समाचार

    Showing 6,701-6,710 of 10,042 items.
  • छेदन चौधरीको घर कांग्रेसद्वारा निर्माण

    धरान । आर्थिक रुपमा कमजोर रहेका अशक्त छेदन चौधरीको घर नेपाली कांग्रेस बराहक्षेत्रले बनाइदिएको छ । गरिबीका कारण जिर्ण बनेको चौधरीको घर भत्कनै लागेको थियो । पटक – पटक स्थानीय सरकार वडा र नगरलाई आग्रह गरे पनि सुनुवाई नभए पछि कांग्रेस बराहक्षेत्रले घर बनाइदिएको हो । करिव १ महिना अघि स्थानीय कांग्रेसका नेताले छेदनको घर बनाउन शुरु गरेका थिए । कांग्रेस नगर सभापति रमेश कार्कीको पहलमा चौधरीको घर निर्माण अन्तिम चरणमा पुगेको छ । वराहक्षेत्र ४ आन्द्रामठमा बस्दै आएका छेदन चौधरी ४ जनाको परिवार सहित बस्दै आएका छन् । छेदन आफैमा शारिरिक रुपमा अशक्त छन् । छेदनको दिदि पनि अशक्त छिन् । छोरी कक्षा नौ मा

    • प्रकाशित मितिः माघ १४, २०७८
    • 939 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सहमति बिना सामाजिक सञ्जालमा प्रांक भिडियो पोस्ट गर्न नपाइने

    धरान । सार्वजनिक स्थलमा खिचिएका प्रांक भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्नेलाई गृहमन्त्रालयले कारवाही गर्ने भएको छ । सार्वजनिक स्थलमा खिचिएका मजाक, ख्यालठट्टा वा मस्करी गर्ने नाममा व्यक्तिको जथाभावी फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेमा कारवाही गरिने विज्ञप्ती जारी गर्दै गृहमन्त्रालयले प्रकाशनमा निषेध गरेको छ । गोप्य भिडियो तयार गर्ने र सामाजिक सञ्जालमा राख्ने कार्यहरु भइरहेको भन्ने गुनासो आएको भन्दै बिहीबार गृहमन्त्रालयले विज्ञप्ति मार्फत् व्यक्तिको सहमतिबिना कुनै पनि प्रकारको फोटो भिडियो सामाजिक सञ्जालमा प्रकाशन गर्न निषेध गरेको हो । व्यक्तिको सहमतिबिना कुनै पनि प्रकारको भिडियो

    • प्रकाशित मितिः माघ १४, २०७८
    • 1,096 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुधकोशी पुल चार वर्ष देखि अलपत्र

    धरान । सरकार र ठेकेदारको लापरवाहीका कारण चार वर्ष अघि शिलान्यास गरिएको रानीटार स्थित दुधकोशीको पुल वेवारिसे बनेको छ । शिलान्यास पछि एउटा पिलरको खाल्डो खनेर ४ बर्षदेखि अलपत्र छ । पुल नहुँदा भोजपुरको दक्षिणी क्षेत्र सहित खोटाङका बासिन्दाले सास्ती भोगिरहेका छन् । पुल नभएर एम्बुलेन्स नआउँदा स्वास्थ्य उपचार पाउन सकेका छैनन् । सरकार र ठेकेदारले चासो नदिदाँ रानीटारको पुलको योजना बजेटमा नपर्दा आमचोकका कृषकले आफ्ना उत्पादन तराई झार्न पाउन सकेका छैनन् । तराई पहाड आउजाउ गर्दा बषौंदेखि सास्ती भोगि रहेका छन् । भोजपुरको दक्षिणी क्षेत्र घोडेटार, आमचौंक, खोटाङको दक्षिणी भेकका नागरिकहरु धरान, इटहरीबाट पु

    • प्रकाशित मितिः माघ १४, २०७८
    • 953 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बीपीका कर्मचारी, चिकित्सक जता मल्खु उतै ढल्कु

    धरान/  पद र शक्तिको पछि नकुद्ने को होला ? अझ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र त यो कुरा लागू नहुने कुरै भएन । प्रतिष्ठानभित्र स्वार्थ बोकेका यस्ता कर्मचारीहरु ‘जथा मल्खु उतै ढल्कु’ को उखानझै चरितार्थ उतार्ने गरेका छन् । पछिल्लो पटक मन्त्रालयले उपकुलपति डा. गिरीलाई प्रतिष्ठानको काम कारबाहीमा रोक लगाए पनि प्रतिष्ठानको कामलाई सुचारु गर्ने अभिप्रायले स्वास्थ्य मन्त्रालयका कर्मचारी डा. श्याम सुन्दर यादवलाई स्वास्थ्य मन्त्रालयले पठाएको छ । तर अचम्म कुरा त के भने विगतमा उपकुलपति डा. गिरीको हनुमान भएर अघिपछि भएर हिड्नेहरु नै डा. श्यामसुन्दर यादवको स्वागत गर्न

    • प्रकाशित मितिः माघ १३, २०७८
    • 970 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा पत्रकारिता तालिम सम्पन्न

    धरान । प्रेस सेन्टर नेपालको सुनसरी समितिले आयोजना गरेको पाँचदिने आधारभूत पत्रकारिता तालिम सोमबार सम्पन्न भएको छ । निःशुल्क तालिमको समापनको अवसरमा दुईजना प्रशिक्षार्थीलाई नगद पुरस्कार प्रदान गरिएको थियो भने सबै २० जना प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । उत्कृष्ट समाचार लेखनमा प्रकाश राई र अनुशासित प्रशिक्षार्थीका रूपमा सबिता पुरीलाई कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल बरालले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा प्रशिक्षार्थीहरूका तर्फबाटअङ्कित ढुङ्गाना, पुष्पा कटुवाल, उपार्जन चामलिङ र रोजिना लामिछानेले बोलेका थिए । उनीहरूले तालिम उपलब्धिमूलक भएको

    • प्रकाशित मितिः माघ १२, २०७८
    • 1,373 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युनियनद्वारा दुर्घटना रकम हस्तान्तरण

    धरान । दुर्घटनामा परेका सञ्चारकर्मी बुलेट खतिवडालाई नेपाल प्रेस युनियन सुनसरीले बीमा बापतको रकम हस्तान्तरण गरेको छ । मंगलबार खतिवडाकै घरमा गएर युनियन कार्यसमितिले बीमा बापतको रकम हस्तान्तरण गरेको हो । प्रेस युनियन सुनसरीका सचिव विवेक भट्टराईका अनुसार दुर्घटना बापतको ७० हजार रुपैँया रकम हस्तान्तरण गरिएको हो । युनियनले अघिल्लो वर्ष जिल्लाका तीन सय १४ सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको थियो, जसमध्ये दुर्घटनामा परेका तीनजना सञ्चारकर्मीलाई रकम हस्तान्तरण गरिएको छ भने एकजनाको रकम आउने प्रक्रियामा रहेको सचिव भट्टराईले बताए । युनियनले अजोड इन्स्योरेन्समार्फत दुर्घटना बीमा गरेको थियो । यसपटक पनि गर्न

    • प्रकाशित मितिः माघ १२, २०७८
    • 1,090 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘दुहबी खण्डको संरचना हटाइने’

    धरान । लामो समय देखि विवादित बनेको रानी देखि धरान सम्मको छ लेन सडक अन्तर्गतको दुहबी खण्डमा संरचना हटाउन रानी विराटनगर इटहरी धरान सडक योजना सुनसरीले पत्राचार गरेको छ ।मापदण्ड अनुसार दुहबी बजार क्षेत्रमा सडक विस्तार गर्न समस्या बढ्दै गर्दा योजनाको समयावधि लम्बिदै गएकाले योजनाले दुहबी नगरपालिकालाई पत्राचार गर्दै बजार क्षेत्रमा रहेको संरचना खालि गर्न आग्रह गरेको हो । सीमा क्षेत्रबाट १५–१५ मिटर क्षेत्रका घर टहरा हटाउन आग्रह गर्दै योजनाले सडक विस्तारको प्रक्रिया अगाडी बढाएको छ । सडक क्षेत्र यकिन हुन नसक्दा अहिलेसम्म टेण्डर प्रक्रिया समेत अगाडी बढ्न सकेको छैन । लामो समयदेखि स्थानीयको अवरोधको क

    • प्रकाशित मितिः माघ १२, २०७८
    • 1,313 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पत्नी हत्या आरोपमा पति गिरफ्तार

    धरान ।  तिन साता देखि हराइरहेकी धनकुटा नगरपालिका–४ छारागाँउकी ५२ वर्षीया सीता श्रेष्ठको हत्या गरी पुरेको अवस्थामा घरभित्रै शव फेला परेको छ । घरको भुइँतलामा पुरेको अवस्थामा सोमबार शव फेला परेको हो । शरीरमा विभिन्न खालका चोटहरु रहेको र शव गलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज कार्कीले जानकारी दिए । सीता हराएको भनेर २१ पुसमा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको कार्कीले जानकारी दिए । सीता श्रेष्ठका ३० वर्षीय भदा अरूण श्रेष्ठले फूपु हराएको भन्दै पुस २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । सीताको हत्या घरायसी विवादको क्रममा उनकै श्रीमान सीताराम भ

    • प्रकाशित मितिः माघ ११, २०७८
    • 1,419 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘गठबन्धन सरकारद्वारा धनकुटाको बजेट कटौती’

    धनकुटा/ गठबन्धन सरकारले धनकुटाको बिकास बजेट कटौती गरेको भन्दै संघीय सांसद राजेन्द्र कुमार राईले स्थानीयवासी सचेत रहन आग्रह गरेका छन् । गठबन्धन सरकारको कदम संबिधान र कानून बिपरित भएकोले यसका बिरुद्ध आवाज उठाउन राईले धनकुटावासीलाई आग्रह गरेका छन् । राईले छथर जोरपाटी गाउँपालिकाका नागरिकहरुलाई जस्तापाता बितरण कार्यक्रममा वर्तमान गठबन्धनले धनकुटेली जनतालाई गरेको अन्याय प्रति सबैले आवाज उठाउनु पर्ने बताए । उनले भने, ‘अघिल्लो केपी ओली नेतृत्वको सरकारले धनकुटाको बिकासका लागि बिनीयोजन गरेको १० अर्ब मध्ये ७ अर्ब रकम कटौती गरेको छ, रातो किताबमा परिसकेको उक्त योजनाहरु कटौती गरेर वर्तमान देउबा

    • प्रकाशित मितिः माघ ११, २०७८
    • 784 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको भाइरल रोड

    धरान/ धरानबाट पानवारी जाँदै गर्दा यस्तो स्थान आउँछ, जहाँ एक पटक टक्क अडिन मन लाग्छ अनि गोजीबाट मोवाइल झिकेर खिचिक्क फोटो खिच्न मन लागि हाल्छ ।यो स्थानले सवैको मन लोभ्याउँछ र एक छिन अडिएर त्यहाँको हरियाली दृष्यलाई पनि कैद गर्न मन लागि हाल्छ । अनि फोटो फेसवुकमा पोष्ट्याउन हतारो हुन्छ । जुन रोड जंगल वारपार गर्ने त्यहीँ रोड धरानकै भाइरल रोड रातारात वन्दैछ । मनै लोभ्याउने र सुन्दर, शान्त, हरियाली वातावरणले साँच्चै स्वर्गीय अनुभुति दिलाउँछ । वच्चाहास्े, युवा–युवती, वृद्ध–वृद्धा जो कोहीको मनै लाभ्याउँछ । धरान १५ स्थित रम फ्याक्ट्रीदेखि जंगल झिर्ने वितिकै उक्त सडकमा पुगिन्छ । धरान&nd

    • प्रकाशित मितिः माघ ११, २०७८
    • 1,162 पटक पढिएको
    • "रणध्वज लोहार"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved