समाचार

    Showing 7,201-7,210 of 10,043 items.
  • ग्लोबल आईएमई बैंकद्वारा उद्योग वाणिज्य महासंघका सदस्यलाई ब्याज दरमा छुटको सुविधा

    विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ र ग्लोबल आइएमइ बैंकबीच बैकिंग सुविधाका विषयमा समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको छ । महासंघका तर्फबाट अध्यक्ष टिकाराज ढकाल र बैंकका तर्फबाट प्रदेश प्रमुख सुवास सापकोटाले हस्ताक्षर गरी समझदारी पत्र एक आपसमा हस्तान्तरण गरेका छन् । विशेषगरी बैंकको पहुंच नभएको साना व्यवसायी, नयाँ लगानी गर्ने युवा व्यवसायी, अपांगता भएका व्यक्तिहरु लगायतलाई प्राथमिकतामा राखी बैंकले दिने सेवा सुविधाका सम्वन्धमा सहमति भएको महासंघले जनाएको छ । बैंकले कर्जा र दुबै पक्षीबच कर्जा सुिवधा र अन्य सहुलियत सुविधाहरुमा सम्झौता भएको हो । जसअनुसार व्यवसायी सदस्यहरुलाई लिखि

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • 1,018 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एक नम्बर प्रदेशको चालू बजेट अधिवेशन अन्त्य गर्न सिफारिस

    विराटनगर । प्रदेश नम्बर १ को मन्त्रिपरिषद्ले चालू रहेको प्रदेश सभाको आठौं तथा बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । अधिवेशन साउन आज सोमबार राति १२ बजेबाट अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस भएको मुख्यमन्त्री शेरधन राईका प्रेस संयोजक ध्रुव सुवेदीले जानकारी दिएका छन् । प्रदेश सभाको बजेट अधिवेशन गत जेठ २४ गते शुरु भएको थियो । सोमबार बसेको प्रदेशसभा बैठकमा सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धी विधेयक पेश गरेका थिए ।

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • 984 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • करोडौंको लगानी जोखिममा

    धरान/ कोरोना महामारीका कारण विगत दुई वर्ष देखि पर्यटकीय क्षेत्रको लगानी मासिदै गएको छ । प्रदेश नम्बर १ का अधिकांश पर्यटकीय क्षेत्रहरु खण्डहरमा परिणत भएका छन् भने निजी क्षेत्रबाट लगानी गरिएका पर्यटन व्यवसाय पनि जोखिममा छन् । दुई वर्ष देखि कोरोनाको मारमा परेको पर्यटन व्यवसायलाई उठाउन अहिलेसम्म सरकारले कुनै चासो दिएको छैन् । व्यवसायीहरु ऋणको भार थपिएर पलायन हुने अवश्थामा पुगेका छन् । पर्यटन व्यवसायको जोखिम न्युनिकरण गर्न पटक पटक सरकार सँग आग्रह गर्दै आए पनि कुनै सुनुवाई भएको छैन् । पर्यटन क्षेत्र प्रभावित बन्दै व्यवसायीको ठुलो लगानी सहित धेरैको रोजगारी जोखिममा पर्न थाले पछि व्यवसायीहरु अहिल

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • 1,405 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चाडपर्व नजिकिँदै, कृषि बजार सुनसान

    धरान/ नेपालीहरुको चाडपर्व धमाधम भित्रिदै छ । जति जति जाडपर्वहरु नजिक आउछ त्यति त्यति कृषि बजारको चहलपल पनि उत्तिकै बढ्ने गरेको छ । अझ दशै तथा तिहार जस्ता चाडपर्व तीन चार महिना अगाडिदेखि नै खसी बोककाको कारण उच्च हुने गरेको छ । तर यस बर्ष भने कारोना महामारीका कारण ंसंक्रमण न्यूनिकरण गर्ने भन्दै कृषि बजार नै बन्द गरेपछि कृषि बजार सुनसान छ भने साप्ताहिक रुपमा लाग्ने पशुहाट समेत सुनसान बनेको छ । धरानस्थित कृषि बजारमा प्रत्येक हप्ता लाग्ने पशुहाट अहिले सुनसान छ । विगतमा चाडपर्व नजिकै निक्कै चहलपहल बढ्ने यो बजार कोराना संक्रमणकै कारण सरकारले समेत बजार लगाउन बन्द गरेपछि बजार नै सुनसानझै देखिएको

    • प्रकाशित मितिः साउन ३१, २०७८
    • 948 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • अब बन्ने भयो सिसि क्यामेरा

    रंगेली / मोरङको रंगेली नगरपालिकाले जडान गरेको सिसि क्यामरा बिग्रिएको पाँच महिना बितिसक्दा समेत मर्मत हुन नसकेको भन्ने बिषयमा धरानबाट प्रकाशित कोशीपत्रमा शुक्रबार समाचार सम्प्रेषण भएपछि शुक्रबार नै नगरपालिकाले ध्यानाकर्षण भएको भन्दै सूचना जारी गरेको छ । यस रंगेली नगरपालिका बाट रंगेली बजार क्षेत्र भित्र सुरक्षाका दृष्टिकोणले जडान गरिएको सि.सि.टि.भि हाल विद्युतिय पोल सिफटिङ्गले गर्दा सेवा अवरोध रहेकोमा नगर पालिकाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । कोशीपत्रमा प्रकाशित समाचारमा मोरङको रंगेलीमा सिसी क्यामारा विग्रिएर थन्किदा समेत सम्बन्धित पक्षको ध्यान नजादा सुरक्षामा चुनौति थपिएको भन्दै सम

    • प्रकाशित मितिः साउन ३१, २०७८
    • 1,066 पटक पढिएको
    • "रबिन्द्र बराल"
  • ‘राजीनामा दिने कुरा नाटकमात्र’

    धरान/ धरानस्थि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचारको विषयमा अख्तियारले चासो देखाउदै खातापाता चेक गर्न थालेपछि प्रतिष्ठानका चारै जना पदाधिकारीे हतास मनस्थितिमा रहेका छन् । लामो समयदेखि प्रतिष्ठानकै कर्मचारी, चिकित्सक, विद्यार्थी, शिक्षक, नर्स लगायतले संयुक्त संघर्ष समिति गठन गरेर चारैजना पदाधिकारीले भ्रष्टाचार र अनियमितता गरेर प्रतिष्ठानलाई तहसनहस बनाएको भन्दै राजीनामा माग गरेपछि मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. बैकुण्ठ अर्यालको संयोजकत्वमा जा“चबुझ तथा छानविन समिति गठन गरेर प्रतिवेदन सार्वजनिक गरिसकेको अवस्थामा पुन ः अख्तियारले छापा मारेर खातापाता चेक गर्न

    • प्रकाशित मितिः साउन ३१, २०७८
    • 1,330 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विजयपुरको साधारणसभा सम्पन्न

    धरान\ विजयपुर बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले शनिवार स होटल धरान किचनमा सम्पन्न गरेको हो । साधारणसभामा अध्यक्ष नविन सुब्बा मेन्याइ्ंवोले प्रगति तथा कार्य योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य सञ्चालक समिति सदस्य नविन पराजुलीले गरेका थिए । कार्यक्रममा निर्मल याक्थुम्बाले आ.व. ०७८÷७९ को आर्थिक प्रतिवेदन पेश गरेका थिए । याक्थुङबाले प्रस्तुत प्रतिवेदनमा कोविड र लकडाउनका वावजुत पनि यसवर्ष संस्था मुनाफामा गएको बताएका थिए । उनले मुनाको विभिन्न कोषहरुमा डिभिजन गरी सेयर लाभांसमा ४५ प्रतिशत र कर्मचारि वोनसमा १० प्रतिशत वितरण गरेको बताए

    • प्रकाशित मितिः साउन ३०, २०७८
    • 1,081 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • निम्न आय भएकाले निगुरोबाट गुजारा चलाउदै

    मोरङ/ जंगलमा पाइने निगुरो पछिल्लो समय निम्न आय आर्जन हुनेहरुलाई गतिलो आम्दानीको स्रोत बनेको छ । तरकारीको रुपमा प्रयोग गरिने निगुरो विगतमा जंगलमा आफै उम्रने अहिले सर्वसाधारणले खेतीकै रुपमा प्रयोग गरेर गतिलो आय आर्जनको माध्याम बनाएका छन् । अहिले मोरङको उत्तरी ग्रामीण क्षेत्रका निम्न वर्गका सर्वसाधारण निगुरो खेती गर्दै बजारमा लगेर विक्री गरेर गुजारा चलाउने गरेका छन् । उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाको बीचमा पर्ने डुम्रेको जङ्गलमा दिनहु निगुरोको टिपेर विक्री गर्ने सर्वसाधारण प्रसस्त पाइन्छ । मोरङको उत्तरीक्षेत्रमा अवस्थित यो चारकोसे झाडीमा प्राकृतिक रूपमा उम्रिने निगुरो यस क्षेत्

    • प्रकाशित मितिः साउन ३०, २०७८
    • 1,343 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • देउवा निवास अगाडि प्रदर्शन

    विराटनगर\ विधि सम्मत ढंगले तोकिएकै समयमा महाधिवेशन गर्न र फर्जी क्रियाशील सदस्य खारेजीको माग गर्दे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास अघिल्तिर युवा कांग्रेस नेता विद्यार्थीले प्रदर्शन गरेका छन् । युवाको नेतृत्व १ नम्बर प्रदेश प्रमुख विपक्षी कांग्रेसका प्रमुख सचेतक केदार कार्की थिए । बुढानिलकण्ठमा प्रधानमन्त्री तथा कांग्रेस सभापपित देउवा निवास अगाडि प्लेकार्ड प्रदर्शन गर्दै प्रदर्शन भएको हो ।  प्रमुख सचेतक कार्कीले भने,“समयमै महाधिवेशन गर्न र पार्टीलाई अनिर्णयको बन्दी नबनाउन माग गर्दै हामीले लोकतान्त्रिक पार्टीलाई बचाउन भनेका हौं ।” कार्कीले पार्टीलाई विभिन्न माध्यमब

    • प्रकाशित मितिः साउन २९, २०७८
    • 675 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सिसि क्यामेरा बिग्रिए पछि सुरक्षामा चुनौती

    रंगेली/ सात महिना देखि बिग्रिएको सिसि क्यामरा मर्मत नहुँदा मोरङको रंगेली नगरपालिकामा सुरक्षामा चुनौती थपिदै गएको छ । भारतीय सिमा नजिकै रहेको रंगेलीमा हुन सक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सिसि क्यामेरा जडान गरिए पनि सात महिना देखि बिग्रीएको छ । अहिले सम्म मर्मत नहुँदा रंगेलीको सुरक्षाको जोखिम पनि बढ्दै गएको छ । नगरपालीकाले नगरभित्र ८० लाख बराबरको लागतमा ९ बटै वडामा सिसि क्यामेरा जडान गर्ने योजना अनुसार ५ स्थानामा क्यामेरा जडान गरेको थियो । ४० स्थानमा क्यामेरा जडान गर्ने योजना अनुसार बजारको कालीमन्दिर, भोटुवावु चोक, रंगेली बसपार्क, डाईनिया जाने बाटोको मोरिया पुल र भन्सार छेउमा ज

    • प्रकाशित मितिः साउन २९, २०७८
    • 976 पटक पढिएको
    • "रबिन्द्र बराल"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved