उद्योगहरुमा १४ घण्टा लोडसेडिङ : विद्युत उपलब्ध गराउन उद्योगीहरुको माग

  • चैत १६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । दैनिक १४ घण्टा सम्म लोडसेटिङ भएका कारण उद्योग सञ्चालनमा समस्या आएको भन्दै मोरङका उद्योगीहरुका संगठनले नियमित विद्युत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघले सयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दैनिक १४ घण्टा सम्म हुने गरेको लोडसेडिङ हटाउन माग गरेका हुन् ।

वर्तमान चूनौतिपूर्ण अवस्थामा सरकार, प्राधिकरण एवं सम्बन्धीत निकायले जिम्मेवारी एवं जवाफदेहिता बहन गर्दै विद्युत आपूर्ति अवरुद्ध भई उद्योग व्यवसाय ठप्प हुने अवस्थामा राष्ट्रले व्यहोर्नुपन चेतावनी दिदै ब्यापरीहरुले हाल देखिएको उर्जा संकटलाई अविलम्व समाधान गरी उद्योगहरुमा निरन्तर विद्युत आपूर्तिको व्यवस्थाका लागि अनुरोध समेत गरेको छ ।

‘प्राधिकरणका जिम्मेवार पदाधिकारीहरुबाट उद्योग उद्योग मै पुगेर चाहिएजति विद्युत दिन्छौं भन्दै लगानी बढाउन प्रेरित गरिरहेको तर अहिले एक्कासी मुल्य वृद्धि भयो विद्युत आयात गर्न सकिएन भन्नु हाम्रो उर्जाको वास्तविक अवस्थाका वारेमा आमजनतालाई गुमराहमा राखेको हामीले ठहर गरेका छौ’ विज्ञप्तिमा भनिएको छ ।

उद्योगलाई आवश्यक विद्युत उपलब्ध गराउने दायित्वको सरकारको हो, मुल्य कति पर्छ भन्ने विषय सरकारको भएकाले उद्योग व्यवसाय संचालन गर्न आवश्यक विद्युत नियमित आपूर्ति गरिनु पर्दछ भन्ने हाम्रो माग छ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा नेपाल उद्योग परिसंघका अध्यक्ष भिम घिमिरे,मारङ ब्यापार संघका अध्यक्ष नबिन रिजाल तथा उद्योग संगठन मारङका अध्यक्ष सुयश प्याकुरलले हस्ताक्षर गरेका छन्।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved