सिसि क्यामेरा बिग्रिए पछि सुरक्षामा चुनौती

  • साउन २९, २०७८
  • "रबिन्द्र बराल"
alt

रंगेली/ सात महिना देखि बिग्रिएको सिसि क्यामरा मर्मत नहुँदा मोरङको रंगेली नगरपालिकामा सुरक्षामा चुनौती थपिदै गएको छ ।
भारतीय सिमा नजिकै रहेको रंगेलीमा हुन सक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सिसि क्यामेरा जडान गरिए पनि सात महिना देखि बिग्रीएको छ ।

अहिले सम्म मर्मत नहुँदा रंगेलीको सुरक्षाको जोखिम पनि बढ्दै गएको छ । नगरपालीकाले नगरभित्र ८० लाख बराबरको लागतमा ९ बटै वडामा सिसि क्यामेरा जडान गर्ने योजना अनुसार ५ स्थानामा क्यामेरा जडान गरेको थियो ।

४० स्थानमा क्यामेरा जडान गर्ने योजना अनुसार बजारको कालीमन्दिर, भोटुवावु चोक, रंगेली बसपार्क, डाईनिया जाने बाटोको मोरिया पुल र भन्सार छेउमा जडान गरेको थियो । बजार आसपासमा हुने अपराध नियन्त्रण, दुर्घटना, चोरी लगायतका गतिविधि नियन्त्रण गर्ने उदेश्यले नगरपालिकाले सिसि क्यामरा जडान गरेको थियो ।
७ महिना देखि सिसि क्यामेरा मर्मत नहुँदा आपराधिक क्रियाकलापहरुको निगरानी गर्न प्रहरीलाई नै समस्या हुँदै गएको छ ।

हुलाकी सडक निर्माण गर्नका लागि बिद्युत पोल ठाउँ सारिएको एक महिना बितिसक्दा समेत सिसि क्यामेरा सन्चालनमा ल्याउन सकेको छैन भने भोटुवाबु चोक, भन्सार टोलमा रहेको सिसि क्यामेरा सात महिना देखि बिग्रिएको अवस्थामा छ । नगरको सुरक्षाको लागि सिसि क्यामरा जडान गरेता पनि सदुपयोग नहुँदा अपराध गतिविधि बड्ने सम्भावना समेत बढदै गएको छ ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved