धरान : प्रदेश १ मा आज ५६ जना कोरोना संक्रमितहरु थपिएका छन् । ती मध्ये ३६ जना पुरुष र २० जना महिला रहेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरंगमा ३१ जना संक्रमण पुष्टि भएको छ भने झापामा १७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, सुनसरीमा ४ जना, इलाममा १ जना र प्रदेश बाहिरका ३ जना रहेका छन् । मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा १९ जना, उर्लाबारीमा ८ जना र मिक्लाजुंगमा ४ जना संक्रमित थपिएका छन् । झापाको दमक नगरपालिकामा १० जना, गौरादह नगरपालिकामा ५ जना, गौरीगञ्ज नगरपालिकामा १ जना र मेचीनगरमा १ जना संक्रमित थपिएको छ । सुनसरीको बराहक्षेत्रमा २, देवानगञ्जमा १ र इनरुवा नगरमा १ जना संक्रमित थपिएक
प्रदेश नं। १ को झापा जिल्ला स्थित दमक नगरपालिका ५ निवासी राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन बहुजातीय सांस्कृतिक मोर्चाका केन्द्रीय सचिब अविन मेन्याङ्गबोको आमा स्व.पदम कुमारी बेघाको २०७७ मंसिर १ गते निधन भएको छ । स्व.बेघा बिगत केही समय यता मृगौला रोगबाट पिडित हुनुहुन्थ्यो । पछिल्लो समय मंसिर १ गते स्वस्थ्यमा गम्भीर समस्या उत्पन्न भै धरान स्थित बी.पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भर्ना गरिएको तथापि बिरामिलाई तत्काल आईसियु बेड चाहिएको हुदा बिराटनगर लैजादै गर्दा राती १० बजेर ३० मिनेट जादा निधन हुनु भएको थियो । पारिवारिक सुत्रबाट प्राप्त जानकारी अनुरुप उहाको पार्थिक शरीरलाई मंसिर २ ग
धरानः प्रदेश १ मा आज २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरंगमा ११२, सुनसरीमा ९७, झापामा २९, उदयपुरमा ८, पाँचथरमा ५, ताप्लेजुङ, संखुवासभा, ते¥हथुम, इलाम र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५८, बुढीगंगामा १४, उर्लाबारीमा ८, लेटाङमा ७, सुन्दरहरैचामा ६, पथरीशनिश्चरेमा ५, रतुवामाई र कटहरीमा ३–३, रंगेली र बेलबारीमा २–२, कानेपोखरी, ग्रामथान, जहदा र सुनबर्षीमा १–१ जनामा संक्रमण देखिएको छ । सुनसरीको इटहरीमा ६४, धरानमा ११, बराहक्षेत्रमा ७, दुहवीमा ५, रामधुनी र इनरुवामा ४–४, बर्जु र गढीमा १&nd
धरान । यमपञ्चकको अन्तिम दिन आज विधिपूर्वक भाई टिका लगाइदैछ । आजको दिन आफ्ना दाजु तथा भाईलाई यमराजले अल्प आयुमानै नलगोस भन्दै दिदी वहिनीले कहिलै नसुक्ने तेलको घेरा र मखमली मालाले आफ्ना दाजु भाई लाई पुजा गर्ने गर्दछन् । साथै आजको दिनमा दिदी बहिनीले सप्तरंगी टिका लगाइदिने साथै दिदी बहिनीले दाजुभाई लाई कटुस, ओखर नरिवल मिस्ठान्न परिकार र सेलरोटी दिने प्रचलन रहेको छ । त्यस्तै आजको दिनमा दिदी बहिनीले दाजुभाई लाई पुजा गरिसकेपछी दाजुभाईले पनि दिदी बहिनीलाई टिकाका साथमा आफ्नो गच्छ अनुसारको दक्षीण र उपहार दिने चलन रहिआएको छ । यस वर्षको भाइटीकाको साइत मंसिर १ गते सोमबार मध्याह्न ११ः३७ मा उत्तम रहेको ने
सुनसरी । चाडपर्वको बेलामा जुवा तास खेलिरहेको अवश्थामा उदयपुर प्रहरीले नगद सहित ९ जनालाई पक्राउ गरेको छ । शनिबार उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर १० करमगाटि स्थित प्रेम भट्टराईको घरमा जुवा खेलिरहेको अवश्थामा सुनको सिक्री, औठी सहित ९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुृरले जनाएको छ । प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय उदयपुरबाट बिशेष प्रहरी टोलि खटीगई तास १ बुङ, मोबाईल १७ थान ,कौडा (१९ वटा, मोटरसाइकलको ६ थान चाबी, सुनको सिक्री २ थान , सुनको औंठी ३ थान , कृषि बिकास बैंकको १ लाखको चेक, नबिल बैंकको २ लाख दस हजारको चेक, नगद रु।२ लाख ४७ हजार १ सय १७ रुपैया नगद सहित पक्राउ गरेको
धरानः प्रदेश नम्बर १ को दुई जिल्लामा भएको दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार मोरङको बिराटनगर १२ शुक्रबारे हाटका २६ बर्षीय घनश्याम कामतको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको हो । शनिबार राति ९ः४५ मा को१८प ४८३१ नम्बरको मोटरसाईकल बिजुलीको पोलमा ठोकिदा घाइते भएका मोटरसाईकल चालक घनश्याम कामतको उपचारको क्रममा न्युरो हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सोही मोटरसाईकल पछाडी सवार रहेका २० बर्षीय राजेश कामत र ४ बर्षीया सोनु कामत समेत घाईते भएका छन् । उनीहरुको उपचार भईरहेको छ । यस्तै, उदयपुरको उदयपुरगढी ७ नेपाल्टारमा मोटरसाईकलको ठक्
धरान । तिहारको तेस्रो दिन दिन आज कार्तिक कृष्ण औँसी, कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको छ। आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदै छ। कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास छ। आजको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजााराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ। सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका
नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशविरुद्ध पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा हार बेहोरेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा नेपाल २-० ले पराजित हुँदै बंगलादेशसँग ५ वर्षपछि हार बेहोर्न बाध्य भयो । पहिलो हाफमा फितलो प्रदर्शन गरेको नेपालले दोस्रो हाफमा प्रदर्शन सुधारेपनि नतिजा सुम्पन पुग्यो । पहिलो हाफमा १(० ले पछि परेको नेपाल दोस्रो हाफको सुरुवातमा खेलमा फर्कने सम्भावना देखाएपनि काउन्टर अट्याकमा गोल खाँदै हार बेहोर्न पुग्यो । बंगलादेशले दुवै हाफमा १-१ गोल गरेको थियो । नेपाल यसअघि सन् २०१५ को डिसेम्बरमा भएको मैत्रीपूर्ण खेलमा बंगलादेशसँग पराजित भएको थियो । बंगबन्धु रंगशालामा
इटहरी । चाडपर्वको समयमा हुने अपराधिक कृयाकलापलाइ मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय इटहरीले बनाएको सुरक्षा योजना कार्यान्वयन संगै सफलता पाएको छ । बडादशैको बेला इटहरी १२ खनारस्थित पुष्प नारायण चौधरीको घरभित्रबाटै चोरी भएको कार सहित चोरीमा संलग्न ब्यक्तिहरू समातिएपछि प्रहरीको अभियानले सफलता पाएको हो । घरमा नै पार्किङ गरी राखिएको कार चोरीमा संग्लग्न रहेका ४ जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका(१ बस्ने २० बर्षीय प्रदिप चौधरी, ईटहरी(१३ का २० बर्षीय संजय सरदार, १९ बर्षीय नरेश सरदार र अबिनास सरदार रहेका छन् । गत असोज २९ गते राती सुनसरीको ईटहर
इटहरी । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाको खास मान्छे भन्दै अवैध रूपमा रकम असुल्दै हिडने एक जना ठगलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । सर्वसाधरणहरूलाइ एसपी थापाको मुख्य मान्छे रहेको र ठुला मुद्धा मात्रै हेृने भन्दै अवैध रकम असुलि गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सुनसरीको बिशेष टोलिले बिकास भनिने बिक्रम गुप्तालाइ शुक्रबार बिहान पक्राउ गरेको हो । गुप्ताले सुनसरीको इनरूवा , भण्टावारी लगायतको स्थानमा रहेका ब्यवसायीहरूबाट प्रहरीको नाममा रकम असुलेको अनुशन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले बताए । एसपीको नाम गरेर र प्रहरी