समाचार

    Showing 6,791-6,800 of 8,655 items.
  • धरानका विद्यालयको वार्षिक शुल्क न्युनतम ३ हजार देखि ७ हजार सम्म

    धरान । कोरोनाको महामारीको समयको धरानका निजी तथा संस्थागत विद्यालयहरुको वार्षिक शुल्क निर्धारण भएको छ । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले निजी तथा सामुदायिक विद्यालयका संचालक लगायत अभिभावकहरु सँग गरेको छलफल पछि बार्षिक शुल्क न्युनतम ३ हजार र अधिकतम ७ हजार रुपैया तोकिएको छ भने असोज महिनादेखि मात्र गत बर्ष कायम भएको शुल्क लिन पाउने निर्णय भएको छ । बुधबार धरान उपमहानगरपालिकाले दुवै पक्षबिच छलफल गरेपश्चात मेयर राईले मेयरस्तरीय निर्णय गर्दै आपसी सहमती भए अनुसार मासिक तथा बार्षिक शुल्क कायम गर्ने, सहमति वा समझदारी नभएको खण्डमा उपमहानगरले तोके वमोजिमको हुने निर्णय भएको शिक्षा महाशाखाले जनाएको छ

    • प्रकाशित मितिः मंसिर २४, २०७७
    • 1,426 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एकल महिला जानुका विक घर निर्माणमा सहयोग जुट्दै

    धरान । चटपटे बेचेर गुजारा गर्दै आएकी धरान १७ सुकुम्बासी बस्ती विजुवा मार्गकी एकल महिला जानुका विकको घर निर्माणका लागि सहयोग जुट्न थालेको छ । अघिल्लो वर्ष जानुका विकको घर निर्माणका लागि धरानका पत्रकारहरुले देउसी खेलेर अभियान शुरु गरेका थिए । उनको घर निर्माणका लागि १ लाख रुपैया रकम संकलन भए पछि गत सोमबार देखि घर निर्माणको काम अघि बढेको हो । उनको घर निर्माणका लागि धरान १५ निवासी कुवेर गुरुङले १० हजार १ सय रुपैया सहयोग गरेका छन् । उनले घरमै पुगेर रकम हस्तान्तरण गरेका हुन् । धरान १७ का वडाध्यक्ष मनोज भट्टराईको संयोजकत्वमा शनिवार देखि घर निर्माण कार्य सुरु भएको हो । घर निर्माणका लागि धरान १७ निवास

    • प्रकाशित मितिः मंसिर २४, २०७७
    • 866 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिहिबारदेखि धरानका विद्यालयहरु सञ्चालन हुने

    धरान । स्वास्थ्य सुरक्षाको न्युनतम मापदण्ड पुरा गरेका धरानका निजी तथा सामुदायिक विद्यालयहरु विहिबार (आज) देखि संचालन हुने भएका छन् । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले निजी तथा सामुदायिक विद्यालयका प्रध्यानापक लगायत अभिभावकहरु सँग गरेको छलफल पछि विहिबार देखि विद्यालय संचालन गर्ने निर्णय गरेको हो । उपमहानगरपालिकाका अनुसार निजी विद्यालयहरुले मावि तहको ८, ९ र १० कक्षा शुरु गर्ने छन् भने आधारभुत तहका विद्यालयहरु ८ सम्म भएकाले कक्षा ७ र ८ यता कक्षा ५ सम्मका विद्यालयहरुले कक्षा ४ र ५ शुरु गर्नेछन् । उपमहानगरले बनाएको मापदण्ड अनुसार विद्यालयको भौतिक अवस्थालाई ध्यान दिदै एक बेञ्चमा बढीमा २ जना म

    • प्रकाशित मितिः मंसिर २४, २०७७
    • 1,068 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुरक्षा समितिको बैठकपछि विप्लव कार्यकर्ता खोज्न मिक्लाजुङमा ‘सर्च अपरेसन’

    विराटनगर । मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको पार्टीका कार्यकर्ताले हत्या गरेको आशंका प्रहरीले गरेको छ । श्रेष्ठको शव मंगलबार बिहान स्थानीय बर्खे जंगलमा फेला परेको थियो । मिक्लाजुङ धनकुटा र पाँचथर जिल्लाको सिमानामा पर्ने मोरङको दुर्गम पहाडी क्षेत्र हो । त्यहाँ पुग्न मोरङ टाँडीस्थित प्रहरी चौकीबाट पनि चार घण्टा लाग्छ । घटना भएपछि मंगलबार नै बसेको जिल्ला सुरक्षा समितिको बैठकले घटनास्थल र आसपास क्षेत्रमा सर्च अपरेसन संचालन गर्ने निर्णय गरेको छ । मोरङका प्रमुख जिल्ला अधिका

    • प्रकाशित मितिः मंसिर २४, २०७७
    • 809 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ संसदको हिउँदे अधिवेशन डाक्न ढिलाई संसदीय समितिहरु सुस्त, सरकार जनताका समस्या सुन्दैन

    विराटनगर । जनताका समस्या उठान हुने थलो संसद हो । जनप्रतिनिधिले जनताका समस्यालाई सोझै सरकार समक्ष पु¥याउन संसदमा जनताको बोली बोल्छन । तर, प्रदेश १ मा कोरोना संक्रमण र निर्माणाधीन संसद भवनलाई कारण देखाउँदै संसदको हिउँदे अधिवेशन बोलाउन चासो दिइएको छैन । संसद अधिवेशन नचल्दा सरकारलाई खबरदारी गर्ने ‘मिनी संसद’ भनिने संसदीय समिति पनि निष्कृय छन । प्रदेश १ मा सातवटा संसदीय समिति छन । तर, यिनको सक्रियता विगतदेखि नै हुन सकेको छैन् । अहिले कोरोना महामारीका कारण स्वास्थ्य सेवाको सवालमा जनताले दुःख पाईरहेका भएपनि समस्याहरु सरकारसम्म पु¥याउने माध्यम नै नहुँदा जनसरोकारका विषय ओझेलमा परेक

    • प्रकाशित मितिः मंसिर २४, २०७७
    • 654 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • ‘संघीयता नै विकाश र समृद्धिको आधार’ : मुख्यमन्त्री राई

    धरान । प्रदेशको सरकारको तिन तहको संरचना बने पछि देशमा समृद्धि र विकाश सम्भव भएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले दाबी गरेका छन् । देशको समृद्धि र विकाश संघीयताकै कारण भइरहेकोमा उनले जोड दिएका छन् । बेलका नगरपालिकामा निर्माण भएका भौतिक संरचनाहरुको उदघाटन गर्दै मुख्यमन्त्री राईले विकाश र पुर्वाधारका लागि काठमाण्डौंको सिंहदरबार पुग्नुपर्ने बाध्यताबाट हटेर स्थानीय तहबाटै विकाश सम्भव बनाएको बताए । उनले भने, एउटा सानो झोलुंगे पुल बनाउनका लागि दशौं वर्ष सिंहदरबारमा धाउनुपथ्र्यो, मन्त्री, सचिवको ढोका ढकढकाउनु पथ्र्यो र पनि बन्दैनथ्यो अहिले सहज भएको छ, देश संघीयतामा गए पछि विकाश सम्भव भएको हो ।&

    • प्रकाशित मितिः मंसिर २४, २०७७
    • 742 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढ्यो, नयाँ उचाई ८८४८.८६ मिटर

    धरान  विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाई ८६ सेन्टी मिटर बढेको छ । यो सगै सगरमाथाको नयाँ उचाई ८ हजार ८ सय ४८ .८६ मिटर कायम भएको छ । चीन र नेपालको संयुक्त रुपमा मापन गरेको नयाँ नाप आज एक कार्यक्रमको आयोजना गरि नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यी ले सार्वजनिक गरेका हुन् । मंसिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई स्वीकृति दिएपछि आज उचाई घोषणा गिरएको हो । चिनिया राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण गर्ने क्रममा दुई देशले संयुक्त रुपमा सगरमाथाको उचाइ मापन गर्ने सहमति भएको थियो । यसअघि स

    • प्रकाशित मितिः मंसिर २३, २०७७
    • 647 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बेलबारी नगरपालिकामा ६ हजार भन्दा बढिलाई जग्गा धनिपुर्जा बाडिदै

    बेलबारी ÷ बेलबारी नगरपालिकाका ६ हजार भन्दा वढि घरपरिवारलाई जग्गा धनिपुर्जा बितरण गरीने भएको छ । सोमबार मोरङको बिराटनगरमा सकुमबासी समस्या समाधान आयोगसँग नगरपालिकाले सम्झदारी पत्रमा हस्ताक्षर गरेको छ । आयोग सँग नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी तथा प्रमुख प्रशासकिय अधिकृत प्रदिप शाहले हस्ताक्षर गरेका छन । आयोगले बेलबारीमा ६ हजार ६१ घरधुरीलाई जग्गाधनिपुर्जा बितरण गर्ने प्रस्तावित बिबरण समेत तयार पारेको छ । आयोगले तयार पारेको बिरणमा थपघट हुन सक्ने नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । उनले भने अफनो नगरमा भएका भुमिहिन सकुमवासि, दलित भुमिहिन, अब्यबस्थित बसोवास गरीरहेकाहरुको पुन तथ्

    • प्रकाशित मितिः मंसिर २३, २०७७
    • 1,206 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मुख्य मन्त्री शेरधन राईद्वारा खसि बोका संकलन केन्द्रको उद्घाटन

    धरान/  प्रदेश नं १का मुख्य मन्त्री शेरधन राईले उदयपुरको बेलका नगरपालिकामा खसी बोका संकलन केन्द्र सहित ९ वटा सरकारी कार्यलयको भवन उद्घाटन गरेका छन् । मुख्य मन्त्री राईले आज  वडा नं ८ मा रहेको झोलुङे पुल , वडा नं ५ र ४ को कार्यलय ,वडा ४मा रहेको कोभिड अस्पताल , वडा नं६को सम्पर्क कार्यलय, रामपुर बजारमा रहेको सिटिहल ,महिला सुरक्षा आवास केन्द्र , अदिवासी जनजाति भवन लगायतका कार्यलयको भवन  उद्घाटन गरेका हुन् ।

    • प्रकाशित मितिः मंसिर २३, २०७७
    • 1,342 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • छथर गाउँपालिकाद्वारा अपाङ्गता दिवसको अवसरमा ६ जना फरक क्षमता भएका ब्यक्तिहरु पुरस्कृत

    धनकुटा÷ छथर गाउँपालिका धनकुटाले ६ जना फरक क्षमता (अपांगता) भएका ब्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । गाउँपालिकाले २९ औ अपाङ्गता दिवसको अवसरमा आफ्ना पालिकाका प्रत्येक वडाबाट एक÷एक जनालाई सम्मान गरेको हो । गाउँपालिकाले एक सम्मान कार्यक्रमको आयोजना गरेर एक उद्योगी, दुई बिद्यार्थी र तीन कृषकलाई सम्मान तथा पुरस्कृत गरेको हो । सम्मानित तथा पुरस्कृत हनेहरुमा वडा नं. १ र ५ का बिद्यार्थीहरु रिता कटुवाल र यशोदा लिम्बू, वडा नं २, ३ र ६ बाट कृषक भद्रबहादर बाजिम्पाक (मगर), लक्ष्मीदेवी लिम्बू र सिरबहादुर काप्mले र वडा नं.४ का ब्यबसायी झप्टबहादुर लिम्बू रहेका छन् । गाउँपालिकाका अ

    • प्रकाशित मितिः मंसिर २३, २०७७
    • 880 पटक पढिएको
    • "सन्तोष रुचाल"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved