करोडौंको लगानी जोखिममा

  • श्रावण ३२, २०७८
  • कोशीपत्र/संवाददाता
alt

धरान/ कोरोना महामारीका कारण विगत दुई वर्ष देखि पर्यटकीय क्षेत्रको लगानी मासिदै गएको छ । प्रदेश नम्बर १ का अधिकांश पर्यटकीय क्षेत्रहरु खण्डहरमा परिणत भएका छन् भने निजी क्षेत्रबाट लगानी गरिएका पर्यटन व्यवसाय पनि जोखिममा छन् ।

दुई वर्ष देखि कोरोनाको मारमा परेको पर्यटन व्यवसायलाई उठाउन अहिलेसम्म सरकारले कुनै चासो दिएको छैन् । व्यवसायीहरु ऋणको भार थपिएर पलायन हुने अवश्थामा पुगेका छन् । पर्यटन व्यवसायको जोखिम न्युनिकरण गर्न पटक पटक सरकार सँग आग्रह गर्दै आए पनि कुनै सुनुवाई भएको छैन् । पर्यटन क्षेत्र प्रभावित बन्दै व्यवसायीको ठुलो लगानी सहित धेरैको रोजगारी जोखिममा पर्न थाले पछि व्यवसायीहरु अहिले आफै प्रवद्र्धनमा लाग्न बाध्य भएका छन् ।

प्रदेश सरकारले कुनै चासो नदिए पछि आइतबार आन्तरिक पर्यटन पुनर्उत्थान समिती प्रदेश १ ले व्यवसायीहरुको मनोबल कायम राख्न अभियान शुरु गरेको छ । प्रदेशका मुख्य पर्यटकीय क्षेत्रहरुको अवलोकन गरेको छ । निजी क्षेत्रबाट शुरु भएका पर्यटन व्यवसायको अध्ययन गरेको छ । अवलोकनका क्रममा व्यवसायीहरु बैंकको ऋण तिर्न नसकेर भाग्नुपर्ने अवश्थामा भेटिएको समितीका सहसंयोजक बासुदेव बरालले बताए ।

उनले भने, ‘पर्यटकीय क्षेत्रको अवश्था विजोग छ, ठुलो लगानीमा संचालनमा आएका व्यवसाय समेत ओपनिङ सम्म गर्न पाएका छैनन्, कतै त बैंकले कल गरेको हो कि भनेर शंसकित हुने गरेको छ ।’ सवारी साधनहरु संचालन भए पनि व्यवसाय बन्द गर्नु पर्ने अवश्थाले यात्रुहरुले खाजा खाने ठाउँ पनि नपाउने अवश्था रहेको उनको भनाई छ ।
सरकारले तोकेको पर्यटकीय गन्तव्यहरुमा पनि कुनै पुर्वाधार नबनाएको, भएका क्षेत्रहरु खण्डहर बन्दै गएको उनले बताए ।

अहिलेको अवश्थामा पर्यटन व्यवसाय करिब ५ वर्ष पछाडि परेको उनी बताउँछन् । उठ्नको लागि लगानी गरेको तुलनामा थप लगानी गर्नुपर्ने अवश्था रहेको उनको भनाई छ । उनी भन्छन्, ‘डेढ वर्ष देखि बैंकको ब्याज ऋणको रुपमा थपिदै छ, उठ्नको लागि निकै कठिन छ, भौतिक पुर्वाधारहरु ध्वस्त बनेका छन् ।’ समितीले व्यवसायीहरुलाई सान्तवना दिन, हौसला दिन पर्यटकीय क्षेत्रका व्यवसायीहरु समक्ष पुगेको उनले बताए ।

समुन्द्र सतहबाट ५८ मिटर मात्र उचाईमा रहेको गहिरो स्थान केचनावल देखि लिएर विश्वकै सबै भन्दा अग्लो हिमाल सगरमाथा सम्म रहेको प्रदेश नम्बर १ मा प्राकृतिक, भौगोलिक, धार्मिक पर्यटकीय स्थलका साथै पर्यटन व्यवसायीहरुले करोडौंको लगानी पुर्ण रुपमा जोखिममा रहेको समितीका संयोजक भविष श्रेष्ठ बताउँछन् । कोरोनाको कारण पर्यटन व्यवसाय सुतेको अवश्थामा रहेकाले नीजि क्षेत्र सँग सरकारले समन्वय गर्न आवश्यक रहेको उनको भनाई छ । उनले भने, ‘२०७७ सालको चैत्रबाट कोरोना कहरले प्रभावित वनाएको पर्यटन व्यवसाय २०७८ को असोज देखि पुनः बामे सर्न थालेको अवस्थामा फेरी दोस्रो लहरको कोरोना फैलन थालेपछि गत पुस, माघ देखिनै पुनः प्रभावित वन्न पुगेको छ ।’

काठमाडौं उपत्यका पछिको पर्यटकीय गतिविधि हुने प्रदेस नम्बर १ मा आन्तरिक पर्यटकहरुका साथै छिमेकी मुलुक भारत सहित तेस्रो मुलुक देखिमा पर्यटकहरु समेत घुम्न आउने गरेका थिए । झापाको झिलझिलेमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरि निर्माण गरिएको वाटर किण्डम पार्क एण्ड रिसोटका सञ्चालक राजकुमार संग्रौला पार्क तयारी गरेर परिक्षणका लागि सञ्चालन गरेपनि पुनः कोरोना कहर सुरु भएपछि वन्द गर्नु परेको गुनासो गर्छन ।आगामी दिनमा पर्यटन व्यवसायलाई सहज रुपमा कसरी सञ्चालन गर्न सकिन्छ भनेर समितिका संयोजक श्रेष्ठको नेतृत्वमा मोरङ र झापाका पर्यटकीय स्थलहरुको अध्ययन अवलोकन गरेको थियो ।

 

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved