समाचार

    Showing 6,791-6,800 of 10,042 items.
  • बजाजको ‘एक्सचेन्ज एन्ड अपग्रेड महामेला’ शुरु

    धरान / नेपालमा सर्वाधिक बिक्री हुने सुचीमा रहेको बजाज मोटरसाइकलको धरान स्थित आधिकारिक विक्रेता अर्विन एन्ड ब्रदर्श अटोले आइतबार देखि एक्सचेन्ज एन्ड अपग्रेड महामेला शुरु गरेको छ । अटोको आफ्नै सोरुम परिसरमा ग्राहकको अधिक माग भए पछि अंग्रेजी नयाँवर्ष २०२२ को अवसरमा धरानमा आइतबार देखि बजाजको एक्सचेन्ज एन्ड अपग्रेड महामेला सञ्चालन गरेको हो । आइतबार देखि १५ गतेसम्म हुने महामेलामा पुरानो मोटरसाइकलको अधिक मूल्यांकन, बजार मूल्यभन्दा १० हजार थप मूल्यांकन, शून्य प्रतिशत ब्याजदरमा सरल फाइनान्सको सुविधा, नगद तथा एक्सचेन्जबाट खरिद गर्ने ग्राहकहरूले विभिन्न उपहार तथा नगद जित्न सक्ने अर्विन एन्ड ब्रदर्स अटोक

    • प्रकाशित मितिः पुस १२, २०७८
    • 679 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चिसोमा विरामी कुरुवालाई सास्ती

    धरान/ चिसो बढेसंगै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामी लिएर आएका कुरुवालाई समस्या हुने गरेको छ । चिसो मौसमकै कारण रुघाखोकी, ग्यास्टिक, श्वासप्रश्वासका समस्या विरामीका कुरुवाहरुलाई देखिन थालेको छ । सप्तरीका रामविलास यादवले बाबुलाई पेटको समस्या भएपछि एक महिना अघि उपचारका लागि ल्याएका थिए । उपचारकै क्रममा १५ दिनदेखि बाबु सुखीलाल मेडिसिन वार्डमा भर्ना भएका छन् । बाबुको कुरुवामा बसेका उनी अहिले चिसोकै कारण विरामी परेका छन् । चिसोका कारण रुघाँ खोकी लाग्ने र टाउँको दुखेको उनी बताउ“छन । उनी भन्छन्, ‘लगातार चिसो भुईमा म्याट्रेस ओछ्याएर सुतेको १५ दिन भयो, अहिले

    • प्रकाशित मितिः पुस १२, २०७८
    • 672 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • एमाले धरान अध्यक्षमा हर्कजंग, सुवेदी समूहको असन्तुष्टी

    धरान । विगत दुई महिना देखि छुट्टा छुट्टै नगर समिती बनेर विवादमा रहेको नेकपा एमालेको धरान कमिटीको समस्या समाधान उन्मुख रहेको छ । गत कार्तिक ९ गते धरान उपमहानगर अधिवेसनले संस्थापन पक्षबाट हर्कजंग एभेङ र इतर समुहबाट नारायण सुवेदीको अध्यक्षतामा कमिटी बनेको थियो । स्थानीय नेताहरुले पटक पटक विवाद समाधान गर्न प्रयास गरे पनि साम्य नभए पछि केही दिन भएको एमालेको सुनसरी जिल्लाको पुर्ण बैठकले विवाद समाधानका लागि कार्यदल बनाएको थियो । पार्टी जिल्ला कमिटीको अधिवेशन पुष २३ गते हुने मिति तय भएपछि धरानको विवाद मिलाउन दबाब परेको थियो । जिल्ला अध्यक्ष खेमराज पोख्रेलको संयोजकत्वमा बनेको कार्यदलले हर्कजंग एभेङलाई

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 1,327 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सवारी दुर्घटनामा मोटरसाईकल चालकको मृत्यू

    उदयपुर। उदयपुरको चौदण्डीगढीमा गुडिहरेको टिप्पर सँग मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका ५ मा भएको दुर्घटनामा परी सोही नगरपालिका १ का २५ वर्षीय गंगाराम चौधरीको मृत्यु भएको हो । आइतबार बिहान ९ बजे चौदण्डीगढी–५ भित्रि सडक खण्डमा प्रदेश १–०२–००१ क ३८९६ नम्वरको टिपरलाई स।१० प ८७९८ नम्वरको मोटर साईकलले ओभरटेक गर्ने क्रममा टिपर संग ठोकिइ दुर्घटना हुँदा मोटरसाईकल चालकको घटना स्थलमै मृत्यू भएको हो । सोही मोटरसाईकल पछाडि सवार भएकी गंगारामकी श्रीमती २४ बर्षिया संगिता चौधरी समेत घाईते भएकिमा फत्तेपुर अस्पतालमा उपचार भईरहेको छ । उक्त टिपर र चालक सुनसर

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 692 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सवारी दुर्घटनाबाट १ को मृत्यु, १ घाईते

    सुनसरी/ सुनसरीको बर्ज गाउँपालिकामा दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । बर्जु गाउँपालिका –२ स्थित सडक खण्डमा मोटरसाईकल र साईकल एक आपसमा ठोकिदा मोटरसाईकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरी बर्जु गाउँपालिका–६ का २२ बर्षिय रंजित चौधरी रहेका छन । शनिबार दिउँसो पौने ३ बजे को।२१ प ९४४६ नम्वरको मोटरसाईकलले साईकल यात्री बर्जु(१ का ४५ बर्षिय चमरु ऋषिदेवलाई ठक्कर दिंदा दुबै जना घाईते भएका थिए ।घाइते दुबैको उपचारको क्रममा मोटरसाईकल चालक चौधरीको मृत्यु भएको इलका प्रहरी कार्यालय दुहबीले जनाएको छ । हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय दुहबीले थप अन

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 675 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ज्येष्ठ नागरिकप्रति सम्मानजनक व्यवहार गर्न राष्ट्रपतिको आग्रह

    काठमाडौं/ राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकमा नीहित ज्ञान, सीप र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गरी सामूहिक प्रयास गर्न सम्बद्ध सबैमा आग्रह गरेकी छन्। प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सरकारले ज्येष्ठ नागरिकका लागि मासिक सामाजिक सुरक्षा भत्ताका साथै सार्वजनिक सवारी साधनमा सिट आरक्षण, सवारी भाडामा ५० प्रतिशत छुट, स्वास्थ्योपचारमा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिक परिचयपत्रको व्यवस्था, सरकारी सेवा लिँदा लाइनमा बस्नु नपर्नेलगायतका सार्वजनिक सेवामा छुट, सहुलियत र सुविधाको व्यवस्थासमेतको प्रभावकारी कार्यान्वयन

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 682 पटक पढिएको
    • "रासस"
  • बिराट सांग्रिला स्पोर्टिङ क्लबमा पुनः रुपेश अधिकारी

    मोरङ/ विराटनगर स्थित विराट सांग्रीला स्पोर्टिङ क्बलको साधारणसभाले पुनः रुपेश अधिकारीलाई अध्यक्षमा चयन गरेको छ । शनिबार सम्पन्न क्लबको साधारणसभाले अधिकारीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिती चयन गरेको हो । समितीको महासचिवमा माधव भट्टराई, सचिवमा काशीराज पराजुली र कोषाध्यक्षमा दिपेन्द्र थापा मगर चयन भएका छन् । त्यसै गरि ६ सदस्यीय सल्लाहाकार समिती समेत घोषणा गरेको छ । परशुराम (कृष्ण) बस्नेतको संयोकत्वमा अरुण राठ,ि विकाश चौधरी, नविन घिमिरे, अनन्तराज थापा र भोला सिलवाल रहेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुलीको प्रमुख आतिथ्यमा भएको साधारणसभाले आर्थिक वर्ष २०७८&div

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 1,002 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महेन्द्र क्याम्पस जग्गा प्रकरण: संरक्षण गर्न धराने एकताबद्ध

    धरान/ चालिस वर्ष अघि खरिद गरेको जग्गामा मोही दाबी गरेका यज्ञ बहादुर क्षेत्रीको नाममा मालपोत तथा भुमिसुधार कार्यालयले मोही नामसारी गरिदिए पछि महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा संरक्षण गर्न सरोकारवाला पक्षहरु एकताबद्ध भएका छन् । खरिद गरेको वर्ष देखिनै क्याम्पसले भोगचलान गर्दै आएको जग्गामा एकाएक मोही दाबी गर्दै आए पछि क्याम्पसका प्राध्यापक, कर्मचारी सहित विद्यार्थी, धरानका नागरिक समाज मालपोत तथा भुमिसुधार कार्यालयको निर्णयको विरुद्धमा एकताबद्ध भएका छन् । क्याम्पसको तर्फबाट बुधबार उच्च अदालतमा पुनरावेदन बुझाउन जाने कार्यक्रममा समेत सहभागि हुने प्रतिबद्धता जनाएका छन् । मोही जग्गा प्रकरणब

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 707 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कृषि बजारमा पुनः परशुराम

    धरान । धरान–१३ स्थित कृषि उपज बजार व्यवस्थापन समितिको अध्यक्षमा पुनः परशुराम कटुवाल निर्वाचित भएका छन् । कृषि उपज बजार स्थलको सभा हलमा शनिवार सम्पन्न निर्वाचनमा तिन वर्षे कार्यकालका लागि अध्यक्षमा कटुवाल सहित ५ जना सदस्यहरू निर्वाचित भएका हुन् । कार्यसमितीको सदस्यहरुमा भक्ति कुमार राई ९विनोद०, रमेशकुमार शाह कृषक समूहबाट झुमा देवी राई, राजेश मेहेता, पदम लिम्बु निर्वाचित भएका छन् । सम्बन्धित वडाका वडाध्यक्ष सदस्य रहने प्रावधान अनुसार १३ नम्बर वडाध्यक्ष नेत्रप्रसाद काफ्ले सदस्य भएका छन् । कृषि बजार व्यवस्थापन समितिको निर्वाचनका लागि कृषि विभागबाट निर्वाचन अधिकृत छेदी प्रसाद यादव र मतदान अ

    • प्रकाशित मितिः पुस १०, २०७८
    • 665 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाल यातायात मजदुर संगठनको केन्द्रिय अध्यक्षमा धरानका भिम ज्वाला पुनः अध्यक्षमा चयन

    धरान । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ११ औं राष्ट्रिय महाधिवेशनले पुनः भीम ज्वाला राईको नेतृत्वमा ४१ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ । बुटवलमा पुष ८ गते देखि १० गते सम्म चलेको महाधिवेसनले उपाध्यक्षमा नवराज घिमिरे, जीतबहादुर मल्ल, विष्णु लामा, सुरेन्द्र साह, ठाकुर प्रसाद गैरे, महासचिवमा केशव थापा (निरु) उपमहासचिवमा देवी प्रसाद भट्टराई, विष्णु पराजुली, खगेन्द्र बहादुर ओली, सचिवमा सरस्वती रिजाल, शंकर थापा, टीका भट्टराई, विष्णुबहादुर खत्री र रामकुमार ढुंगानासहित ४१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको हो ।महाधिवेशनले ५ बुँदे प्रस्ताव पारित गरेको छ । संगठनका नवनिर्वाचित अध

    • प्रकाशित मितिः पुस १०, २०७८
    • 965 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved