धरान । परिवर्तनका लागि सामाजिक अभियानको १४ औं संस्करणको निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिक भानु स्मृतिमा. वि. धरानमा सम्पन्न भएको छ । ३ नं. वडा कार्यालयको सहकार्यमा सम्पन्न क्लिनिकमा ६५ जना जेष्ठ नागरिकहरुले स्वास्थ्य जा“च गराएका थिए । मुटु, मधुमेह र रक्तचापको परिक्षण गरिने कार्यक्रमवी. पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त शाहको सहकार्यमा भएको हो । स्वास्थ्य जा“च गर्दाको क्रममा विरामीहरुले अस्पताल जान हेलचेक्र्याई गर्नु र खानपानमा ध्यान नदिने समस्या बढी पाईको डा. शाहले बताए । “बिरामी बढ्नुको प्रमुख कारण खानपानमा ध्यान नदिनु र नजिकै
धरान । धरान रन समुहले दशौं धरान रन नेवा च्यारेटी १० किमी २०७८ को आय–व्यय सार्वजनिक गरेको छ । शनिबार धरान रन समुहको कार्यालयमा पत्रकार सम्मेलन गर्दै आय व्यय सार्वजनिक गरेको हो । भर्खरै सम्पन्न भएको धरान रनबाट सम्पूर्ण खर्च कटौती गरी २ लाख ३७ हजार ९ सय ७५ रुपैया फाइदा भएको धरान रन समुहका अध्यक्ष रमु राईले जानकारी दिए । फाइदा आएको रकमबाट विभिन्न सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई सहयोग गरिने धरान रनले जनाएको छ । धरान रनका कार्यालयमा १२ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण समेत गरिएको छ । नेवा एजुकेशन फण्ड मार्फत उनीहरुलाई सहयोग गरिएको अध्यक्ष राईले जानकारी दिए । नानी
धरान । देशका अन्य स्थानीय तहमा सत्ता गठबन्धन दलबीच तालमेल गर्ने कुरामा असन्तुष्टि बढिरहेको समयमा धरानमा समेत तालमेल नहुने सम्भावना बढेर गएको छ । मुलुकको सत्ता साझेदारमा समेत सँगै रहेका पाच दलीय गठबन्धनका शीर्षस्थ नेताहरुले केही समय अगाडि स्थानीय, संघीय र केन्द्रीय निर्वाचनसम्मै तालमेल गरेर निर्वाचनमा जाने सहमति गरिसके पनि स्थानीय तहमा भने आ–आफ्नो अडानका कारण तालमेल नहुने सम्भावना बढेर गएको हो । धरानमा पनि पटक पटक बसेको गठबन्धनको छलफलले स्थानीय निर्वाचनमा मुख्यपद सहित अन्य पदका विषयमा निष्कर्ष विहिन बने पछि गठबन्धनको सम्भावना हटेर गएको नेपाली काँग्रेस क्षेत्रीय सभापति सुजेन्द्र तामाङले
धरान । गत असोज पहिलो साता सवारी दुर्घटनामा परि मेरुदण्ड भाचिएर घाइते भएका बस चालक सोम राईलाई नयाँ वर्ष २०७९ को अवसरमा सहयोग रकम प्रदान गरिएको छ । राष्ट्रिय यातायात स्वतन्त्र मजदुर संगठनका प्रदेश नम्बर १ सदस्य तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य रविन्द्र अधिकारीको पहलमा संकलन भएको १५ हजार रुपैया उनको उपचारका लागि सहयोग गरिएको हो । सहयोगका लागि वैदेशिक रोजगारबाट फर्किएका पुर्व यातायात मजदुर शुशिल पोखरेलले आफ्नो आइतबार पर्ने जन्मदिनको अवसरमा पार्दै नयाँ वर्षमा १० हजार रुपैया राईको उपचारका लागि सहयोग गरेका हुन् । त्यसै गरि अधिकारीले नगर ३५ सय सहित खाद्यान्न र संगठनका नेता गोबिन्द गिरीले १५ सय रुप
धरान । झापाको अर्जुनधारा नगरपालिका ४ दहीझोडा स्थित पैनीको पानीमा डुबेर बालिकाको मृत्यु भएको छ । शनिबार बेलुका साँढे ५ बजे स्थानीय मनु चेम्जोङकी ४ बर्षीया छोरी सचिना चेम्जोङ घरबाट ३०० मिटर दक्षिणमा रहेको पानीमा मृत अवस्थामा रहेको भनि स्थानियले प्रहरी चौकी शनिश्चरेमा जानकारी गराउना साथ प्रहरी टोली खटेर कानुनी प्रकृया पुरा गरी उद्धार गरेको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
धरान । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आंकाक्षी उम्मेदवारहरु नामावली पार्टीको माथिल्लो तहमा सिफारिस गर्न थालिएको छ । को उम्मेदवार बन्ने कौतुहलता पनि बढ्दै गएको छ । प्रदेश एककास्थानीय तहबाट नेकपा एमालेका आकांक्षीहरुको नामावली प्रदेश कमिटीमा पठाईसकेको छ । उम्मेदवारहरु लबिङमा लागेका छन् । यसै बिच नेकपा एमाले स्थायी कमिटी सदस्य तथा एक नम्बर प्रदेश ईञ्चार्ज देवराज घिमिरेले समृद्ध नेपाल सुखी नेपालीको समाजवादको आधार निर्माण गर्न सक्ने उम्मेदवारले मात्रै टिकट पाउने बताएका छन् । शनिबार १ नम्बर प्रदेश प्रचार विभाग कमिटीले आयोजना गरेको प्रचार भेलामा जनताको बहुदलीय जनवादको निति लिएर
धरान । नेपाल प्रेस युनियन सुनसरीले एस जी अर्गनाइजेसनसंगको समन्वयमा पाँच लाख राशीको अक्षयकोषको स्थापना गरेको छ । इटहरीमा शनिवार आयोजित एक कार्यक्रमका बीच प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारी र एसजी अर्गनाइजेसनका तर्फबाट अध्यक्ष शिव घिमिरेका प्रतिनिधिले साझेदारी पत्रमा हस्ताक्षर गरेका छन् । सुनसरी युनियनले अक्षयकोष मार्फत प्रत्येक वर्ष जनही एकाउन्न हजार एक सय रुपैयाँका दरले एक जना पत्रकारलाई पुरस्कार दिने भएको छ । त्यसैगरी, संस्थासंगको सहकार्यमा प्रत्येक वर्ष राष्ट्रिय स्तरमा कार्यरत एक पत्रकारलाई एक लाख एक हजार राशिको गोविन्द खेम कुमारी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने कार्यक्रम
धरान । अघिल्लो निर्वाचनमा जित हात पारेका स्थानीय तहहरुमा कांग्रेसले दाबी नछाडे पछि मोरङमा चुनावी तालमेल गर्ने विषयमा सत्ता साझेदार दलबीच सहमति जुट्न सकेको छैन् । शुक्रबार र शनिबार लगातार बैठक र छलफल गरिरहेका चार दलबीच जिल्लाका पालिकाहरुमा गठबन्धन गर्ने विषयमा सहमति जुट्न नसकेको हो । नेपाली कांग्रेसका उपसभापति भक्ति माझीका अनुसार कांग्रेसको उम्मेदवारका अनुसार पहिले जितेका पालिकाहरु नछाड्ने भन्ने नीतिअनुरुप आफ्ना कुरा राखेको बताउँदै भने, “सत्तासाझेदार दलका अन्य प्रतिनिधिहरुले आफ्नो दाबी प्रस्तुत गर्नुभयो । मैले आफ्नो पार्टीको बटम लाइन भने तर यसै गर्ने भन्ने विषयमा सहमति हुन सकेन् ।&rdqu
धरान । बराहक्षेत्र ८ चकरघट्टीकी गीता तामाङ शनिवार नवदुर्गा अटो प्यालेसमा प्रफुल्ल मुद्रामा भेटिइन् । कारण थियो उनले सोच्दै नसोचेको कुरा अकास्मात पाउदा उनी प्रफुल्ल भएकी हुन् । उनले नया बर्षमा एउटा स्कुटर किन्ने योजना बनाएकी थिइन । अन्य स्कुटर भन्दा सुजुकीकै स्कुटर उनलाई पहिलादेखि नै चलाउने रहर थियो । त्यही भएर उनी नवदुर्गामा स्कुटर किन्न पुगेकी थिइन । स्कुटरको नया मोडल एक्सेस, विएससिक्स, एफआई १२५ सिसिको स्कुटर रोजिन् । सुजुकीको नया बर्षको अफर अनुसार स्क्र्याच कार्ड कोर्दा उनलाई उपहार स्वरुप ५० हजार हात लाग्यो । उनलाई नवदुर्गा अटो प्यालेस धरानका सञ्चालक दुर्गा भुजेलले तत्काल ५० प्र
धरान । ताप्लेजुङको सुकेटार विमानस्थलमा एक सातादेखि जहाज उडान अनियमित भएको छ । एक हप्तामा तीन उडान हुँदै आए पनि बाक्लो तुँवालोका कारण शुक्रवार, शनिवार र सोमवार पनि उडान अवरुद्ध भएको हो । प्रतिकूल मौसमकै कारण निरन्तर एक सातादेखि नेपाल वायु सेवा निगमको उडान अवरुद्ध भएको हो । गत शुक्रवार र शनिवार मौसममा सुधार नआएकाले उडान रद्द भएको थियो । सोमवार पनि मौसममा सुधार नआएपछि उडान रद्द भएको नेपाल वायु सेवा निगमका ताप्लेजुङ स्टेसन इन्चार्ज लोकेन्द्र लिम्बूले बताए । लगातार उडान अवरुद्ध भएपछि काठमाडौंका लागि टिकट लिएका यात्रु रोकिएका थिए । त्यस्तै काठमाडौंदेखि ताप्लेजुङ आउन लागेका यात्रु पनि उतै रोकिएका इ