जल्पादेवीमा धार्मिक पर्यटक बढ्दै

  • चैत २५, २०७८
  • "चुनु परियार"
alt

धरान । धनकुटा स्थित शहिदभूमि गाउँपालिका बिप्लेडाँडामा घनघोर जंगलको बीचमा अवस्थित छिन्ताङ जल्पादेवी मन्दिरमा धार्मिक पर्यटकहरु बढ्दै गएका छन् ।

१८ औं पुस्ताको पुजारी नागचुङग डगेन्द्र राईका अनुसार मन्दिरमा औंसी र आइतबार बाहेक सधै नियमित बेलुका ५ बजेपछि मात्र पूजाआजा हुने गरेको छ । मन्दिरमा सुँगुर, खसी बाहेक परेवा, कुखुरा, बोका, हाँस र राँगाको बली चढाइने गरिएको उनले बताए ।

पुजारी राईका अनुसार मन्दिरको विशेषता बाँसको कुनैपनि टुप्पो छैन भने यहाँ धुनीको रुपमा रातदिन कहिले पनि ननिभ्ने गरी आगो बालिने गरिन्छ । मंसिरे र बैशाखे पूर्णेमा भब्य मेला लाग्ने मन्दिरमा बलि चढाइएको प्रसादको रुपमा रहेको मासुलाई पकाएर सबै खाएर, सकेरै जानुपर्ने र तमोर नदी कटाएर लान नमिल्ने कथन रहेको छ । एउटा अण्डा भएपनि भाकल बुझाउनुपर्ने परम्परा रही आएको र नबुझाएमा अनिष्ट समेत हुने पुजारी राईको भनाइ छ ।

छिन्ताङदेवीको दर्शन गर्न गएका तमोर नदीको तिरमा भेटिएका धरान ५, पाँचकन्या निवासी धामी गोपाल कार्की तमोर नदीमा पूजा र छिन्ताङदेवीसँगको सम्बन्ध रहेको बताउँछन् । उनी भन्छन्, ‘यहाँको किंवदन्ती अनुसार जो कोहीले पनि यदि जोकोही छिन्ताङदेवीको भाकल बुझाउन जान्छन्, उनीहरुले फर्केर तमोर नदीमा आएर पूजाआजा गर्नैपर्छ । यदि पूजा नगरे भाकल पूरा हुँदैन ।’

मन्दिर परिषरमा ५ सय वर्ष अघि आफै उम्रेको रुख रहेको छ । नागचुङग जातिको पहिलो पुस्ताले आफ्नो जीविकोपार्जनका लागि खानेकुरा र बेसारको खोजीमा आँखिभुई भन्ने ठाउँमा पुग्दा एउटा ब्यक्तिले करकलोको पातमा चिसो माटो दिँदै त्यो व्यक्तिले यो तिमीले लिएर जादाँ जहाँ खुट्टाले ठेस लागेर लड्छौ त्यही स्थानमा यो समान छोडिदिनु भनेको तर त्यो ल्याउने मान्छेले बिर्सेर आफ्नो घरको छानामुनि सिउरेर राखेको किंवदन्ती छ ।

त्यसपछि एउटा धामीलाई जोखाना देखाउँदा तिमीले एउटा सामान ल्याएको रहेछौ, त्यसलाई भनेझै गर भनेपछि कर्कलोको पातको माटोलाई फेरि पुनः लिएर हिँड्दै जाँदा अहिले स्थानमा ठक्कर लागेर छोडी पठाउँदा स्थानमा केही समय पश्चात विरुवा आफै उम्रेको र सोही ठाउँमा जल पनि आफै उम्रेकोले दैविक शक्तिलाई छिन्ताङ जल्पादेवीको रुपमा पुज्दै आएको किंवदन्ती रहेको पुजारी बताउँछन् ।

पुजारी डगेन्द्रका अनुसार रुखको अहिलेसम्म कुनै पनि विशेषज्ञहरुले नाम पत्ता लगाउन नसकेको बताउँछन् । उनका अनुसार रुख जुनसुकै मौसममा पनि पातहरु जहिले पनि हरियो देखिरहन्छ । मन्दिरमा १२ वर्ष मुनिका अर्थात रजश्वला नभएका बालिकाबाहेक अन्य महिलाहरुलाई प्रवेशमा निषेध गरिएको छ । अन्य महिलाहरुलाई पूजा गर्नु परेमा पुल बाहिरको प्रवेश गेटमा ब्यवस्था मिलाइएको छ । (प्रशिक्षार्थी)

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved