समाचार

    Showing 6,441-6,450 of 10,040 items.
  • गर्मीले बीपीमा विरामीको चाप बढ्यो

    धरान । पछिल्लो समय बढ्दै गरेको गर्मीका कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीको अत्याधिक चाप बढेको छ । गर्मीका कारण झाडापाखालाका विरामीहरु बढेको प्रतिष्ठानले जनाएको छ । विरामीको चापकै कारण अहिले विरामीले सहज रुपमा उपचार गराउन नपाइरहेको गुनासो समेत बढिरहेको छ । अत्याधिक बढेको चापका कारण विरामीले विल काट्न नै धौ धौ पर्ने गरेको छ । छालाको समस्या लिएर प्रतिष्ठान आएका सप्तरीका रामेश्वर यादवले उपचार गरेर त्यही दिन फर्किने चाहे पनि उनी फर्किन पाएनन् । विल काट्न नै समय लागेपछि चिकित्सकलाई देखाउन ढिलाई भएपछि भोलिपल्टमात्रै चेकजाच गर्न भ्याएका थिए । उनले भने, ‘विल काट्

    • प्रकाशित मितिः चैत २४, २०७८
    • 1,561 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • घर बनाइदिने बहानामा ठगि

    धरान । विदेशबाट फण्ड आएको भन्दै घर बनाइदिने बहानामा ठगि गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको रंगेलीका अतिविपन्न परिवारलाई घर बनाईदिने प्रलोभनमा पारेर रकम असुली गर्दे हिड्ने सुनसरी भोक्राह गाउँ पालिका ४ वस्ने बर्ष ५० का दिपेन्द्र उरावलाई प्रहरीले पक्राउ गरेको हो । उरावले असोज महिना देखि गाउँ घरमा गएर बिदेशी फन्डबाट घर वनाउन लगानी गरिदिने भन्दै प्रति घर ५० हजार रुपैयाँ उठाउने गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । घर निर्माणमा ५० हजार रुपैयाँ तिरे पछि सम्पुर्ण काम पूरा गर्ने र आफुले कुनै समाग्री नदिनु पर्ने भन्दै ठगी गर्दे हिडिरहेको अवस्थामा उनलाई गत १६ गते सुनवर्षी नगरपालिका ९

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 1,031 पटक पढिएको
    • "रबिन्द्र बराल"
  • सवारी दुर्घटनाबाट १ महिलाको मृत्यु

    धरान । झापाको बुद्धशान्ति गाँउपालिका ३ स्थित मेची राजमार्गमा सवारी दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थानकी ३८ बर्षीय शान्त सुब्बा रहेकी छिन् । मगंलबार बेलुका पौने ७ बजे दक्षिण तर्फ जादै गरेको प्रदेश १ ०१ ०१३ प ४४९८ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउदै गरेको प्रदेश १ ०१ ००१ च ७८३८ नम्बरको पिकअप भ्यानले ठक्कर दिदाँ घाईते भएकि मोटरसाईकल पछाडि सवार सुब्बाको उपचारको क्रममा बि एण्ड सि अस्पताल बिर्तामोडमा मृत्यु भएको हो भने मोटरसाईकल चालक ४२ बर्षीया कविता लिम्बुको सोहि अस्पतालमा उपचार भईरहेको छ । पिकअप र चालक पाँचथर हिलिहाङ गाउपालिका ६ का हर्क यावालाई ईलाका प्र

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 952 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पानीमा डुबि बालकको मृत्यु

    धरान । मोरङको धनपालथान गाउँपालिका ३ डकुवा डाँडा स्थित ABC ईटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबि एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ईटाभट्टाका कामदार भारत वेष्ट बंगालका लालतन आलमको २ बर्षीय छोरा अरमान मिँया रहेका छन् । मगंलबार दिउँसो साढे २ बजे खेल्ने क्रममा खाल्डोमा जमेको पानीमा डुबि अचेत अवस्थामा आफन्तले फेला पारी तत्काल उपचारको लागी कोशी अञ्चल अस्पताल बिराटनगर ल्याएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेके हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाृे छ ।

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 849 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • करेन्ट लागि एक जनाको मृत्यु

    धरान । झापाको हल्दिबारी गाउँपालिका २ पशुपति चोक स्थितमा करेन्ट लागि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका ५ का ४८ बर्षीय बिक्रम तामाङ रहेका छन् । बुधबार बिहान सवा ७ बजे कन्चन निर्माण सेवाको बा.१ ज ७७४७ नम्वरको टिफरबाट गिट्टी अनलोड गर्ने क्रममा टिफरले बिधुतको तारमा छुँदा करेन्ट प्रवाह भई टिफर चालक तामाङ घाईते भएकोमा तत्काल उपचारको लागि बि एण्ड सि अस्पताल बिर्तामोड लगिएकोमा अस्पतालमा पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 1,220 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुरक्षित सेयर लगानी शिक्षा

    धरान । काठमाडौमा केन्द्रीय कार्यालय रहेको अनलाइन सेक्युरेटीज प्रालि (ब्रोकर नम्बर–४९) ले धरानमा सेयर लगानीकर्ताहरु माझ सेयरमा सुरक्षित लगानीको उपाय तथा लगानीकर्ता शिक्षा कार्यक्रम सोमबार सुनसरीको धरानमा सम्पन्न गरेको छ । धरान ८ भोटेपलु स्थित रहेको होटेल गजुर प्यालेसमा एक कार्यक्रमको आयोजना गरी कम्पनीले धरानमा रहेका आफना सेवाग्राहीहरूसँग सुरक्षित लगानीका उपाय विषयमा नुवाकोट,बर्दिबास पछि सुनसरीको धरानमा अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरेको धरान शाखा प्रमुख सुजन निरौलाले बताए । धरानका व्यापारी, व्यवसायी तथा पुँजी बजार सँग सरोकार राख्ने करिब २ सय जनाको उपस्थिति रहेको थियो भने जे

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 1,021 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बसन्तखोलामा झोलुंगे पुल निर्माण

    धरान । धरानको बसन्तटार स्थित बसन्त खोलामा झोलुङ्गगे पुल निर्माण भएको छ । धरान उपमहानगरपालिका सहित, स्थानीय र अन्य दाताको सहयोगमा पुल निर्माण भएको हो । झोलुंगे पुलनिर्माण भएपछि तिन सय घर धुरीका आठ सय जनसंख्या लाभान्वित भएका छन् । दैनिक आवतजावतमा स्थानिय विद्यार्थीहरुलाई विद्यालय आउन सहज हुने भएको छ । पुल निर्माण पश्चात दानाबारी, पत्रङ्गबारी र बसन्तटार क्षेत्रका स्थानीयलाई धरान बजार आउन सहज भएको स्थानीयको भनाई छ । वर्षामा सेउती खोलामा आउने बाढीका कारण धरान सँगको सम्बन्धनै टुट्ने गर्दथ्यो । वर्षामा जोखिमपुर्ण यात्रा गर्नु पर्ने बाध्यता पनि हटेको उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र राईले बताए ।

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 1,063 पटक पढिएको
    • "सिर्जना राई"
  • नयाँ शैक्षिक सत्र वैशाखमै

    धरान । सरकारले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान वैशाख महिनामै सञ्चालन गर्न सबै स्थानीय तह र विद्यालयहरुलाई निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कार्यतालिका सहित विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको हो । ‘व्यवस्थापन समितिको बैठकबाट नै निर्णय गराई कार्यतालिका सहित विद्यार्थी भर्ना कार्यक्रम २०७९ वैशाख महिनामा नै सञ्चालन गर्ने, केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ । विकास केन्द्रका प्रवक्ता डिल्ली लुइँटेलले नयाँ भर्नाका लागि रेडियो, एफएम लगायत माध्यमबाट प्रचारप्रसार गर्न पनि स्थानीय तह र विद्यालय

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 1,095 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बीपीमा सुधार : आकस्मिक कक्षमा वेड र ट्रली थपियो

    धरान । पछिल्लो समय बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सुधारका लागि विभिन्न चरणमा आन्दोलनहरु चर्किरहेको छ । प्रतिष्ठानको सेवा सुविधा सुधारको माग गर्दै स्थानीय सँगै चिकित्सकहरु पनि आन्दोलनमा रहेका छन् । यसै बिचमा प्रतिष्ठानले प्रतिष्ठानको सेवा र सुविधा सुधार गर्न थालेको छ । बिरामीको चाप बढे सँगै आवश्यक सेवा सुविधाहरु थप गर्न थालेको छ । प्रतिष्ठानले आकस्मिक कक्षमा वेड र ट्रली थप गरेको छ । विरामीको चाप बढे सँगै आवश्यक वेड अभाव हुँदा विरामीले भुईमै उपचार गराउनु पर्ने बाध्यता अब हटेको छ । आकस्मिक कक्षमा विरामी बोक्न प्रयोग गरिने ट्रली पनि थप गरे पछि सहजता हुने विश्वास गरिएको छ । ए

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 1,422 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बालिका हत्या प्रकरण : साथिकै संलग्नताको आशंका

    धरान । ट्युसन पढन गएकी उदयपुर बेलका नगरपालिका ३ बुद्धचौकीकी एक १५ वर्षिय बालिकाको हत्या भएको छ । मंगलबार विहान घरबाट ट्युसन पढ्न निस्किएकी बालिका कविता सुनवारको जशोधा खोलामा हत्या भएको हो । उनको शव बिहान ७ बजे खोला किनारामा स्थानीयले देखेपछि इलाका प्रहरी कार्यालय रामपुरलाई जानकारी गराएका थिए । घटनाको प्रकृति हेर्दा हत्या भएको देखिए पनि प्रहरीले यसको पुष्टि गरिसकेको छैन । जिल्ला प्रहरी कार्यालयका एसपी सुवासचन्द्र बोहोराले अनुसन्धानका क्रममा कर्तव्य गरी हत्या भएको जस्तो देखिए पनि अहिले नै यकिन गर्न नसकिने बताए । उनले अनुसन्धानका लागि केन्द्र र प्रदेश प्रहरीसँग समन्वय भइसकेकाले अनुसन्धानपछि मात

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 1,460 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved