‘डा. पोखरेललाई काटिएको स्पष्टिकरण पत्र बुझ्नु अगावै कसले लिक गर्यो?’ "गोपनियकता भंग, गम्भीर त्रुटि"

  • असार १, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख पदाधिकारीहरुको आन्तरिक विवादले स्वास्थ्य सेवा त प्रभावित बनेकै छ, संस्थाको गोपनियता पनि भंग गर्न थालेका छन् ।

प्रतिष्ठानको गोपनियता कायम गर्नु पदाधिकारीहरुको दायित्व हो, तर तिनैबाट गोपनियता भङ्ग हुन थालेको स्पष्ट भएको छ । प्रतिष्ठानका मुख्य पदाधिकारीले आफ्नै गुटका पत्रकारहरु परिचालन गरेका छन् । एकले अर्कालाई दोषि देखाउन संस्थाको गोप्य सुचनाहरु पनि बाहिर आउन थालेको छ ।

गत जेठ ३० गते एक चिकित्सकलाई काटिएको स्पष्टिकरण पत्र उनले बुझ्नु अगावै संचारमाध्यममा पुगिसकेको थियो । पदाधिकारीबाटै पत्र बाहिरिएको हुन सक्ने चिकित्सकहरु बताउँछन् । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले हस्ताक्षर गरेको पत्र सम्बन्धित व्यक्तिमा पुग्नु अगावै कसरी संचारमाध्यममा आयो, सबैको चासो बढ्न थालेको छ ।

चिकित्सा तथा दन्त चिकित्सक वेलफेयर सोसाइटीका अध्यक्ष समेत रहेका हाडजोर्नी विभागका एसोसियट प्रोफेसर डा. विष्णु पोखरेलको नाममा जेठ ३० गते उपकुलपति डा. ज्ञानेन्द्र गिरीको हस्ताक्षरमा स्पष्टिकरण पेश गर्न पत्र लेखिएको थियो । अध्यक्ष डा. पोखरेलले पत्र जेठ ३१ गते साँझ मात्रै प्राप्त गरेका थिए ।

यता संचारमाध्यममा पत्र काटेकै दिन पत्र सहित समाचार सार्वजनिक भइसकेको थियो । कुनै पनि व्यक्तिलाई काटिएको पत्र शिलबन्दी गरेर पठाइन्छ । कार्यालय सहयोगी मार्फत बुझिलिनेको हस्ताक्षर सहित रेकर्ड राख्ने गरिन्छ । डा. पोखरेलले पत्र बुझेको मिती जेठ ३१ गते सोमबार छ, तर जेठ ३० गतेको मितिमा पत्र सहित समाचार बाहिरिएको थियो ।

डा. पोखरेलले प्रतिष्ठानमा भइरहेको भ्रष्टाचार तथा अनियमितताको विषयमा अख्तियारको ध्यानाकर्षण गराउँदै एसएमएस गरेका थिए भने सामाजिक सञ्जालमा अख्तियारका प्रमुख सहितको मोबाइल नम्बर राखेर नागरिक समाजलाई समेत आग्रह गरेका थिए ।

प्रतिष्ठानको छविमा आँच आउने प्रकारको क्रियाकलाप गरेको पाइएको हुनाले कारवाही किन नगर्ने भनि स्पष्टिकरण मागेको थियो ।

यता प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले सम्बन्धित व्यक्तिले पत्र पाउनु भन्दा अगावै पत्र लिक हुनु गम्भीर त्रुटि भएको स्वीकार गरेका छन् । उनले गोपनियता भंग भएकै बताए । उनले भने, ‘गम्भीर त्रुटि भएको छ, सबैको चासो बढेको छ, हामी सबै गम्भीर छौं, सरहरु आए पछि यस विषयमा छलफल तथा छानबिन हुनेछ ।’ उनका अनुसार सोमबार भिसि सचिवालयबाट खटिएका एक सहायक कर्मचारीले डा. विष्णु पोखरेललाई पत्र बुझाएका थिए । उनले भने, पत्र पाउनु भन्दा पहिले नै कसरी लिक भयो भन्ने कुरा चै गम्भीर छ ।’

साँगुरीगढीमा दुईदिने ...

धनकुटा/ साँगुरीगढी गाउँपालिका र नोबेल मेडिकल कलेज, विरा ...

विपद् व्यवस्थापनमा अ ...

वराहक्षेत्र/ बाढी, कटान, डुबान र महामारीजस्ता विभिन्न प ...

पत्रकारिताबाट राजनीत ...

धरान/  लामो समय पत्रकारितामा सक्रिय रहँदै आएक ...

कृषि पकेट क्षेत्रको ...

धरान/  धरान उपमहानगरपालिका वडा नं. ४, ५, ६ र २० ला ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved