‘राजीनामा दिने कुरा नाटकमात्र’

  • साउन ३१, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरानस्थि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचारको विषयमा अख्तियारले चासो देखाउदै खातापाता चेक गर्न थालेपछि प्रतिष्ठानका चारै जना पदाधिकारीे हतास मनस्थितिमा रहेका छन् ।

लामो समयदेखि प्रतिष्ठानकै कर्मचारी, चिकित्सक, विद्यार्थी, शिक्षक, नर्स लगायतले संयुक्त संघर्ष समिति गठन गरेर चारैजना पदाधिकारीले भ्रष्टाचार र अनियमितता गरेर प्रतिष्ठानलाई तहसनहस बनाएको भन्दै राजीनामा माग गरेपछि मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. बैकुण्ठ अर्यालको संयोजकत्वमा जा“चबुझ तथा छानविन समिति गठन गरेर प्रतिवेदन सार्वजनिक गरिसकेको अवस्थामा पुन ः अख्तियारले छापा मारेर खातापाता चेक गर्न थालेपछि उनीहरुको हतास मनस्थितिका कारण राजीनामा दिने मोडमा पुगिसकेका छन् ।

पछिल्लो समय प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले अहिलेको परिस्थितिलाई सहज बनाउन राजीनामा दिएर सहज वातावरण बनाउने बताएका छन् । प्रा.डा. साहले अहिलेको वर्तमान असहज परिस्थतिलाई मध्यनजर गरी अन्य तीन जना पदाधिकारीले समेत राजीनामा दिन आग्रह समेत गरेका छन् ।
उनले भने–‘म राजीनामा दिन तयार छु, उपकुलपति, रजिष्ट्रार र रेक्टरले पनि राजीनामा दिएर सहज वातावरण बनाउनुपर्छ, र अहिलेको परिस्थितिलाई सहज रुपमा निकासको
बाटो खोज्नुपर्छ ।’

डा.साहले शनिवार एक विज्ञप्ती जारी गर्दै उनले आफू राजीनामा दिएर निकास वातावरण बनाउने मनस्थितिमा पुगेकाले उपकुलपति डा.ज्ञानेन्द्र गिरी, रेक्टर प्रा.डा.गुरुप्रसाद खनाल र रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले राजिनामा दिएर सहज वातावरण तयार गरिदिन आग्रह गरेका छन् । उनले भने–‘आन्दोलनरतपक्षले बटम लाइन नै चारजना पदाधिकारीको राजीनामा बनाएका छन्, यसलाई हामीले सहज रुपमा लिनुपर्छ, निकासका लागि पद त्याग गर्न पछि पर्नु हुँदैन । उनले विज्ञप्तीमा भनेका छन्, प्रतिष्ठानको विधान विपरीत प्रतिष्ठानको सम्पुर्ण अधिकार केन्द्रीत गरेर बसेका शक्ति संघर्षमा लागेर प्रतिष्ठानलाई अनिर्णयको बन्दी बनाउने, आचारसंहिता विपरीत गोपनीयता भंग गरी एकले अर्कोलाई हानी गर्ने गरेको कारणले अहिलेको अवस्था सिर्जना भएको आरोप समेत लगाए ।

उनले विज्ञप्तीमा भनेका छन्, प्रतिष्ठानमा बसेर विवादित हुनुभन्दा राजीनामा दिएर सहज वातावरण बनाउन नै सबैभन्दा उत्तम कुरा भएको बताए । उनले भने–‘प्रतिष्ठान स्वायत्त एउटा संस्था हो, हामीबाटै प्रतिष्ठानको विकासमा अवरोध पुगेको छ भने हामीले राजीनामा दिनुपर्छ, यसका लागि अरु पदाधिकारी पनि तयार हुनुपर्छ ।’
यता प्रतिष्ठानका चिकित्सक, कर्मचारी, शिक्षक तथा विद्यार्थीहरु भने राजीनामा दिएर निकास दिने कुरा मित्थ्या भएको बताउछन् । उनीहरुले आफूलाई सहानुभूति बटुल्न राजीनामा दिने विज्ञप्ती निकाल्ने गरेको आरोप उनीहरुको छ ।

नाम उल्लेख नगर्नेै शर्तमा एक प्रतिष्ठानका एक बरिष्ठ चिकित्सकले भने–‘यस भन्दा अगाडि पनि शिक्षाध्यक्ष प्रा.डा. गुरु खनालले यस्तै प्रकारको विज्ञप्ती प्रकाशित गरे उनले अहिलेसम्म राजीनामा दिएका छैनन, अहिले फेर अस्पताल निर्देशकले उस्तै प्रकारको विज्ञप्ती निकालेका छन्, उनीहरुको विज्ञप्ती निकाल्ने राजीनामा दिने भन्ने कुरा नाटक हो, राजीनामा दिने कुरामा मलाईचाहि विश्वास छैन ।’

उनले भने–‘राजीनामा दिन्छु, दिन चाहन्छु भनेर मात्र हुदैन, राजीनामा दिनेले साच्चै राजीनामा दिएर देखाउनुप¥यो, विज्ञप्ती निकालेर राजीनामा दिन्छु भन्नु सबैको सहानुभूति बटुल्न नाटक मात्र गरेको हो ।’

उनले उनीहरुले राजीनामा दिने विज्ञप्ती निकाल्नुको एउटै अर्थ आफू पदमा पस्दा स्वच्छ रहेको, प्रतिष्ठानको नियम संगत काम गरेको, वेथिति अन्त्य गर्न आफू कटिबद्ध छु भन्ने भ्रम छर्नकै लागि राजीनामा दिने नाटक गरेको आरोप लगाए । उनले भने–‘यो आफू चोखो छु भनेर देखाउन राजीनामा दिन लागेको नाटक मात्र गरेका हुन्, राजीनामाचाहि दिदैनन् ।’
यस्तै भनाई सघर्ष समितिका चिकित्सकले समेत रहेको छ । उनले भने–‘संघर्ष समितिले यति लामो समय चारजनाको राजीनामाको बटम लाइन लिएर आन्दोलन ग¥यौ, छानविन समितिले पदाधिकारी नै प्रतिष्ठानको भ्रष्टाचार, वेथिति र विसगति निम्त्याउने मुख्य जिम्मेबारी भएको प्रतिवेदन सार्वजनिक ग¥यो, त्यति हुदा पनि नैतिकता नै नभएकाले राजीनामा दिने दुस्वाहस गरेनन् ।’ उनले अहिले अख्तियार र छानविन समितिको प्रतिवेदनपश्चात राजीनामा दिने नाटक गरेको बताए । उनले भने–‘उनीहरुले जसरी पनि राजीनामा दिनुपर्छ, त्यसको विकल्प छैन ।’

 

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

मादक पदार्थ सेवनपछि ...

इटहरी/सुनसरीको रामधूनी नगरपालिका–५ मा बिहीबार रात ...

ट्याङ्करको ठक्करबाट ...

विराटनगर/ मोरङको उर्लाबारीमा ट्याङ्करको ठक्करबाट ग ...

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved