मोरङ/ विराटनगर स्थित विराट सांग्रीला स्पोर्टिङ क्बलको साधारणसभाले पुनः रुपेश अधिकारीलाई अध्यक्षमा चयन गरेको छ । शनिबार सम्पन्न क्लबको साधारणसभाले अधिकारीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिती चयन गरेको हो ।
समितीको महासचिवमा माधव भट्टराई, सचिवमा काशीराज पराजुली र कोषाध्यक्षमा दिपेन्द्र थापा मगर चयन भएका छन् । त्यसै गरि ६ सदस्यीय सल्लाहाकार समिती समेत घोषणा गरेको छ । परशुराम (कृष्ण) बस्नेतको संयोकत्वमा अरुण राठ,ि विकाश चौधरी, नविन घिमिरे, अनन्तराज थापा र भोला सिलवाल रहेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुलीको प्रमुख आतिथ्यमा भएको साधारणसभाले आर्थिक वर्ष २०७८÷७९ का लागि २४ लाख ४५ हजार रुपैयाको अनुमानित आय व्यय समेत पारित गरेको छ । त्यसै गरि चालुवर्षमा क्लबले सि डिभिजन लिग र मोरङमा हुने जिल्ला लिग पनि खेल्ने प्रस्ताव पारित गरेको जनाएको छ । साधारणसभाको अवसरमा पुर्वसन्ध्यामा गरिएको रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन गरेको जनाएको छ ।