विराटनगर । फागुन २० गतेलाई तय भएको प्रदेश १ को प्रदेश सभा बैठक चैत २ गतेलाई तोकिएको छ ।प्रदेश सभा सचिवालयले सूचना टाँस गरी विहीबार लाइ तय भएको बैठक स्थगित गरी अर्को मिति तोकेको हो । भोलिको बैठकमा यसअघि मुख्यमन्त्री शेरधन राई विरुद्ध पेस भएको अविश्वासको प्रस्तावमाथि छलफल शुरु हुने नेकपा तथा प्रमुख विपक्षी कांग्रेसल अपेक्षा गरेका थिए । तर त्यसअघिनै अर्को मिति तोकिएको हो । अविश्वासको प्रस्ताव संसदमा पेश भई अघिल्लो बैठक स्थगित भएको थियो । यसअघि फागुन ९ गते बैठक बसेको थियो ।
धरान/ पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी सङ्घको उपाध्यक्षमा धरानका व्यवसायी गोपाल श्रेष्ठ निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न सङ्घको १४ औँ वार्षिक साधारणसभाबाट उनी द्वितीय उपाध्यक्षमा निर्वाचित भएका हुन् । उनी १३ वर्षयता धरानमा अरूण पेट्रोलियम पम्प सञ्चालन गरिरहेका छन् । उनी सुनसरी उद्योग वाणिज्य सङ्घका कोषाध्यक्षसमेत रहेका श्रेष्ठ पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनका केन्द्रीय सदस्य तथा कोशी पेट्रोल डिलरका समेत सदस्य हुन् ।
धरान । पछिल्लो समय बढ्दै गएको राजनितिक असंतुलनका कारण सुकुम्बासी आयोगले शुरु गरेको सुकुम्बासी लगत संकलनको काम प्रभावित बनेको छ । सुकुम्बासी आयोगले लगत संकलन गरेर सिफारिस गर्न जारी गरेको ३५ दिने सुचना सकिदाँ पनि कतिपय स्थानीय तहले लगत संकलनको फर्म नै भराएका छैनन् भने कतिपय निकायमा सिफारिस समितीनै बन्न सकेको छैन् । राजनितिक असंतुलनका कारण सबै भन्दा ठुलो प्रभाव धरानमा परेको छ । धरानका १२ हजार २ सय ६६ घरधुरी सुकुम्बासीले आयोगले तोकेको समय भित्रै फर्म भर्न पाएनन् । जसका कारण राज्यले लालपुर्जा दिन्छौं भनेर सिफारिस माग्दा पनि धरान उपमहानगरपालिकामा देखिएको राजनितिक असंतुलनले सुकुम्बासी घरधुरी लालपुर्
वराहक्षेत्र / माझी जातिले मङ्गलबार १५ औँ कोशी पूजा मनाएका छन् । सोमबार राति घर–घरमा दीपावली मनाएका उनीहरूले मङ्गलबार कोशी किनारमा भेला भएर पूजा–अर्चना गर्दै बलि दिए । वराहक्षेत्र नगरपालिकास्थित सप्तकोशीमा आयोजना भएको पूजा नेपाल माझी उत्थान सङ्घ सुनसरीले आयोजना गरेको हो । आदिवासी जनजातिका रूपमा सूचीकृत माझी जातिले नदी पूजाको रूपमा हरेक वर्ष फागुन महिनाको तेस्रो मङ्गलबार कोशीमा मनाउने गरेको छ । उनीहरूले कोशीबाहेक अन्य नदी, ताल, तलाउमा पनि पूजा गरी पुख्र्यौली पेशा नाउ चलाउँदा र माछा मार्दा कुनै भवितव्य नहोस् भनेर भाकल गर्ने गर्छन् । यस क्रममा भैँसी, सुङ्गुर, हाँस, कुखुरा र खसीको
इटहरी नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले मुलुकका अधिकांश प्रमुख दलका नेताहरू राष्ट्रघाती रहेको प्रमाणित भइसकेको बताएका छन् । इटहरीमा मङ्गलबार आयोजित आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । चुनावको बेला आपूmलाई राष्ट्रवादी बताउने सबै नेता चुनाव जितेर सत्तामा पुगेपछि पद र पैसाको लोभले देशप्रति जिम्मेवार नबनेको अध्यक्ष कट्टेलको आरोप छ । रणनीतिक संयुक्त मोर्चाले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष कट्टेलले मुलुकमा विद्यमान् राजनीतिक परिघटनाका कारण देशवासी अलमलमा परेको र यसको जिम्मा सरकार आपैmँले लिनुपर्नेमा जोड दिए । नेकपाभित्र देखिएको गुटबन्दीका कारण देशवासी च
धनकुटा/ धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरको आफ्नै लोगो सार्वजनिक गरेको छ । जिल्लाका सातवटै पालिकामध्ये महालक्ष्मी नगरपालिकाले पहिलोपटक आफ्नै लोगो प्रयोगमा ल्याउन लागेको हो । नगरको छैठौँ नगरसभाले लोगो अनुमोदन तथा सार्वजनिक गर्ने निर्णय पारित गरेको छ । महालक्ष्मीको नक्साभित्र निर्माण गरिएको लोगोमा स्थानीय ठाउँ, उत्पादन र परिवेश झल्कने विषय समावेश गरिएको नगर प्रमुख परशुराम नेपालले बताए । उनले अब नगरले यही लोगो प्रयोग गर्ने जनाए । ‘नगरपालिका स्थानीय सरकार भएकाले आफ्नै लोगो प्रयोग गर्न लागेका हौँ ।’ नेपालले थपे । नगरपालिकाको लेटरप्याडसहित नगरका विभिन्न गतिविधिमा लोगो प्रयोग गरि
ताप्लेजुङ । ताप्लेजुङको दोश्रो ठूलो बजार दोभानमा आगलागी चपेटमा परेको छ । आगलागीबाट बजार तहस नहसको अवस्थामा पुगेको छ । मेरिङदेन गाउँपालिका ३ खाम्लुङमा मंगलबार बिहान स्थानीय भोलानाथ पौडेलको घरबाट आगो उठेको थियो । विधुत चुहावट(सर्ट) भई शुरु भएको आगोले अन्ततः बजारका ४९ वटा घर खरानीमा परिणत गरिदियो । विहान ९ः२५ बाट शुरु भएको आगलागी नियन्त्रण गर्न फुङलिङबाट गएको दमकल नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीलाई हम्मेहम्मे परेको थियो । स्थानीय दिपेश कार्कीका अनुसार आगोले दोभान बजारलाई उजाड बनाई दिएको छ । उनले भने,“सम्पूर्ण रुपमा बजार खरानीमा परिणत भएको छ ।” आगलागीबाट दोभान
धरान/ प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनालले जातीय विभेद तथा छुवाछुतलगायत विभिन्न समस्याबाट पीडित वनाइएको दलित समुदायको समग्र विकासका लागि उनीहरूलाई राजनैतिक संरक्षण दिनु आवश्यक रहेकोमा जोड दिएका छन् । नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घको आयोजनामा जनकपुरमा सम्पन्न ‘दलित समुदायको संवैधानिक अधिकार कार्यान्वयनमा प्रदेशस्तरीय सरोकारवाला निकायको भूमिका र भावी रणनीति’ विषयक संवाद कार्यक्रममा मन्त्री सोनालले यस्तो बताएका हुन् । दलित समुदायको विकासका लागि प्रदेश नं २ सरकार संवेदनशील रहेको बताउँदै उनले नेपालमा पहिलोपल्ट प्रदेशस्तरीय दलित सशक्तीकरण ऐन ल्य
धरान । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) सग वार्ता गर्न सरकारले २ सदस्यी वार्ता टोली गठन गरेको छ । सरकारका प्रवक्ता एवम सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरि २ सदस्यी र्वाता टोली गठन गरिएको बताएका हुन् । उनले गृहमन्त्री रामबहादुर थापा(बादल)को संयोजकत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सहितको दुई सदस्य टोली गठन गरिएको बताए । मन्त्री गुरुङले छिटै वार्ता हुने विश्वास पनि व्यक्त गरेका छन् । साथै नेपाललाई शान्त बनाउने र सशस्त्र समूह सबैलाई शान्ति प्रक्रियामा ल्याउने सरकारको तयारी रहेको उनको
विराटनगर,हातमा दल्ने सेनिटाइजर खाँदा मोरङमा दुईजनाको ज्यान गएको छ ।ज्यान गुमाउनेमा झापाको शिवसताक्षी नगरपालिका–४ घर भई विराटनगर महानगरपालिका–१७ स्थित रघुपति जुटमिलको क्वार्टरमा बस्ने ६५ वर्षीया अम्बिका गिरी र मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डल छन् । किटाणु नष्ट गर्न प्रयोग गरिने सेनिटाइजर खाएर उनीहरू सिकिस्त भएका थिए । उपचारका क्रममा अस्पतालमा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोष खड्काले जानकारी दिए । गिरीले मदिरा भनेर र मण्डलले पारिवारिक विवाद बढ्दा सेनिटाइजर खाएको खुल्न आएको प्रहरीको भनाइ छ । मदिराको नशामा रहेकी गिरीले शनिबार राति ११ बज