समाचार

    Showing 6,431-6,440 of 8,640 items.
  • कोभिड विरुद्धको खोप लगाउने थोरै

    धरान/ कोभिड–१९ को महामारी विश्वभरि फैलिएपछि यसको रोकथामका लागि खोपसमेत उत्पादन भइसकेको छ । लामो समयपछि उत्पादन भएका खोपहरू नेपालमा समेत लगाउन थालिएको हो । भारत र चीनको सहयोगमा ल्याइएका त्यस्ता खोप लगाउनेको सङ्ख्या भने जनचेतनाको अभावका कारण कम रहेको पाइएको छ । धरान–१४ मा खोप लगाउन पुगेका ६० वर्षीय चन्द्रमणि न्यौपानेले खोप लगाउँदा कोरोना सर्छ कि सर्दैन भन्ने अन्योलमै खोप लगाएको बताए । सामाजिक सञ्जालमा आएका प्रचार र बाहिर सुनिएका हल्लाका कारण खोप लगाउनेको सङ्ख्या थोरै भएको उनकै भनाइबाट प्रस्ट हुन्छ । उनले भने, ‘कसैले यो प्रयोगका लागि आएको औषधि भने, कसैले के भने, हल्लैहल्ला

    • प्रकाशित मितिः चैत ३, २०७७
    • 699 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • निगमको ट्यांकरमै राखेर भारततर्फ डिजेल तस्करी, दुई भारतीय पक्राउ

     विराटनगर । भारतबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरबाटै पुनः भारततर्फ डिजेल तस्करी गर्ने कार्यमा संलग्न दुई जना भारतीय पक्राउ परेका छन । विराटनगर महानगरपालिका वडा नं. ४ कन्चनबारी स्थितमा रहेको नेपाल आयल नियम १ नं. प्रदेश कार्यालयबाट भारत जिल्ला अररिया मिरगन्ज बस्ने वर्ष २६ को मोहमद सजाद र वर्ष २१ को ईमरोज आलम पक्राउ परेका हुन । उनहिरुले को १ ख ५९१२ नम्बरको ट्याङकरमा निगमको विनियम तथा प्रचलित कानुन विपरित पेट्रोलियम पदार्थ अपचलन गरी राजश्व चुहावट गरेको प्रहरीको भनाई छ । दुबैले नेपालतर्फबाट ट्यांकरमै लोड गरेर पुनः भारततर्फ डिजेल तस्करी गर्ने तयारी गरेका थिए । बुढीगंगा गाउँपालिकाको

    • प्रकाशित मितिः चैत २, २०७७
    • 829 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुरक्षामा बाधक बन्दै भारतीय नाका : जति कडाइ, त्यति तस्करी

    इटहरी /  एक साताअघि सुनसरीको भन्टाबारी नाकाबाट ठूलो मात्रामा लागूऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको प्रहरीले त्यसकै भोलिपल्ट अर्काे सीमा क्षेत्रबाट हतियारसहित एकजनालाई पक्राउ गरेको थियो । सुनसरीसँग सीमा जोडिएका हरिनगरा र भन्टाबारीबाटै प्रहरीले अवैध बोइलर कुखुरा, अन्डा र लत्ताकपडाहरू पनि बरामद गरकेको छ । जाँचकै क्रममा प्रहरीले आइतबार पनि भन्टाबारी नाकाबाटै अवैध रूपमा सुनसरीमा ल्याइँदै गरेको अवस्थामा को विभिन्न जातका १०० किलो माछा बरामद गरी नष्ट गरेको छ । यसरी भारतीय नाकाहरूबाट दैनिकजसो तस्करी बढ्न थालेपछि पछिल्लो समय नेपाल प्रहरी थप चुनौतीको सामना गर्न बाध्य बनेको छ । नेपाल स

    • प्रकाशित मितिः चैत २, २०७७
    • 1,049 पटक पढिएको
    • "तेजबहादुर बन"
  • चतराको स्वास्थ्य केन्द्रमा थप सेवा सञ्चालन

    वराहक्षेत्र / वराहक्षेत्र–२ को चतरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रले फिजियोथेरापी र थाइराइड परीक्षण सेवासहितको प्रयोगशालासञ्चालनमा ल्याएको छ ।नयाँ स्वास्थ्य सेवा आइतबार उद्घाटन गरिएको छ । सो अवसरमा स्वास्थ्य उपकरण हस्तान्तरण एवम् सम्मान कार्यक्रम पनि गरिएको थियो । केन्द्रले आन्तरिक व्यवस्थापनमा सञ्चालन हुने गरी सेवा विस्तार गरेको हो । केन्द्रको सभा हलमा सम्पन्न कार्यक्रममा चक्रघट्टीको न्यू सङ्गीता मेडिकल हलले फिजिसियन स्वास्थ्य उपकरण र सेवाग्राही प्रतीक्षालयका लागि कुर्सीहरूसमेत हस्तान्तरण गरेको छ । मेडिकल हलका सञ्चालक सुरेन्द्रप्रसाद गुप्ताले ५ लाख रूपैयाँ बराबरका सामग्री प्रद

    • प्रकाशित मितिः चैत २, २०७७
    • 1,125 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेशसभा बैठक फेरि अनिश्चित : अब के हुन्छ मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव ?

    विराटनगर/ प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चित कालका लागि स्थगित भएको छ । सोमबारका लागि तय भएको बैठक प्रदेशसभा सचिवालयले आइतबार सूचना टाँस गरेर स्थगित गरेको हो । मुख्यमन्त्री शेरधन राईविरुद्ध सदनमा अविश्वास प्रस्ताव पेस भएको छ तर यस विषयमा छलफल हुने कि नहुने भन्ने प्रक्रियागत अन्योलबीच प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले सूचना टाँस गरी बैठक स्थगित गरिदिएका छन् । प्रदेशसभा सचिवालयकी प्रवक्ता चमिला भट्टराईले अर्को बैठक कहिले बस्ने भन्ने टुङ्गो नभएको जानकारी दिइन । भनिन्, ‘फेरि छलफल भई अर्को बैठकको मिति तोकिनेछ ।’ प्रमुख विपक्षी काङ्ग्रेसले सरकार संसद्प्रति गैरजिम्मेव

    • प्रकाशित मितिः चैत २, २०७७
    • 686 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • भैँसी फारममा आगोलागी

    वराहक्षेत्र/  वराहक्षेत्र–५ को इन्द्रेणी टोलस्थित वराह कृषि फारममा आइतबार बिहान ४ बजेतिर आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगोलागीबाट ४ वटा माउ भैंसी र बाख्राका ३ वटा पाठा जलेर मरेका छन् भने ४ वटा माउ भैंसी, २ पाडा र १ पाठा घाइते भएको महेन्द्रनगर इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार आगो नियन्त्रणका क्रममा फारमका सञ्चालक ६१ वर्षीय अमरबहादुर कार्की गम्भीर घाइते भएका छन् । उनको शरीरको पछाडिको भाग र टाउको जलेको छ । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचार भइरहेको छ । आगोलागीमा ३१ वर्षीय हरि खत्री पनि सामान्य घाइते भएका छन् । उन

    • प्रकाशित मितिः चैत १, २०७७
    • 1,571 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पानीको मुहान फोहोरै फोहोर : सरसफाइमा ध्यान गएन

    धरान/ धरान नगर क्षेत्रमा पानी आपूर्ति हुने मुख्य मुहानहरू सर्दू, खर्दू र तामाखाम जलाधार क्षेत्रमा वनभोज खानेहरूले फोहोर गर्ने गरेका छन् । ती मुहानको सरसफाइमा भने सरोकारवालाहरूले चासो दिएको पाइँदैन । जनसरोकार मञ्चले नेपाल खानेपानी संस्थानको शाखा र अहिले खानेपानी बोर्डलाई पटक–पटक ध्यानाकर्षण गराए पनि सम्बन्धित पक्षले यसतर्फध्यान दिन सकेको छैन । मेयर तिलक राईले भने यो विषयमा उपमहानगरपालिका गम्भीर रहेको बताए । ‘जलाधार क्षेत्रमा फोहोर गर्ने हामी धरान नगरवासी नै हौँ’, उनले भने, ‘मुहान क्षेत्र सफा राख्ने सबैको जिम्मेवारी हो ।’ मुहान क्षेत्रमा फोहोर नफाल्न उनले नगरव

    • प्रकाशित मितिः चैत १, २०७७
    • 913 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • वराहक्षेत्रमा कांग्रेसद्बारा नगर सभा बहिस्कार

    चतरा / शुक्रवार आयोजना भएको वराहक्षेत्र नगरपालिकाको सातौ नगर सभा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिस्कार गरेका छन् । नेपाली कांग्रेस नगर कार्य समिति वराहक्षेत्रको हुइप अनुसार बिहान सम्पन्न नगर कार्यपालिका सदस्यको बैठक समेत बहिस्कार गरेका थिए । ३ वडाध्यक्ष सहित १२ जना जनप्रतिनिधिहरुले मध्यायनबाट सुरु नगरसभा लिखित असन्तुष्ट पत्र बुझाउदै बहिस्कार गरेका थिए । साढे ३ वर्षको नगरपालिका सञ्चालनमा मेयर निलम खनालले एकलौटि निर्णय गर्देे काम गरेको , ढेक्का पट्टा, टेन्डरमा सेटिङ्ग गरि कार्यक्रता रिजाउने गरेको, बिकास निर्माणमा एक्लौटि गरि राजनैतिक आग्रह पुर्वाग्र र मिलेमतो गरि आर्थिक अपचलन ग

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 908 पटक पढिएको
    • "संगम बिष्ट"
  • खेतीयोग्य जमिन मासिँदै, कृषकहरू अन्य पेशामा पलायन

    धरान/ राज्यले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर कृषि उत्पादनमा जोड दिँदै कृषकको जीवनस्तर उकास्ने र कृषि क्षेत्रलाई मुख्य र दिगो आय स्रोतको रूपमा विकास गर्ने नीति बनाए पनि वर्षेनी खेतीयोग्य जमिन प्लटिङ हुने क्रम रोकिएको छैन । खेतीयोग्य जमिन प्लटिङ हुन थालेपछि कृषि पेशामा लाग्नेहरू दिन प्रतिदिन अन्य पेशा अङ्गाल्न बाध्य भएका छन् । धरान उपमहानगरपालिकाले ४, ५, ६, १७ र २० नम्बर वडालाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्ने नीति लिएको छ तर शहरीकरणसँगै कृषियोग्य जग्गा धमाधम प्लटिङ हुँदै जाँदासमेत उमनपाले प्लटिङलाई रोक्न सकेको छैन । उपमहानगरले आप्mनो क्षेत्रमा पर्नेे साविकका पाँचकन्या र विष्णुपाद

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 1,168 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • जग्गा दलालको चङ्गुलमा परेर दलित परिवार घरबारविहीन

    सुनसरी/  जग्गा दलालहरूको चङ्गुलमा पर्दा मोरङको सुन्दरहरैँचाका एक दलित परिवार घरबारविहीन बनेको छ ।दलालहरूकै मिलोमतोमा दलित परिवारलाई घरबारविहीन बनाइएको हो । दलालहरूले फर्जी चेक दिएर एक कट्ठा घडेरी नामसारी गर्न लगाएपछि दलित परिवार घरबारविहीन बनेको हो । एक कट्ठा जग्गा महङ्गो मूल्यमा बिक्री गराइदिने भन्दै जाली चेकको झूटो विश्वासमा पारेर दलालहरूले जग्गा रजिस्ट्रेसन पास गर्न लगाएपछि ५५ वर्षीय लक्ष्मीप्रसाद दर्जीको परिवार घरबारविहीन बन्न पुगेको हो । सुन्दरहरँैचा–१० का छिमेकी बिचौलियाहरू ठगेन्द्र र तारा गुरागाईंसहित इटहरी बस्ने लक्ष्मी थापाको समूहले फर्जी चेक दिएर जग्गा हडपेका छन् । द

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 895 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved