विराटनगर,हातमा दल्ने सेनिटाइजर खाँदा मोरङमा दुईजनाको ज्यान गएको छ ।ज्यान गुमाउनेमा झापाको शिवसताक्षी नगरपालिका–४ घर भई विराटनगर महानगरपालिका–१७ स्थित रघुपति जुटमिलको क्वार्टरमा बस्ने ६५ वर्षीया अम्बिका गिरी र मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डल छन् । किटाणु नष्ट गर्न प्रयोग गरिने सेनिटाइजर खाएर उनीहरू सिकिस्त भएका थिए । उपचारका क्रममा अस्पतालमा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोष खड्काले जानकारी दिए । गिरीले मदिरा भनेर र मण्डलले पारिवारिक विवाद बढ्दा सेनिटाइजर खाएको खुल्न आएको प्रहरीको भनाइ छ । मदिराको नशामा रहेकी गिरीले शनिबार राति ११ बज
इटहरी/ मोरङको सुन्दरहरैँचामा पहिलोपटक ‘वडाध्यक्ष उज्यालो कार्यक्रम’ थालनी भएको छ । सोमबार औपचारिक कार्यक्रम आयोजना गरी वडा नं ४ बाट सो कार्यक्रमको थालनी गरिएको हो । वडाध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले उद्घाटन गर्दै उज्यालो वडा अभियानको थालनी भएको घोषणा गरे । वडामा रहेको कुनै पनि टोललाई अँध्यारोमा नराख्ने घोषणा गर्दै उनले प्रत्येक गाउँमा प्रविधियुक्त बत्ती जडानगरिने बताए । वडा नं ४ को मातृभूमि टोलबाट शुरू गरिएको अभियानअन्तर्गत एकै दिन विभिन्न टोलमा सयभन्दा बढी बत्ती जडान गरिएको बताइएको छ । जडान गरिएका बत्तीहरू प्रविधियुक्त छन् । वडा ४ मा २९ वटा टोल रहेकामा एकै दिन सातभन्
विराटनगर । अब प्रदेश १ सरकारलाई ‘निजीलाई पोस्ने’ गरी यातायात सवारी चालक अनुमति पत्रका लागि ट्रायल परीक्षाको जिम्मा दिने निर्णय तत्काल कार्यान्वयन गर्न कठिन भएको छ । सार्वजनिक लेखा समितिले यस निर्णयबाट पछि हट्न मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारलाई सोमबार निर्देशन दिएको छ । प्रदेश १ मा यातायात कार्यालयले जग्गा भाडामा लिएर निःशुल्क रुपमा ट्रायल सेन्टर संचालन गर्दै आएका थिए । तर, राई आफैंले नेतृत्व गरेको भौतिक पूर्वाधार मन्त्रालयले भने सरकारको निर्णयलाई कार्यान्वयन गर्न यातायात कार्यालयलाई परिपत्र गरी प्रक्रिया नै शुरु गरिसकेको छ । प्रदेश सरकारले गत पुस दोस्रो साता सवारी चालक अनु
विराटनगर अर्थ मन्त्रालयले आगामी बजेटका विषयमा पूर्वछलफल शुरु गरेसँगै प्रदेश १ का व्यवसायीले सुझाव दिएका छन् ।आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटमा समेट्नुपर्ने विषय र क्षेत्रबारे अर्थ मन्त्रालयले प्रदेश १ को राजधानी विराटनगरमा बजेट छलफल आयोजना गरेको छ । नेपाल राजस्व परामर्श समितिले गरेको छलफलमा आयकर छुटको सीमालाई वृद्धि गर्न व्यवसायीले माग गरेका छन् । यो सीमा व्यक्तिका लागि ८ लाख र दम्पतिका लागि १० लाख रूपैयाँ कायम गरिनुपर्ने भन्दै उनीहरूले यस विषयलाई बजेटले सम्बोधन गर्नुपर्ने माग गरे । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नम्बर १ का अध्यक्ष टीकाराज ढकालले कार्यपत्र प्रस्तुत गर्दै भन
धरान/ धरानमा थप एउटा वडा बालमैत्री वडा घोषण भएको छ । सोमबार एक औपचारीक कार्यक्रमको आयोजना गरी धरान १६ नम्बर वडा लाई बालमैत्री वडा घोषणा गरिएको हो ।यो सगैँ धरानमा बालमैत्री वडा घोषण हुने वडाको संख्या १४ पुगेको छ भने ६ वडा अझै पनि घोषणा हुन बाँकी रहेका छन् । स्थानीय शासन रणनिति २०६८ले निर्धारण गरेको सुचकहरु गत चैतमै पुरा गरेको भएपनि कोरोनाका कारण केही घोषणा गर्न केही ढिलाई भएइको वडा बाल सञ्जालका अध्यक्षा ऐनिस रेग्मीले बताए । १६ नम्बर वडाका वडाध्यक्ष दिलकुमार गिरीका अनुसार ३९ वटा सूचकमा तोकिएको नतिजा प्राप्त गरेको र १६ वटा तहगत खुड्किला पार गरेर बालमैत्री वडा घोषणा गरिएको बताए ।उनले
धरान । प्रेस संगठन नेपालको सुनसरी जिल्ला विस्तार सँगै नगर स्तरिय जिम्मेवारी बाँडफाट गरेको छ । नेकपा (ओलि सुमह) निकटका पत्रकारहरुको संगठनले फागुन २ गतेको बैठकले २२ सदस्यीय समिती बिस्तार गरेको थियो । सोमबार जिल्ला बैठकले थप ९ सदस्यहरुलाई मनोनयन गर्दै ३१ कार्यसमिती बनाएको छ । ४५ सदस्यीय जिल्ला कार्यसमितीका थप सदस्यहरु मनोनयन गर्ने जनाएको छ । जिल्ला कार्यसमितीमा रेवती निरौला, सिमा बस्नेत, वेद कुमार सुब्बा, सिर्जना नेपाल, नरेन कुलुङ, विक्रान्त श्रेष्ठ, सनम तामाङ, विकि श्रेष्ठ र मित्र क्षेत्रीलाई मनोनित गरेको छ । त्यसै गरि बैठकले धरान उपमहानगर इन्चार्जमा दामोदर गुरागाई, सहइन्चार्जमा रोशन दाहाल, सं
विराटनगर/ युवाकवि दीपक शम्चूको कवितासङ्ग्रह ‘अनुहारमा आप्पा’ को विमोचन गरिएको छ । कृष्णभूषण बल स्मृति प्रतिष्ठानले प्रकाशन गरेको सो कृतिको विमोचन वरिष्ठ साहित्यकार डा तुलसीप्रसाद भट्टराई, प्राडा टङ्कप्रसाद न्यौपाने, वरिष्ठ आख्यानकार भागिरथी श्रेष्ठ, गीतकारसमेत रहेका प्रदेश–१ प्रहरी तालिम केन्द्रका प्रमुख एसएसपी टेक तामाङलगायतले संयुक्त रूपमा गरेका थिए । ‘अनुहारमा आप्पा’ शम्चूको पहिलो कवितासङ्ग्रह हो । विभिन्न पत्रपत्रिकामा उनका फुटकर सिर्जना प्रकाशित भएका छन् । विमोचित कृतिमाथि समालोचक भूषण ढुङ्गेलले टिप्पणी गरे । उनले कवितासङ्ग्रहमा विभिन्न स्वादका कविताहर
विराटनगर/ बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको जहदा गाउँपालिकाकी अभिभावकविहीन ११ वर्षीया बालिकालाई जर्बजस्ती गरेको आरोपमा ४५ वर्षीय राजेन्द्र सरबरियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार सुनसरीको साहेबगन्जमा नेपाल–भारत सीमा नजिकबाट उनलाई पक्राउ गरिएको हो । पीडितकी ठूलीआमा ३८ वर्षीया पार्वतीदेवी मुखियाले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले सरबरियालाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको बताए । जहदा–१ को धुनीटोलमा बालिकालाई बलात्कार गरिएको आफन्तको दावी
मोरङ/ विराटनगर महानगरपालिका–१८ का २३ वर्षीय सुभाष कामतलाई बन्धक बनाई परिवारसँग १० लाख रुपैयाँ फिरौती माग गर्ने तीनजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर–२० का २० वर्षीय रोहित मण्डल, विराटनगर–१६ का अजय यादव र विराटनगर–६ की २८ वर्षीया सन्ध्या शर्मा रहेको प्रहरीले बताएको छ । उनीहरूले शनिबार दिउँसोदेखि कामतलाई बन्धक बनाएको र परिवारसँग फिरौती रकम माग गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको थियो । सो टोलीले कामतलाई सूचना पाएको दुई घण्टाभित्रै विराटनगर–६ बाट सकुशल उद्धार गरेको प्रहरीको भनाइ छ । मानिस बन्धक बनाएको आरोपम
धरान/ राष्ट्रिय तेक्वान्दो सङ्घको सुनसरी जिल्ला समितिको आयोजनामा यही फागुन २८ र २९ गते सञ्चालन हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि प्रदेश १ का खेलाडी छनोट सम्पन्न भएको छ । इटहरीको कबिर माविमा शनिबार भएको छनोट प्रतियोगितामा प्रदेशभरका दुई सयभन्दा बढी प्रतियोगी सहभागी थिए । तीमध्ये फाइटतर्पm १२ र पुम्सेतर्फ ६ जना गरी १८ खेलाडी छनोट भएका छन् । प्रतियोगितामा सातै प्रदेशबाट एक–एक तथा नेपाल स्कुल स्पोर्टस् फेडेरसन र आयोजकका एक–एक गरी ९ टिम सहभागी हुने राष्ट्रिय तेक्वान्दो सङ्घका प्रदेश १ सचिव सूर्य दङ्गालले बताए । प्रदेश १ बाट महिला जुनियर ३० देखि ३५ केजी तौल समूहबाट पथर