हरियाली आईशोलेसन सेन्टरमा पाँच थान पोर्टेवल भेन्टिलेटर सहयोग

  • असार २, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान ।गोर्खा सेमेट्री ट्रस्ट हङकङले धरान उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ सुनसरीको सहकार्यमा सञ्चालनमा रहेको आईशोलेसन सेन्टरलाई पाँच थान पोर्टेवल भेन्टिलेटर उपलब्ध गराएका छन् ।

हरियाली आईशोलेसन सेन्टर परिषरमा आज एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय खेलकुद परिषद्का निर्देशक समेत रहेका नेपालस्थित गोर्खा सेमेट्री ट्रस्टका अध्यक्ष महेन्द्र राईले धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेका हुन् । धरान १९ स्थित हरियाली सामुदायिक भवनको आवास गृहमा उपमहानगरपालिकाले २५ शैयाको आईशोलेसन सेन्टर सञ्चालन गरेको छ । जसमा नेपाल पत्रकार महासंघ सुनसरीको समेत समन्वय रहेको छ ।

मेयर राईले कोरोनासँग लडन साथ सहयोगको भावना जरुरी रहेको बताउँदै गत वर्षको तुलनामा यसवर्ष मानिसहरुमा डर त्रास कम भएको बताए । “पोहोर हरियालीमा आईशोलेसन सेन्टर बनाउँदा निक्कै ठूलो छलफल गर्नुपर्यो, दुई, चार पटक आएर छलफल गरेपछि घेराबार लगाएर आईशोलेसन सेन्टर बनायौं, त्यसताका हामि पनि आतंकीत थियौं, संक्रमित विरामीले केही पो गर्ला कि भनेर हरेक कोठामा सिसि क्यामेरा राखेका थिएउ,अहिले त्यस्तो छैन, सिसि क्यामेरा अहिले बाहिर राखिएको छ”, मेयर राईले भने । धरानको आईशोलेसन सेन्टरलाई गोर्खा सेमेट्री ट्रस्ट हङकङले अत्यन्तै महत्वपूर्ण सामग्री सहयोग गरेको भन्दै मेयर राईले धन्यवाद समेत दिएका थिए । साथै, मेयर राईले वीपी प्रतिष्ठानको हाताभित्र सञ्चालनमा रहेको कोभिड अस्पताल बाहिर विरामीको आफन्तका लागि कुरुवा घर निर्माण गरिएको बताउँदै हस्तान्तरण गर्न बाँकी रहेको समेत जानकारी दिए । उपमहानगरपालिकाको संयोजनमा ३२ लाखमा निर्माण गरिएको कुरुवा घर हस्तान्तरण गर्ने तयारी भईरहेको मेयर राईले बताए । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग उपमहानगरपालिको सहकार्य रहेको बताउँदै मेयर राईले भने, “भोलिकोे दिनमा आईशोलेसन सेन्टरमा भेन्टिलेटरको आवश्यक परेन, वीपीको कोभिड अस्पतालमा विरामीलाई आवश्यक पर्यो भने हामिले त्यहाँ पनि हस्तान्तरण गर्न सक्छौं ।”

नेपालस्थित गोर्खा सेमेट्री ट्रस्टका अध्यक्ष महेन्द्र राईले भेन्टिलेटर अभाव भइरहेको बेला ट्रस्टले आर्थिक संकलन गरेर देशभरका विभिन्न अस्पताल तथा आईशोलेसन सेन्टरहरुमा पोर्टेवल भेन्टिलेटर वितरण गरिएको जानकारी दिए । गोर्खा सेमेट्री ट्रस्ट हङकङले नेपाल सरकारलाई पहिलो चरणमा ५० थान पोर्टेवल भेन्टिलेटर सहयोग गरेको बताउँदै अध्यक्ष राईले आवश्यक परेका अस्पताल तथा आईशोलेसन सेन्टरहरुमा गोर्खा सेमेट्री ट्रष्ट नेपालले आफै वितरण गर्न थालेको जानकारी गराए । सोही अभियान अन्तर्गत धरानको आईशोलेसन सेन्टरलाई पाँच थान पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरिएको अध्यक्ष राईले जानकारी दिए ।

विपी प्रतिष्ठानलाई ‘ ...

धरान/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved