अब बन्ने भयो सिसि क्यामेरा

  • साउन ३१, २०७८
  • "रबिन्द्र बराल"
alt

रंगेली / मोरङको रंगेली नगरपालिकाले जडान गरेको सिसि क्यामरा बिग्रिएको पाँच महिना बितिसक्दा समेत मर्मत हुन नसकेको भन्ने बिषयमा धरानबाट प्रकाशित कोशीपत्रमा शुक्रबार समाचार सम्प्रेषण भएपछि शुक्रबार नै नगरपालिकाले ध्यानाकर्षण भएको भन्दै सूचना जारी गरेको छ ।

यस रंगेली नगरपालिका बाट रंगेली बजार क्षेत्र भित्र सुरक्षाका दृष्टिकोणले जडान गरिएको सि.सि.टि.भि हाल विद्युतिय पोल सिफटिङ्गले गर्दा सेवा अवरोध रहेकोमा नगर पालिकाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

कोशीपत्रमा प्रकाशित समाचारमा मोरङको रंगेलीमा सिसी क्यामारा विग्रिएर थन्किदा समेत सम्बन्धित पक्षको ध्यान नजादा सुरक्षामा चुनौति थपिएको भन्दै समाचार प्रकाशित भएपछि नगरपालिकाले बजार क्षेत्रमामात्र नभई यस नगरपालिकाको ९ वटै वडाका चौकहरु लगायत ईलाका प्रहरी कार्यालयसंग समन्वय गरी जम्मा ४० ठाँउमा सि.सि.टि.भि क्यामेरा जडान हुने जनाएको हो । सूचनामा नगरपालिकाले सिसी क्यामेराको फुटेज प्रहरी कार्यालयको सञ्चार शाखामा हेर्न सक्ने गरी व्यवस्था मिलाइने जनाइएको छ ।

सिसी क्यामरा बिग्रिएको सात महिना वितिसक्दा पनि कानमा तेल हालेर बसेको स्थानीय सरकार समाचार सम्प्रेषण भएपछि भने यस विषयमा गम्भीर बनेको छ ।
नगरपालिकाले प्रकाशित गरेको सूचना अस्पस्ट भए पनि गम्भीरता देखाएकोमा स्थानीयहरु पनि अब सिसी क्यामेरा मर्मत, जडान हुने र शान्ति सुरक्षा मजबुत हुनेमा विश्वस्त देखिएका छन् । कनगरपालिकाले निकालेको सूचनामा कार्यालयको छाप छैन भने चलानी नम्बर समेत उल्लेख गरिएको छैन । नगरपालिकाले सूचना निकाल्दा समाचार सम्प्रेषण भएपनि हतास मनस्थितिबाट निकालेको हुनसक्ने स्थानीयले आंकलन गरेका छन् ।

सम्बन्धित निकायको हस्ताक्षर समेत नभएको प्रकाशित सूचना गैर जिम्मेवारी पुर्वक सुचना प्रकाशित गरेको स्थानीयको भनाई छ । अहिले नगरभित्र ४० स्थान भन्दा बडि ठाउँमा सिसि क्यामरा जडान का लागि फाईवर बिछ्याउने कार्य भईरहेको र अब चाडै सिसी क्यामरा जडान हुने जनाएको छ । नगरपालिकाले संन्सारी माई स्थित चिस्याङ खोला , दर्वेशाको बक्राह पुल, मधुवनी चोक र पिपल चोक चोप्राह बोडर लगायतका स्थानहरुमा थप सिसी क्यामरा जडान गरिने बताइएको छ । सिसी क्यामेरा जडानपछि प्रहरीलाई शान्ति सुरक्षामा कायम गर्न सहज हुने जनाइएको छ ।

श्रीमतीलाई बलात्कार ...

जनकपुरधाम/ धनुषामा वैवाहिक बलात्कार (श्रीमतीमाथि ज ...

मैवाखोलामा श्रमदानबा ...

ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्र ...

खानेपनी मुहानमा नुहा ...

धरान/  पूर्वी नेपालको सुन्दर नगरी धरान अहिले ...

धनकुटामा पाँच रुटमा ...

धनकुटा/ कोशी प्रदेशअन्तर्गत धनकुटामा आइतबार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved