चाडपर्व नजिकिँदै, कृषि बजार सुनसान

  • श्रावण ३१, २०७८
  • गोविन्द बस्नेत
alt

धरान/ नेपालीहरुको चाडपर्व धमाधम भित्रिदै छ । जति जति जाडपर्वहरु नजिक आउछ त्यति त्यति कृषि बजारको चहलपल पनि उत्तिकै बढ्ने गरेको छ । अझ दशै तथा तिहार जस्ता चाडपर्व तीन चार महिना अगाडिदेखि नै खसी बोककाको कारण उच्च हुने गरेको छ ।

तर यस बर्ष भने कारोना महामारीका कारण ंसंक्रमण न्यूनिकरण गर्ने भन्दै कृषि बजार नै बन्द गरेपछि कृषि बजार सुनसान छ भने साप्ताहिक रुपमा लाग्ने पशुहाट समेत सुनसान बनेको छ । धरानस्थित कृषि बजारमा प्रत्येक हप्ता लाग्ने पशुहाट अहिले सुनसान छ । विगतमा चाडपर्व नजिकै निक्कै चहलपहल बढ्ने यो बजार कोराना संक्रमणकै कारण सरकारले समेत बजार लगाउन बन्द गरेपछि बजार नै सुनसानझै देखिएको हो ।

सागसब्जीसहित खशी बोकाको समेत उल्लेख्य कारोबार हुने यो बजार सुनसान हुनुमा जिल्ला प्रशासन कार्यालय सुनसरी र धरान उपमहानगरपालिकाले कोरोनाको जोखिम कम गर्न गरिएको बन्द नै हो । बजारमा सागसब्जीका लागि विहान ३ बजेदेखि ६ बजेसम्ममात्र खुल्ला गरिदिएको छ भने पशु बजार भने पूर्ण रुपमा बन्द गरिएको छ । जसका कारण पूर्वी पहाडी तथा सुनसरी, मोरङका क्षेत्रमा कृषकले पशु बजारमा खसी बोका नै ल्याउदैनन् ।

कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बजार आंशिक रुपमा स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गरेपनि पशु बजार भने पूर्ण रुपमा सञ्चालनमा भने पूर्ण रुपमा रोक लगाइएको बताए । बजार बन्द हुदा कारोबार ठप्प हुदा कृषक तथ व्यापारीले सबैभन्दा बढी मार खेप्नुपरेको र बजारमा मासुको भाउ समेत उच्च रहेको उनले बताए ।
स्थानीय सरकारले पनि बजार खुल्ला गर्दा विभिन्न स्थानबाट कृषक तथा व्यापारी आउने र कोरोनाको जोखिम बढ्ने भएकोले बन्द गरिएको बताएको छ । शुक्रबार र शनिवार लाग्ने हाड बजारबाट कोरोनाको जोखिम बढी भएकोले पनि पशु हाट बन्द गर्नु परेको धरान उपमहानगरपालिका वडा न.. १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले बताए । उनले अत्यावश्यक भान्सामा नभई नहुने सब्जी आपूर्तिकालागि विहान ३ बजार खुल्ला गरिएको बाहेक अहिले बजार पूर्ण रुपमा बन्द गरिएको बताए ।

बजार सञ्चालन नहुदा कृषक तथा व्यापारीलाई सबैभन्दा बढी मारमा परेको छ । यदाकदा एक दुई कृषकले खसी बोका विक्रीका लागि ल्याउने गरे पनि बजारमा भीडभाड हुन दिन लामो समयसम्म राख्न नदिने गरेका छ । झापा चन्द्रगढी झापाका चन्द्र खड्काले कोरोना संक्रमण भएपछि कृषि बजार बन्द हुदा सबैभन्दा बढी मार व्यापारी तथा कृषकलाई परेको बताए ।

नेपाल सरकारले समेत सातौ पटक उत्कृष्ट बजारको रुपमा पुरस्कृत यो बजारमा अहिले नेपालका हरेक क्षेत्रबाट कृषक तथा व्यापारी आउन थालेका छन् । कोरोना माहामारी भन्दा अगाडि औसतमा प्रत्येक हप्ता यो बजारमा १ हजार ५ सयदेख १ हजार ८ सय सम्म खसी बोकाको कारोवार हुने गरेको कृषि बजारले जनाएको छ । त्यसबेला २ करोड सम्मको कारोबार हुने गथ्र्यो । तर कोरोना महामारी पछि भने यो बजारबाट विगतको तुलनामा १० देखि १५ प्रतिशतमात्र खरिद विक्री हुने गरेको छ । यो कारोबाराको हिसाबले १० देखि १५ लाख मात्र पर्न आउछ ।

गत बर्ष दशै अवधिभरमा ३० हजार ४सय खसी बोका अर्थात ५ सय ६० मेटिक टन खसी बोकाको कारोबार भएको थियो । जसबाट २८ लाख ५० हजारको कारोबार भएको कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण बताए । तर यस बर्ष भने त्यसको २५ प्रतिशत पनि कारोबार नहुने सम्भावना भएको उनको भनाई छ ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved