनलाईनमार्फत निरन्तर दिईरहेका छन् । यसै क्रममा प्रतिष्ठानको इन्टरनल मेडिसिन विभाग अन्र्तगतका सेवाहरुलाई ‘अनलाईन ओपिडी’ सुरु गरेको छ ।
धरान । समुदायमा फैलिएको कोरोना संक्रमण शनिबार एकै दिन सबै भन्दा बढी सुरक्षाकर्मी मा देखिएको छ । नेपाल प्रहरी सहित सेनामा शनिबार ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको च । संक्रमण पुष्टि भएकाहरुमा २ जना प्रहरी र अन्य फुस्रेस्थित आर्मी क्याम्पका सेना र उनीहरुका परिवार छन् । धरान उपमहानगरपालिकाको स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताका अनुसार २ जना इलाका प्रहरी कार्यालयका प्रहरी छन् भने बाँकी सबै फुस्रे आर्मी क्याम्पमा सेना, तिनका परिवारहरुमा कोरोना पुष्टि भएको छ । आर्मी क्याम्पका २ बर्षका बालिका सहित ६२ जनामा संक्रमण देखिएको मेहताले बताए ।
धरान । अनलाईन कक्षाको शुल्क लिने महेन्द्र बहुमुखी क्याम्पसको सुचना प्रति अनेरास्ववियुले आपत्ति जनाएको छ । अनलाईन कक्षा संचालन गर्ने विषयमा शुक्रबार विद्यार्थी संगठनहरु सँग छलफल गरेको थियो । तर छलफलमा शुल्कको विषयमा कुनै निर्णय नभए पनि क्याम्पसले शुल्क सहितको सुचना सार्वजनिक गरे पछि अखिलले आपत्ति जनाएको हो । साविक अखिलका अध्यक्ष सुजन खत्री र अखिल क्रान्तिकारीका कार्यवाहक अध्यक्ष रविन श्रेष्ठद्वारा संयुक्त जारी विज्ञप्तीमा सुचना तत्काल सच्याउन माग गरिएको छ । क्याम्पसले भदौ २८ गते देखि अनलाईन कक्षा संचालन गर्ने तयारी गरेको छ ,। कोरोना जोखिम न्युनीकरणका लागि घोषणा गरिएको लकडाउनले अर्थतन्त्र तहस
धरान । सप्तकोशी नदिको किनारमा निर्वस्त्र रुपमा एक युवतीको शव फेला परेको छ । सुनसरीको बराह क्षेत्र नगरपालिका वडा नं ९ स्थित सप्तकोशी नदीको किनारमा शनिबार बिहान एक युवतीको शव फेला परेको हो । बराह क्षेत्र–९ को धरहरा टपन स्थित नदीमा अन्दाजी १८÷२० वर्ष उमेरको जस्तो देखिने मंगोलियन अनुहार भएकी युवतीको शव भेटिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । निर्वस्त्र रुपमा अन्दाजी ५ फिट उचाइ भएको र कानमा सुन जस्तो धातुको कुण्डल लगाएको महिलाको शव भेटिए पनि नाम, ठेगाना खुल्न नसक्दा सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय महेन्द्र नगरले जनाएको छ । बेवारिसे फेला परेको सो शवलाई हाल धरान