समाचार

    Showing ६५१-६६० of १०,४१५ items.
  • टिका र प्रमाण पत्र पदान गरि सशस्त्रले गर्यो निर्वाचन प्रहरीको बिदाई

    कैलाली/  सुदुर पश्चिम प्रदेशमा सशस्त्र प्रहरी बल, नेपालले आज निर्वाचन प्रहरीलाई विधिवत रुपमा बिदाई गरेको छ ।   सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालयले प्रदेशका सबै जिल्लाहरुमा गरि जम्मा १५१६ जना निर्वाचन प्रहरीको बिदाई गरिएको जनाएको छ ।    फाल्गुण २१ गते सम्पन्न भएको निर्वाचन सुरक्षामा सुदुर पश्चिम प्रदेशको सबै जिल्लाहरुमा गरि १५१६ जना निर्वाचन प्रहरीहरु सशस्त्र प्रहरी बल, नेपाल मार्फत परिचालन भएका थिए । निर्वाचन प्रहरीहरुलाई निर्वाचनका बेला सशस्त्र प्रहरी कर्मचारीहरु संगै परिचालन गरिएको थियो ।    प्रदेशका सम्बन्धित कार्यालयका

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • ३०२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा नगरपालिका स्थापना दिवसको अवसरमा रक्तदान

    वराहक्षेत्र/  वराहक्षेत्र नगरपालिकाले आपनो दशौं स्थापना दिवसको अवसरमा रक्तदा कार्यक्रम आयोजना गरेको छ । चक्रघट्टी स्थित नगरपालिकाको कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना भएको शिविरमा १ सय ३९ पिन्ट रगत संक्कल भएको नगरपालिकाका प्रशाशन शाखा प्रमुख मातृका तिवारीले जानकारी दिए । बिहिवार बिहान नगरपालिकाको आयोजना र नेपाल रेडक्रश सोसाईटी सुनसरीको प्राबिधिक सहयोग तथा समनव्यमा उक्त रक्तदान कार्यक्रम आयोजना भएको थियो । नेपाल रेडक्रस सोईसाटीको रक्त संचार केन्द्र तथा रगतको अभाब भई रहेको र यसले विरामिहरुलाई समस्या बनाई राखेको हुदा रक्त दान जीवन दान भन्ने मुल नारालाई आत्मसाथ गरि नगरपालिकाले

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • ३४९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपीमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब उद्घाटन, नर्सिङ शिक्षामा नयाँ फड्को

    धरान/ बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान अन्तर्गत रहेको कलेज अफ नर्सिङमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब उद्घाटन गरिएको छ। नर्सिङ शिक्षालाई अझ व्यवहारिक, प्रभावकारी तथा गुणस्तरीय बनाउने उद्देश्यले स्थापना गरिएको उक्त ल्याबको उद्घाटन प्रतिष्ठानका उपकुलपति प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठले रिबन काटेर गर्नुभएको हो। उद्घाटन कार्यक्रममा प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. सूर्य प्रसाद संग्रौला, शैक्षिक डीन प्रा.डा. अनुप घिमिरे, परीक्षा डीन प्रा.डा. अन्जु प्रधान, कलेज अफ नर्सिङका चिफ प्रा. रमानन्द चौधरी, मेट्रोन कला थापा, विभागीय प्रमुख, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेख्य

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • २९२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–७ मा जेष्ठ नागरिक पार्क बनेपछि, वडाको मुहार नै फेरियो

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर ७ मा निर्माण गरिएको जेष्ठ नागरिक पार्कले वडाको मुहार नै फेरिएको छ। विगतमा फोहोरमैला बग्ने र दुर्गन्ध फैलिने लिलामार्गस्थित भौडी अहिले सुन्दर पार्कमा रूपान्तरण भएपछि स्थानीयवासी खुसी भएका छन्। पहिले खोलाबाट आउने बाढी र बजारको फोहोर बगेर दुर्गन्ध फैलिने उक्त स्थानमा बस्न त परै जाओस्, हिँड्नसमेत असहज हुने अवस्था थियो। तर पार्क निर्माण भएपछि अहिले सो क्षेत्र धरानवासीका लागि आकर्षणको केन्द्र बनेको छ। बिहानैदेखि व्यायाम गर्न, घुम्न तथा मनोरञ्जन लिन आउने मानिसहरूको भीड लाग्ने गरेको स्थानीयहरू बताउँछन्। वडा नम्बर ७ का अध्यक्ष जीवन सुवेदीको पहलमा नि

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • १,३७० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–काकडभिट्टा रुटको बसमा आगलागी

    धरान/  धरान–काकडभिट्टा रुटमा सञ्चालन हुने एक यात्रुवाहक बसमा आगलागी हुँदा ग्यारेजमा पार्किङ गरी राखिएका अन्य बसहरूमा समेत क्षति पुगेको छ। मंगलबार राति करिब ९ः४० बजे अटल ग्यारेजमा राखिएको बसमा अचानक आगो लागेपछि घटना भएको हो। प्रहरीका अनुसार आगलागी बसधनी कृष्ण बुढाथोकीको को १ ख ६२७४ नम्बरको बसबाट सुरु भएको थियो। आगो फैलिँदा ग्यारेजमा राखिएका प्र १–०१–००१ ख ४०३७, को १ ख ३८४७ र बा ४ ख ५७५९ नम्बरका बसमा पनि आंशिक क्षति पुगेको छ। बसधनी बुढाथोकीले बस ग्यारेजमा राखेर घर फर्किएको केही समयमै आगलागी भएको खबर पाएपछि तत्काल घटनास्थल पुगेको बताए। “बस राखेर घर गएको थिएँ,

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • ५१५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका युवकसहित तीन जना ब्राउन सुगरसहित पक्राउ

    धरान/ सुनसरीमा लागू औषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धरानका एक युवक समेत रहेका छन्। प्रहरीका अनुसार मिति २०८२ फागुन २५ गते बिहान करिब १० बजे इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–४ आर्मी क्याम्प क्षेत्रमा शंकास्पद अवस्थामा बसेका धरान उपमहानगरपालिका–२० का ३३ वर्षीय अर्जुन राईलाई जाँच गर्दा उनको साथबाट १.४ ग्राम ब्राउन सुगर  फेला परेको थियो। प्रहरीले उनलाई उक्त लागू औषधसहित नियन्त्रणमा लिएको छ। त्यसै दिन बेलुका करिब ६:२० बजे इनरुवा नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा अस्थायी प्रहरी पोष्ट बसपार्क इ

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • ६२७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ब्रेन ट्युमरसँग लड्दै धरानका १७ वर्षीय फुटबल खेलाडी

    धरान/ सुनसरीको धरान–६ पानबारीका १७ वर्षीय फुटबल खेलाडी गणेश लिम्बु अहिले ब्रेन ट्युमरसँग जुधिरहेका छन्। उनी हाल काठमाडौंस्थित वीर अस्पतालमा उपचाररत छन्। बाथरुम जाँदा अचानक अचेत भएर ढलेपछि उनको स्वास्थ्य अवस्था गम्भीर बनेको हो। आर्थिक अभावका कारण सुरुमा उनलाई अस्पताल लैजान नसकिएको परिवारले जनाएको छ। घटनाको तीन दिनपछि पानबारी फुटबल क्लबका अध्यक्ष भूपाल राई बिरामीको अवस्था बुझ्न लिम्बुको दिदीको घर पुगेपछि उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको थियो। त्यहाँ केही दिन उपचार गरेपछि थप उपचार सम्भव नभएपछि उनलाई काठमाडौंको वीर अस्पताल पठाइएको अध्यक्ष राईले

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • ९४३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धनकुटाका समस्या संसद्मा उठाउने राईको प्रतिबद्धता

    धनकुटा/ नेकपा एमालेका केन्द्रीय सदस्य तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले धनकुटाका प्रमुख समस्या समाधानका लागि संसद्मा सक्रिय पहल गर्ने बताएका छन्। धनकुटामा आयोजित पत्रकार सम्मेलनमा उनले किसानलाई प्रत्यक्ष असर पारिरहेको बाँदर आतङ्क नियन्त्रणको विषयलाई संसद्मा उठाउने प्रतिबद्धता व्यक्त गरे। यसका लागि आवश्यक नीतिगत व्यवस्था र कार्यक्रम ल्याउन आफूले पहल गर्ने उनले बताए। राईले विवादास्पद मानिएको गाँजा खेतीलाई वैधानिकता दिने विषयमा कानुन संशोधनका लागि पनि पहल गर्ने उल्लेख गरे। यसले ग्रामीण अर्थतन्त्र मजबुत बनाउन सहयोग पुग्ने उनको भनाइ छ। त्यसैगरी कोशी राजमार्गअन्तर्गत भे

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • ३११ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको पानबारीमा पर्यटन प्रबद्र्धनका लागि ‘पानबारी पार्क’ निर्माण सुरु

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका–६ स्थित पानबारी सामुदायिक वन क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पानबारी पार्क निर्माण कार्य सुरु गरिएको छ। पानबारी सामुदायिक वन उपभोक्ता समितिको कार्यालय परिसरमै पार्क निर्माणको काम अघि बढाइएको हो। धरान आधुनिक शहरतर्फ उन्मुख भइरहेका बेला पानबारी क्षेत्रलाई पनि आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित योजना सुरु गरिएको समितिका अध्यक्ष भुपाल राईले जानकारी दिए। उनका अनुसार पार्क निर्माण भएपछि यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण कोशेढुंगा साबित हुने अपेक्षा गरिएको छ। पार्क निर्माणका लागि कोशी प्रदेश सरकार र धरान उपमहानगरपालि

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • ७४३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मनोज भट्टराईले दिए मतदातालाई धन्यवाद

    धरान/सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा चौथो स्थानमा रहे पनि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मनोज भट्टराईले हारलाई सम्मानपूर्वक स्वीकार गर्दै मतदाताप्रति धन्यवाद व्यक्त गरेका छन्। मतगणना सकिएलगत्तै पत्रकार सम्मेलन आयोजना गर्दै भट्टराईले आफूलाई विश्वास गरेर मतदान गर्ने मतदाताप्रति कृतज्ञता व्यक्त गरेका हुन्। प्रतिकूल परिस्थितिका बाबजुद पनि आफूलाई साथ दिने ६ हजारभन्दा बढी मतदाताको समर्थनलाई उनले आफ्नो राजनीतिक सम्पत्ति भएको बताएका छन्। निर्वाचनमा भट्टराईले ६ हजार २५८ मत प्राप्त गरेका छन्। पत्रकार सम्मेलनमा बोल्दै उनले भने, “हामीले पाएको मत संख्

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • ४०१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved