इलाम/ इलामको राजदुवाली चिसापानी दानाबारी शनिश्चरे सडक खण्डमा पर्ने बुढी सुखानीको पक्की पुल निर्माण कार्य बर्षौँदेखि अलपत्र परेको छ । आर्थिक वर्ष २०६८÷६९ मा स्काई, अजम्बर, शिवराम जेभीले साझेदारीमा उक्त पुलको निर्माण कार्य ठेक्का लिएको डिभिजन सडक कार्यालय इलामले जानकारी दिएको छ । जम्मा भ्याटसहित एक करोड ६२ लाख १२ हजार चार सय ६० रुपैयाँमा ठेक्का सम्झौता गरेकोे थियो । पुल निर्माण गर्ने जिम्मा लिएका कम्पनीका प्रतिनिधिको डिभिजन सडक कार्यालयलाई उपलब्ध गराएको नम्बरमा सम्पर्क गर्दा सो नम्बरनै बन्द गराएको टेलिकमको सन्देश आउँछ । ९० प्रतिशत काम सकिएको भनिएको सो पुलको पुलसम्म पुग्ने सडक र रे
इटहरी । स्थानीय सरकारको अनुमति बिनै शहरको शौन्दर्यलाइ बाधा पुग्नेगरी राखिएका होर्डिङबोड हरू इटहरी उपमहानगरले हटाउन सुरू गरेको छ । होर्डिङ बोर्ड नियमावली २०७६ जारी भएसंगै स्थानीय सरकारले अधिकार प्रयोग गर्दै रक्सि जन्य कम्पनिहरूले राखेको होर्डिङबोर्डहरू हटाइएको हो । इटहरीको मुख्य राजमार्गअन्तरगत स्थानीयहरूको घर भाडामा लिएर राखिएको रक्सि जन्य पदार्थहरूको बिज्ञापन बोर्ड आइतबार उपमहानगरले हटाएको हो । स्थानीय सरकारसंग अनुमति नलिइ करको दायरामा नरहेका र नियमावली बिपरित राखिएको रूसलान भोडका र बिग मास्टर जस्ता पेय पदार्थको बिज्ञापन बोर्ड हटाइएको इटहरी उपमहानगर अन्तरगत राजस्व शाखा प्रमुख नविन भट्टराइले
विराटनगर/ काठमाडौंमा आयोजना हुन लागेको ‘राष्ट्रिय महिला लिग’ फुटबल प्रतियोगिताका लागि विराटनगरको टोलीलाई बिदाइ गरिएको छ । गत वर्षको विजेता टोली विराटनगर महानगरपालिकाका खेलाडीलाई सोमबार महानगरपालिकाका प्रमुख भीम पराजुलीले बिदाइ गरे । ‘महानगरपालिकाले दक्ष र व्यवसायी खेलाडी बनाउन विशेष योजना बनाएको छ,’ खेलाडीलाई बिदाइ गर्दै प्रमुख पराजुलीले भने, ‘गत वर्षको जस्तै खेलाडीले मेहनत गरे यस पटक पनि जित निकाल्न सक्ने छन् । तपाईंहरूले मैदानमा जुन परिश्रम र लगाव गरिरहनु भएको त्यसले पक्कै पनि सफलता दिलाउनेमा विश्वास्त छौं ।’‘यस पटक पनि लिग विजेता भए महानगरपाल
विराटनगर । प्रदेश नं १ सरकारका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि पनि नेकपामा एक समूहबाट अर्को समूहमा सांसद आउने जाने क्रम चलिरहेको छ । पछिल्लो पटक नेकपाका तीन जना सांसद्ले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिएको जनाएका छन । गोपाल बुढाथोकी, जसमाया गजमेर र श्रीप्रसाद मैनालीले अविश्वासको प्रस्ताव फिर्ता लिएको जनाएका हुन । उनीहरुले राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वास दर्ता सम्बन्धी निवेदनमा ३७ जना सांसदसंगै हस्ताक्षर गरेका थिए । तर, उनीहरुले प्रदेशसभामा सामूहिक निवेदन दर्ता गराई नेकपाको सरकारविरुद्ध नेकपाकै सांसद्हरूले अविश्वासको प्रस्ताव दर्ता
विराटनगर । विराटनगरको अवधनारायण मेमोरियल क्लिनिक तोडफोड भएको छ । लापरवाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले क्लिनिक तोडफोड गरेका हुन । मोरङको बेलबारी नगरपालिका वडा नम्बर ८ निवासी ३२ वर्षीया सजना राईको उपचारका क्रममा लापरवाही भई मृत्युको भन्दै आफन्तले क्लिनिक तोडफोड गरेका हुन । उनको पित्तथैलीमा बसेको पथरियाको शल्यक्रिया गरिएको थियो । राईको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार मृत्यु भएको हो । तर, आफन्तले भने अवधनारायण क्लिनिकमा भर्ना गरराई अप्रेसन गर्दा लापरवाहीले मृत्यु भएको आरोप लगाएका छन । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लोकदर्शन थापाले घटनामा
झापा / विगत हप्ता दिन देखि लागेको हुस्सुका कारण सबै भन्दा बढी नोक्सान कृषीमा परेको छ । चिसो बढेपछि किसानले लगाएको हिउँदे साग सिबी काक्रो आलु टमाटर खेतीलाई बढी नोक्सानी भएको छ । पूर्वी झापामा किसानले लगाएका हिउँदे बालीमा ठुलै असर परेको बताउँछन् कृषक खरेल । खरेलका अनुसार लगातार लागेको हुस्सुका कारण एक विघामा लागएको हिउँदे तोरी फुलेको बोलामा अचानक हुस्सु लाग्दा उत्पादन हुन नसकेको हो । पालिका १२ कृषक हरिप्रसाद रिमालका अनुसार अचानक मौसममा परिवर्तन आएपछि रिमालले लगाएको १० कठ्ठा आलुवाली अत्याधिक चिसोको कारण सबै आलु ओइलाएर गएको छ । त्यस्तै कृषक हेमन्त मिश्रले लगाएको टमाटर खेति पनि मर्न थालेको कृषक
सोलुखुम्बु । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-११ बरडाँडामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । आईतवार राती पौने १२ बजे सोलु सल्लेरीबाट नेचासल्यान जाने भित्री सडकखण्डमा २३.५ हाईड्रो साल्मे बाट पुरानो रड र तारहरु बोकि ८६ हाईड्रोतर्फ जादैगरेको ce कम्पनीको बा ४ ख ७९८० नंम्बरको टिफर आफै अनियन्त्रित भई दुर्घटना हुँदा टिपरमा सवार रहेका बाग्मती नगरपालिका-४ मकवानपुरका ३३ बर्षीय राज कुमार मगर, सुरुङगा नगरपालिका-८ सप्तरीका १९ बर्षीय कृष्णराज चौधरी र धार्दिङका ३० बर्षीय कमल मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । सोही दुर्घटनामा घाईते भएका हेटौडा फ
विराटनगर । ‘अरुतिर बनाउनासाथ खाल्डो प¥यो,भत्कियो, कालोपत्रे उप्कियो भनेर गुनासो गर्छन तर हाम्रोतिर दश वर्षअघि बनाएर छाडेको सडक अहिले पनि उस्तै छ,’स्थानीय सत्यनारायण साहले सुनाए,‘साँच्चै राम्रो सडक बनाउन चाहँदा त बन्ने रहेछन ।’ सडक एक वर्ष नपुग्दै भत्किने, खाल्डो पर्ने र भास्सिने गर्छन भन्ने आम मानिसको धारणलाई मोरङको उर्लाबारी–आमवाडी र झापाको पाडाजुँगी–गौरीगञ्ज सडकले गलत सावित गरिदिएका छन । मजबुत र टिकाउ सडक बनेकैले स्थानीय उपभोक्ताले समेत मुक्तकण्ठले प्रशंसा गर्छन । पूर्वका यी दुई सडकले यस क्षेत्रका स्थानीयको मन जितेकै थिए हिजोआज भने ‘राम्रा सडक
धनकुटा÷प्रतिगमनलाई रोक्न संसद विगठन एकमात्र विकल्प भएको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले आज आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोध गर्दै गुहमन्त्री थापाले यस्तो बताएका हुन् । उनले समाजवादको नेतृत्व गरी रहेको देशलाई समृद्धिको दिशामा अघि बढ्दै गर्दा नेकपालाई विभाजन गर्न प्रतिगामी शक्ति लागि परेकोले यसलाई जोगाउन प्रधानमन्त्रीले संसद विघटनको कदम चाल्नु परेको स्पष्ट पारे । राष्ट्रियताको आन्दोलनमा एक भएर लड्नु पर्ने बेलामा प्रचण्ड र माधव नेपालको अपवित्र गठबन्धनले अहिलेको अवस्था आएको समेत बताए । राष्ट्रिय स्वाधिनता र राष्ट्रिय एकताका लाग
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको विवाह यही माघ ११ गते हुने तय भएको छ । राईको विवाह संखुवासभाकी युवती ज्याङमु शेर्पासित काठमाडौमा हुने तय भएको हो । उनका परिवार हाल अमेरिकामा बस्दै आएका छन । यही माघ ११ गते विवाह हुने भएको हो । मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव नवराज राईले दिएको जानकारी अनुसार परिवार तथा आफन्तहरुको सहभागिताबीच काठमाडौमा विवाह हुन लागेको हो । २२ वर्षीया शेर्पा मिस मंगोल २०१८ हुन । विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय मुख्यमन्त्री राई भोजपुर निवासी हुन । उनी विद्यार्थी कालमा राष्ट्रियस्तरका भलिबल खेलाडी थिए । राईको विवाहको प्रसंग उठ्दा उनले छिट्टै नै गर्ने जन